सल्लाहकारको नाममा मुलुकको अर्बाैं रकम स्वाहा

राजनीति समाचार

काठमाडौं । पूर्व राष्ट्रपति डा रामवरण यादव,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सूर्यनाथ उपाध्याय किन सफल ? कारण हो,उनीहरुको चुस्त,दुरुस्त सचिवालय । पूर्व प्रशासक शारदाप्रसाद त्रितालको शब्दमा कुनै प्रधानमन्त्री,मन्त्री कति सफल÷असफल हुन्छ भन्ने ठोकुवा उस्को सचिवालय हेरेरै गर्न सकिने टिप्पणी गर्दछन् । सबैभन्दा रमाइलो चाहिँ जीवनका ५० बर्ष राजनीति गरेका राष्ट्रपति, प्रधानमन्त्री,मन्त्रीसम्मले सल्लाहकारको भीड थुपारेका हुन्छन् ।

तिनैले राजनीतिक सल्लाहकार नियुक्त गरेका देखिन्छन् । यो जस्तो भद्धा मजाक अरु के हुन सक्छ ? अहिले यी सबाल उठाइनुका कारण हो भने राष्ट्रपति,प्रधानमन्त्रीको सचिवालयमा देखिएको भद्रगोल । फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित भए रामचन्द्र पौडेल । उनको सचिवालयमा अहिले पूर्वमन्त्री, पूर्वगभर्नर, पूर्वमहान्यायाधिवक्ता, पूर्वराजदूत लगायतलाई लगेर थुपारिएको छ । ऐनले १९ सदस्यीय सचिवालय बनाउने सुविधा दिएको भए पनि दोब्बर बढी कर्मचारी,विज्ञ लगेर त्यहाँ भीड लगाएका छन् ।

पौडेल शीतलनिवास प्रवेश गरेको तीन सातामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुनिलबहादुर थापालाई प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् । जीवनभर पञ्चको राजनीति गरेर र दुई बर्ष अगाडि काँग्रेस क्याम्पमा प्रवेश गरेका थापालाई राजनीतिक सल्लाहकार बनाइएको छ । यस्तै प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेश चालिसेले नियुक्ति पाएका छन् भने आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर चिरन्जीवि नेपाल र कानूनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त पाएका छन् । यस्का अलवा स्वकीय सचिवमा चिरन्जीवि अधिकारी प्रेस हेर्ने जिम्मेवारी पाएका छन्,खिला कार्कीले ।

यस्तो जात्रा प्रधानमन्त्रीको सचिवालयमा पनि देख्न पाइन्छ । त्यहाँ विज्ञलाई होइन,आलाकाँचा र कार्यकर्तालाई लगेर सल्लाहकारको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरै नियुक्त भएका छन् । माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य समेत रहेका उनी तत्कालीन माओवादी सेनाको डिभिजन कमान्डर समेत हुन् । यस्का अलवा प्रधानमन्त्रीको स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाललाई राज्यमन्त्री सरहको सेवा सुविधा दिने गरी नियुक्त गरिएको छ ।

यस्तै स्वकीय सहसचिवका रुपमा सूर्यकिरण शर्मा, मनहरि तिमिल्सिना, गोर्कण भट्ट र शिव खकुरेलले नियुक्ति पाएका छन् । शर्माले प्रेस संयोजकको जिम्मेवारी पाएका छन् । उनी यसअघि पनि प्रचण्डको प्रेस संयोजक थिए । प्रधानमन्त्रीको स्वकीय सचिवमा निजामतीतर्फबाट एकजना भएका छन् भने फोटोमा प्रदिपराज वन्तलाई नियुक्त गरिएको छ ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, परराष्ट्र सल्लाहकारका अग्नि सापकोटाको पुत्र रुपक,आइटी विज्ञमा नियुक्ति पाएका प्रकाश रायमाझी एसएलसी फेल भएका व्यक्तिलाई त्यहाँ लगेर भर्ती गरिएको छ । यसरी बदनामी मुछिएका जत्थालाई बोकेर राष्ट्रपति र प्रधानमन्त्रीले जहाज कहाँसम्म पु¥याउलान हेर्न बाँकी छ ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *