विद्यार्थीहरु कन्सल्टेन्सीको नाममा ठगिँदै

राजनीति समाचार

काठमाडांै । नयाँ सरकार बनेको पनि भोलि दुई महिना पूरा हुँदैछ । यतिखेर सात दलीय गठबन्धन र दुई स्वतन्त्रको समर्थनमा बनेका सरकारको सहभागी एक दल राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएको छ । रास्वपाले सम्हाल्दै आएको गृह, शिक्षा तथा विधान प्रविधि र श्रम तथा रोजगार मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैले सम्हाल्दै आएका छन् । त्यसको अवसर पारेर यतिखेर शैक्षिक माफियाहरु व्यापक रुपमा सलबलाउन थालेका छन् ।

अहिले वैदेशिक शिक्षाको नाममा खोलिएका अधिकांश कन्सल्टेन्सीहरुले नेपाली विद्यार्थीहरुलाई जापान, क्यानडा, अस्ट्रेलिया, युके, क्रोसिया, अमेरिका, बेलायत, मकाउलगायतका देशहरुमा विभिन्न प्रलोभन देखाइ भाषा सिकाउने र आएल्स पढाउने नाममा ठगी गरिरहेका छन् । ती कन्सल्टेन्सीहरुले उनीहरुको इच्छा अनुसार विद्यार्थी भिसामा पठाउने गरेका विद्यार्थीहरुसँग चर्को मूल्य लिएर आएल्स पढाउने र भाषा सिकाउने गर्दै आएका छन् । त्यसमा नेपाली कन्सल्टेन्सी र विदेशी कन्सल्टेन्सीबीचको समन्वयबाट अधिकांश विद्यार्थीहरु ठग्ने काम भइराखेको छ । र ती विद्यार्थीहरुले महंगो सुल्क तिरेर आएल्स पास गर्ने गरेका छन् ।

आएल्स पास गरेर अध्ययनको लागि विदेश गए तापनि उनीहरुले आफू विदेश जाँदाखेरी आएल्स पढेको र उच्च शिक्षा हासिल गर्न लाग्ने फि, खान बस्न लाग्ने रकमको ऋणले गर्दा ती विद्यार्थीका अभिभावकहरु प्रताडित भइरहेका छन् । यसरी बिना स्वीकृति अधिकांश मुलुकमा पठाउँदै गरेका अधिकांश कन्सल्टेन्सीहरुले ठूलो मात्रा रकम ठगी गर्ने गरेका थुप्रै उदाहरणहरु छन् । त्यसैगरी नेपाली दूतावास पनि नभएको र नेपालबाट स्वीकृति पनि नलिइकन जस्तै क्रोसिया, माल्टा, रोमानियाजस्ता मुलुकहरुमा नेपाली विद्यार्थी र कामदार पठाउँदा भारतको बाटो हुँदै अवैध रुपमा पठाउने गरिन्छ ।

त्यसरी पठाउने नाममा कतिपय बिचौलियाहरुले थुप्रै नेपाली विद्यार्थी र कामदारलाई विभिन्न देशमा पठाउने प्रलोभन देखाएर मोटो रकम उठाइ बेपत्ता हुने गरेका घटनाहरु प्रशस्त छन् । त्यस्तै भरखरै मात्र क्रोशिया पठाउने भनेर झन्डै २० लाख ठगी गरी एक विचौलिया समूह बेपत्ता भएको छ । अहिले नेपालमा च्याउसरी खोलिएका कन्सल्टेन्सीहरुले सम्बन्धित देशको स्वीकृति लिएका छन् कि छैनन् त्यसमा नेपाल सरकारको सम्बन्धित निकायको ध्यान गएको छैन ।

यतिबेला शहरका विभिन्न जिल्ला, प्रदेश र स्थानीय निकायसम्ममा कन्सल्टेन्सी खोल्नेहरुको होडवाजी नै चल्ने गरेको छ । यसरी खोलिएका कन्सल्टेन्सीहरुले सम्बन्धित निकायबाट स्वीकृति लिएका छन् त ? त्यस्तै २०७६ साल चैत ११ गते कोरोना कहरका कारण अधिकांश कन्सल्टेन्टीहरुले नेपाली विद्यार्थी विदेश पठाउने भनेर करोडौं असुलेका थिए । त्यसैको सेरोफेरोमा नेपालमा लकडाउन भएपछि ती कन्सल्टेन्सीहरु कोरोनाको कारण देखाएर पैसा कुम्ल्याएर फरार भएका थिए ।

अहिले आएर ती कन्सल्टेन्सीहरुले फेरि नेपाली विद्यार्थीहरु ठग्ने काम गरिराखेका छन् । यसरी ती कन्सल्टेन्सीहरुको आडमा विदेश जाने विद्यार्थीहरु पढ्ने भन्दा पनि आफू विदेश गएको ऋणका कारण पढाइ छाडेर रोजीरोटीको लागि विदेशी मुलुकमा कामको खोजी गर्दै भौतारिने गरेका छन् । (तामाकोशीसन्देबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *