नक्कली टेड्रमार्कको बिगबिगी, उद्योग विभाग मूकदर्शक

राजनीति समाचार

काठमाडौं । नक्कलीहरुको बिगबिगी भएको जमानामा सक्कली सामान चिन्ने नै कसरी ? एउटा व्यवसायी फर्म र दुख गर्दछ,कठिन मेहनत गर्दछ र एउटा उद्योग वा बस्तुलाई ब्राण्ड बनाउँछ । अर्काे नक्कलीले त्यही व्राण्डको नाम बेचेर आर्जन गर्ने सपना देख्छ । अहिले यस्तै नक्कलीका कारण सक्कली व्यवसायीहरु हत्तु छन्,जो न्याय खोज्न सरकारी निकायतिर धाइरहेका छन् तर सरकारी निकाय पनि उही नक्कली कम्पनी वा व्राण्डसँग मिलेर सक्कली कम्पनीलाई अनावश्यक टर्चर दुख दिइरहेका छन् ।

ट्रेडमार्क चोरीको घटना यसरी बढ्दैछ कि अहिले आफ्नो ब्राण्ड चोरिएको उजुरीसहित उद्योग विभागमा एक हजार एक सय २५ वटा उजुरी परेका छन् । जसमध्ये जम्मा ६ प्रतिशत उजुरी मात्र फस्र्यौट भएको छ अर्थात ७८ वटा मात्र । विशेष गरी फ्रुटी, बदाम ड्रिङ्स, रोयल स्टेज, रिक्स प्रिमियम व्लेन्डेड गोल्डेन ओक, मिट मसला, बबल गम जस्ता सामानमा ट्रेडमार्क चोरीले हैराजनी खेप्दै आएका छन्,व्यापारीहरु ।
तपाई रक्सीको पारखी हुनुहुन्छ र त्यसमा पनि रोयल स्टेकको पारखी हुनुहुन्छ भने ख्याल गर्नुपर्ने भएको छ ।

उद्योग विभागमा अनुसार यो व्राण्डको रक्सीमात्र बजारमा तीन किसिमको भेटिएको छ । यस्तै गोल्डेन ओकको ट्रेडमार्क चोरी गर्दै क्रिस्टल ओक ल्याइएको पाइएको छ । यसमा ‘रोयल स्टेग’, ‘गोल्डेन वक ह्विस्की’ र ‘ब्लू रिबण्ड’ नामका मदिराका लेवल चोरी भएको जनाइन्छ । रोयल स्टेक चाहिँ भारतीय ब्राण्ड हो । त्यसको हुबहु नक्कल गरी ‘रोयल ट्याग’ र ‘रोयल शर्ट’ को विक्रीवितरण हुँदै आएको छ । अर्काे आतंक छ तेलमा अहिले बजारमा “हेल्लो” र “सेल्लो” नाम गरेको दुई फरक सूर्यमुखी तेल छ्यापछ्याप्ती भेटिन्छ ।

मोरङको कटहरीमा रहेको बागमति आयल इण्डस्ट्रिजले विगतको दुई दशकदेखि सेलो ब्राण्डको सूर्यमुखी तेल उत्पादन गरी नेपाली बजारमा बिक्रिवितरण गर्दै आएकोमा उस्तै प्याकेट,उस्तै डिजाइन,नाम र लोगो समेत हुबहु मिल्ने गरी पशुपति खाद्यतेल उद्योगले हेलो ब्राण्डको तेल बजारमा ल्याएको छ । यस्तो बदमासी “भोला” र “मौका” गुड्कामा समेत भेटिएको छ । यस्तै खेतान समूहले ब्राण्ड बनाएको तर विदेशमा प्रतिवन्ध लागिसकेको रेडबुलको ट्रेडमार्क चोरेर बजारमा छ्यापछ्याप्ती रेड बफेला भेटिएको छ । उस्तै नाम,प्याकेट देखिने रेड ब्लु, रेड स्टार, रेड बेल, रेड डिमो जस्ता इनर्जी ड्रिकं बजारमा प्रशस्त भेटिन्छन् । यस्तो चोरी धन्दामा केपी ओलीको छत्रछायाँ र माया पाएका पूर्व उद्योग राज्यमन्त्री हुँदै आर्थिक सल्लाहकार बनेका मोतीलाल दुगड पनि अग्रसर छन् ।

उनले भारतीय चर्चित कम्पनीको कुरकुरे ब्रान्डको ट्रेडमार्क चोरी गरी कुरमुरे बनाएरु बजारमा बेचे । यतिले अघाएनन सेन्चुरी मसलाको ट्रेडमार्क चोरी गर्दै आएका छन् । यस्का अलवा बजारमा ‘सेन्टर फ्रेस’ र ‘सेन्टर फ्रुट,फेन्टा’को ट्रेड चोरेर भेटिने ‘फन्टु’ र ‘फन्नी’ ‘स्प्राइट’जस्तै देखिने ‘स्पोर्ट’ र ‘स्ट्राइकदेखि ‘माउन्टेन ड्यु’ जस्तै देखिने ‘मेन्टेनड्यु’, कोकाकोला जस्तै देखिन क्लककोला, ‘चाटकोलाजस्ता नक्कली उत्पादनहरु छ्यापछ्याप्ती भेटिएको छ ।

तर अरुको ट्रेडमार्क चोरी गर्ने बदनाम व्यापारी तथा उत्पादकहरुलाई अठ््याउनु पर्ने उद्योग विभागका कर्मचारीहरु भने उल्टै त्यस्ता बदनाम व्यापारीहरुसँग मिलेर आर्थिक शूभलाभ लिइ उन्मुक्ति दिँदै आएका छन् । उद्योग विभागका मालदार शाखाहरु अहिले स्याङ्जाली क्लब बन्न पुगेका छन् । त्यहाँका ५ वटा मुख्य विभागका हर्ताकर्ता,डिजी सबै स्याङ्जाली हुन । सचिव पनि उतैका मुख्य सचिव त्यतैका । अहिले उनीहरुकै राइदाई चलिरहेको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *