दलका शीर्ष नेताहरु सुशासनको कुरा गरी कहिले पनि थाक्दैनन् । आफै सत्ता बाहिर हुँदा सुशासनको दुहाई दिन्छन अनि सत्ता पुगेको दिनदेखि नै त्यसलाई भुलेर एक पछि अर्को कुशासनको नमुना पेश गर्दछन् । अहिले पालैपालो सत्तामा पुगेर पटक पटक नेपालका प्रधानमंत्री बन्ने सफलता पाएका तीनै दलका शीर्ष नेताहरुको राजनीतिक पृष्ठभूमि भने अपराधिक नै छ । उहाँहरुले गरी आउनु भएको अपराधहरुमा हत्या हिंसा देखि लिएर आर्थिक भ्रष्टचार सम्म छन । सुरुमा सत्तामा पुग्नको लागि तीनवटा दलहरुले नै हत्या हिंसाको सहारा लिएका थिए भने सत्तामा पुगेपछि नेपाली जनता सित गरेको सबै बाचा बन्धनलाई भुलेर आर्थिक भ्रष्टाचारलाई अपनाएकाछन । राजनीतिको सुरुवाती चरणमा नेपाली काँग्रेस पनि समाजवादी शिद्धान्तबाट प्रेरित भएको दल थियो । त्यो बेला एमाले र माओवादी दलका नेताहरु पनि समाजवादी शिद्धान्तबाट प्रेरित भएर नेपाली काँग्रेस सितै मिलेर १०४ बर्ष पुरानो राणा शासनलाई समाप्त पार्न जुटेका थिए । राणा शासन ढले पछि नेपालको राजनीतिमा बिशिष्ठताको चरण सुरु भयो ।
फलस्वरुप बि.स. २००७ सालको क्रान्तिमा मिलेर काम गरेका केही नेताहरुले नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । त्यहि कम्युनिष्ट पार्टी भित्र कै केहि नेताहरु एमाले भएका छन भने केही नेताहरु एमाओवादी भएकाछन । सारमा कम्युनिष्टहरु कै दल भएपनि रुपमा एमाले दलले माक्र्सवाट र लेलिनवादलाई अपनाए भने एमाओवादीले चीनका महान नेता माओत्सेतुङको शिद्धान्त र जीवनीवाट प्रभावित भएर माओवादलाई आफ्नो राजनीतिक दर्शनको रुपमा अपनाएका हुन । अहिले माओवादी भित्र पनि बिभिन्न घटकहरु छन र को असली र को नक्कली माओवादी कम्युनिष्ट भन्ने आन्तरिक द्वन्द्वले बिभाजित भएकाछन । सत्ताको तर मार्न पल्केको कम्युनिष्ट पार्टीहरुमा एमाले र एमाओवादी नै अन्य सबै कम्युनिष्ट पार्टीहरु भन्दा धेरै अगाडि छन । बि. स. २०५२ देखि २०६२ सम्म माओवादीले चलाएको १० बर्षे जनयुद्धमा १७ हजार नेपाली जनताले ज्यान गुमाएका थिए । राज्य पक्ष र माओवादी जसले मारेको भएपनि ज्यान गएकाहरु भने सबै नेपाली जनता नै हुन । त्यस्तो मारकाट गरी सत्तामा पुगेको माओवादी दलले सत्तामा जानको लागि हो अथवा शान्ति स्थापनाको लागि हो एकासी पुँजीवादी क्रान्तिमा जनयुद्धको लक्षलाई फेरवदल गरेका थिए ।
कम्युनिष्ट सिद्धान्त अनुसार चल्न नसके पनि समाजवादी अर्थतंत्रलाई नयाँ लक्ष बनाउनु पर्नेमा त्यसो नगरी एकै चोटी घोरदक्षिणपंथी नवउदारवादी स्वतंत्र बजार अर्थतंत्रमा एमोवादीले छलाग हान्यो । कम्युनिष्टलाई एकछाक मसुभात पनि नखाई भोट हाल्ने नेपाली जनता हेरेको हेरेकै भएकाछन । १० बर्ष लामो जनयुद्ध चलाउँदा चोर,चकार, डकैती आधि अपराधिक धन्दा गर्नेहरु सित माओवादी दलका नेताहरुको उठबस र आपसी सहयोग चलेको नै थियो । जुन सम्बन्ध नेपालको राजकिय सत्तामा पुगेपछि पनि माओवादी दलका नेताहरुले निरन्तर कायम नै राखकेका थिए । हतियारको किन बेच र नेपाल भारत सीमा वारपार गरी ओसार पसार गर्नमा चोर,चकार र डकैटहरुले खुबै सघाएका थिए । सुरक्षित रुपमा सीमा वारपार गर्न र हतियारहरुको वसार पसार गर्न सथै सेल्टरको लागि माओवादी नेताहरुले अपराध जगतमा लागेर नाम कमाएकाहरुको खुबै प्रयोग गरेको कुरा जगजाहेर नै छ ।
नागरिक सत्ता चलाउन पुगेपछि भने उक्त सम्बन्धले एमाओवादी नेताहरुलाई पटक पटक अप्ठेरोमा पारेको थियो । त्यहि संगतले गर्दा केही माओवादी नेताहरु सुन तस्करी, मानव तस्करी, बलात्कार जस्तो अपराधमा लेगेकाहुन । घरजग्गाको दलाली, राजनीतिक नियुक्तीको दलाली, निजामती कार्मचारीहरुको सरुवाको दलाली, ठेक्कापट्टा परियोजनाहरुको दलालीमा लागेकाहरु एमाले र एमाओवादी दलका नेताहरु नै धेरै छन । नेपाली जनताको गाँस, बास र कपासको ग्यारेण्टी दिएर सत्तामा आएकाहरुले नै नेपाली जनताको गाँस, बास र कपासलाई नाफाखोर व्यापार व्यवसाय बनाएका हुन । त्यसबाट पनि कम्युनिष्ट नेताहरुको गैरकानुनी धन आर्जनको भोक नमेटिएपछि सरकारी प्रतिजग्गा त्यो पनि संघिय राजधानी काठमाण्डौको मुटुमा नै रहेको ललितानिवास बालुवाटारको सरकारी जग्गा अपचलन कण्ड गरेकाछन ।
यसको साथै कम्युनिष्टहरुले हदबन्दी भन्दा माथिको सरकारी जग्गाहरुलाई आफ्नो धन आर्जनको लोभ पुरा गर्ने माध्यम बनाएका छन । रिजाल क्यानिङ उद्योगको हदबन्दी भन्दा माथिको बिराटनगरको महंगो जग्गा, पातञ्जलीले किनेको हदबन्दी भन्दा माथिको काभ्रेमा रहेको सरकारी जग्गा र गिरीबन्धु टि–स्टेट दमकको हदबन्दी भन्दा माथिको सरकारी जग्गा घोटला गर्न कम्युनिष्ट नेताहरुले सघाएको प्रमाणहरु भेटिएकाछन । अपराधी त उहाँहरु जन्मजात नै थिए भने सत्तामा पुगेपछि अनेक भ्रष्टाचारका काण्डहरु घटाएर महाअपराधीको पदवी पनि जितेकाछन । यस्ता बहुरुपी कम्युनिष्ट नेताहरुले फैलाएको भ्रमहरुको पछाडि लागेर नेपाली जनताले आफ्नो मान सम्मान र धन समेत धेरै गुमाएका छन । नेपाली जनता आजको दिनमा नेपालमा रोजगारी पाउन नसकेपछि वैदेशिक रोजगारीको खोजी गर्दै बिदेशीको गुलामी बजाउनको लागि संसार चारीरहेकाछन ।
बिदेश गएकाहरु केहीले पैसा कमाएर नेपाल पठाएका छन भने केहीले जीवन नै गुमाएर बाकसमा सिलप्याक भएर नेपालमा मूर्दाको रुपमा फर्किएकाछन । दलहरुको गलत वैदेशिक रोजगारी नीतिले गर्दा नेपालमा भएका गद्योगहरु निजीकरणमा परेर मासिने अवस्थामा पुगेकाछन भने नेपाली जनताले स्वदेशमा नै रोजगारी पाउन सक्ने संभावना बोकेको उद्योगहरु दलहरुले यसरी पालैपाल्यो निजीकरण गर्दैलाँदा नेपाल परनिर्भर मुलुकमा रुपान्तरित भएकोछ । दलहरु कै कारण नेपाल राष्ट्र २७ खर्ब ऋणमा डुबेको छ भने व्यापारघाटा १४ खर्व नाघिसकेको अवस्थामा छ । दलहरुको सुशासनको त कुरै नगरौ किनकि लगभग १४ खर्व कै हाराहारीको वेरुजुले दलहरु महाभ्रष्टाचारी भएको पुष्टी गरीसकेकोछ । राष्ट्रिय पुँजीगत लगानी भन्दा बढी ऋणको साँवा व्याज नेपाल राष्ट्रले ऋण दाता मुलुकहरुलाई मुक्तानी प्रतिबर्ष दिनुपर्ने बाध्यत्मक अवस्थामा नेपाल राष्ट्र पुगीसकेको छ ।
उहिलेको स्वावलम्बी नेपाल राष्ट्रलाई दलहरुले परनिर्भर गैरस्ववलम्बी राष्ट्रमा रुपान्तरित गरीसकेका छन । वैदेशिक रोजगारीमा गएका गरिब नेपालीका छोराछोरीहरुले कमाएर नेपाल पठाएको रेमिटैन्स कै कारण नेपाल बाहिरबाट खद्यान्न आयत गरी पेट सम्म भर्न सक्ने अवस्थामा छ । खाद्यसमाग्री सबै नेपाल बाहिर बाटै आयात गर्नु पर्ने भएकाले बिदेशी मुद्रा भएन भने त्यसको लागि पनि बिदेशी बैंकहरुबाट ऋण नै लिनु पर्ने अवस्था आईलाग्ने थियो । आयात गरिएको खाद्य सामाग्रीको मुल्य नेपालको नियंत्रणमा नहुँदा नेपाल राष्ट्र महंगी र आर्थिक संकटको चौबाटोमा नै खडा छ । खाडी मुलुकहरुका बिच युद्ध भएमा रेमिटैन्स घट्नाले त्यसको प्रतिकूल आथिक अवस्था नेपाल राष्ट्र र नेपाली जनता माथि पर्ने सक्ने निश्चित छ । तसर्थ दलहरुले गर्दा नेपाल राष्ट्रको अस्तित्व माथि नै खतरा बढेको छ । यहि तालमा यहि ओली सरकार सत्तामा बसीरहेमा नेपालको राष्ट्रिय ऋणले ३० खर्ब नाघ्ने छ । त्यसपछि नेपाल राष्ट्र र नेपाली जनता ऋणको पाँसोमा पर्नेछ भने दलहरु बिदेश भाग्नेछन जहाँ उहाँहरुले यस्तै बेलाको लागि भनेर लगानी गरी राखेकाछन ।
बिदेशी ऋण दाताहरुले त्यो बेला अफ्नो ऋण उठाउनको लागि नेपाल राष्ट्र कै लिलाम बढाबढ थाल्ने छन अनि त्यसबाट बच्न सक्ने उपायहरु पनि नेपाली जनता सित केहि हुने छैन । दलहरुलाई नेपाली जनताले भष्मासुर त्यसै भनेको होइन । दलको शीर्ष नेताहरु कै कारण नेपाली जनताको आत्मसम्मान यसरी चुरचुर हुने अवस्थामा पुगेको महसुस हुँदैछ ।
दलका शीर्ष नेताहरुले सुनीति अनुसार देश चलाउने प्रयास कहिले गरेका छैनन् । नेपाल राष्ट्रको हितको लागि सुनीति सबै दलहरुको समान हुन्छन भने सुरुची दलका नेताहरु अनुसार फरक फरक हुन्छन । नेपाल सरकारको नेतृत्व परिवर्तन भएपछि नेतृत्व गर्ने दलका शीर्ष नेताको सुरुची अनुसार सरकारी निकायहरुको नेतृत्व पनि बदल्ने प्रयास सुरु हुन्छ । नेपालको राजनीतिक व्यावस्था नै असन्तुलित भएको हुँदा कुनै पनि दलको शीर्ष नेताले नेतृत्व गरेको सरकार लामो टिक्न सक्दैन । नेपाल सरकारको नेतृत्व बर्ष दिन भित्रै प्राय बदलिने गरेको छ । यसले गर्दा राज्यको तीनै अंगहरुको कामहरु पटक पटक प्रभावित हुने गरेकाछन । दलका शीर्ष नेताहरुले आफुले सरकारको नेतृत्व गरेको बेलामा आफ्ना पार्टीका मान्छेहरुलाई राजनीतिक नियुक्ती गरी सरकारको महत्वपूर्ण संस्थाहरु वा निकायहरुमा आफु सरकारबाट हटेपछि पनि नियन्त्रणमा राख्न खोजिरहेका हुन्छन ।
दलका शीर्ष नेताहरु आआफ्नो सुरुची अनुसार चल्दा यस्तो भएको हो यदि सबै दलका शीर्ष नेताहरु सुनीति अनुसार चल्ने हो भने सरकार बदलिने बित्तिकै नेपाल सरकारको कामहरु प्रभावित हुने छैनन् अथवा कम से कम प्रभवित हुन्छन् । बिधिको शासन नेपालमा चलेको भए जेल भित्र हुनुपर्ने अपराधीहरु अहिले नेपालको असन्तुलित राजनीतिक अवस्थाको लाभ उठाएर सत्तामा पुगी हालीमुहाली गरी बस्न पाउने थिएन । त्यस्तो देखे पछि नेपालमा इमान्दार पूर्वक राजनीति गरी बसेका दलका नेताहरु पीडित भएकाछन । रबि लामिछाने, दुर्गा प्रसाई, बालेन र हर्क साम्पाङ जस्ता नेपाल राष्टको लागि केही राम्रो काम गरी देखाऔं भनेर मैदानमा उत्रिएका नेताहरुलाई जेलमा कोचेका छन र पद अनुसारको जिम्मेवारी पुरा गर्न दिईएको छैन । कुलमान जस्ता आफ्नो केही निजी स्वार्थ नभएका राम्रो व्यवस्थापक र प्रशसासकलाई पनि अपमान जनक हिसाबले पदबाट हट्नु परेकोछ । महावीर पुन र डा. सन्दुक रुईत जस्ता राष्ट्रको लागि मर्ने मेटिने हिसावले लागेका र संसारले चिनेकाहरुलाई पनि दलहरुको नेतृत्वमा बनेको मिलीजुली सरकारहरुले उपेक्षा गरेकाछन । दलका शीर्ष नेताहरु खसी पारिएको बुढो गोरु झै देखिएका छन गाईलाई व्याउने बनाउन पनि नसक्ने अनि वयस्क गोरुहरुलाई गाईको छेउमा डिम्किन पनि नदिने । दलका शीर्ष नेताहरुको यस्तो चालामालाबाट नेपाल राष्ट्र र नेपाली जनात धेरै नै पीडित भएका छन् ।
इमान्दारी पूर्वक मेहनत गरी पसिना बगाएर कमाएर खान चहाने नेपालीहरुलाई दलहरुले उपेक्षा गरेकाले नेपाल छाडेर जानुपर्ने वध्यतामा परेका छन भने वेईमान भ्रष्टाचारीहरुले पद पावरमा बसेर नेपाल राष्ट्रलाई लुट्ने नेपाली जनतालाई धुत्ने अवसर पाएकाछन । दलहरुले राजतंत्रको बराबारी गर्ने त कता हो कता राजतंत्रले बसालेको बिकासको जगलाई नै उप्काएर फालेकाछन । दलहरुले गरेको बिकास भनेको हचुवाको बिकास हो । समय अनुसार भएका बिकासलाई हामीले गरेको बिकास भनी देखाउने गरेकाछन । दलका शीर्ष नेताहरुको राम्रो व्यवस्थापनको प्रभावमा भएगरिएको बिकासको एउटा गतिलो उदाहरण सम्म पनि कतैछैन । दलका शीर्ष नेताहरुले गरेको बिकास हो भनी दाबी गरेको बिकासहरु बिदेशी दाताहरुले नियुक्त गरेका दलालहरुले दलका शीर्ष नेताहरुलाई कमिसनको लोभमा पारी ऋणमा भिडाईएका परियोजनाहरु हुन् ।
नेपाल राष्ट्र र नेपाली जनताको लागि सन्तुलित राजनीतिक मार्ग भनेको राजतंत्रको स्थायी नेतृत्व नै हो । एउटा निरिह पारश शाहलाई देखाएर किन नेपाली जनताले दलका शीर्ष नेताहरुबाट जन्मेका हजारौं पारश शाहहरुको अन्याय सहने ? भाले मौरी बनेर नेपाल राष्ट्लाई चुसीबसेका हजारौ दलका नेताहरु भन्दा सानो राजपरिवार हजारौं गुणाले उत्तम भएको कुरा नेपाली जनतालाई महसुस भईसकेको छ । दलका शीर्ष नेताहरुले बुझ पचाएका मात्रै हुन नत्र नेपाली जनताको हारमा सबै भन्दा अगी लागेर धेरै पहिले नै राजपरिवार र वैदिक सनातनी हिन्दूधर्मलाई स्वागत गर्न दलका शीर्ष नेताहरु बसीसकेका हुने थिए । नेपाल राष्ट्र र नेपाली जनताले दलहरु मार्फत बिदेशीले नेपालमा लाद्न खोजेको राजनीतिक व्यवस्था र ईसाई धर्मलाई कहिले पनि स्वीकार गर्ने छैनन् ।

