सरकारले सय दिन पूरा गर्दा पनि मन्त्रिमण्डले पाएन पूर्णता

राजनीति समाचार

कांग्रेसभित्र मन्त्री बन्न नपाएकाहरुबिच मनमुटाव
काठमाडौं । अहिले नेपालका राजनीतिक दलभित्र बाँडभैलो मच्चिएसँगै कर्मचारीतन्त्रभित्र पनि राजनीतिक रुपमा भाँडभैलो भएको छ । सरकारले लामो समयपछि गत चैत १७ गरे मन्त्रिमण्डल विस्तार गरेको छ । अझै ६ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैले सम्हालिरहेका छन् । नेपाली कांग्रेसको भागबन्डामा विवाद उत्पन्न भएपछि मन्त्रिमण्डलले अझै पूर्णता पाउन सकेको छैन । त्योसँगै जसपाले पनि भागबन्डा विवादका कारण एकजनाभन्दा बढी मन्त्रीमा पठाउन सकेको छैन ।

विवाद र लामो समयको पर्खाइपछि सरकारले मन्त्रिमण्डल गठन गरे तापनि अधिकांश मन्त्रीहरुले कामको भेउ पाउन सकेका छैनन् । त्योसँगै आफ्नो पार्टीको भागमा परेका मन्त्रालयअन्तर्गत आफ्नो फेवरको कर्मचारी खोज्नलाई मन्त्रीहरु भौतारिन थालेका छन् । त्यसकारणले पनि अधिकांश मन्त्रालयको काम भने सून्य अवस्थामा देखिएको छ ।

एकातिर आर्थिक वर्ष २०८०÷०८१ को बजेट आगामी जेठ १५ गते सार्वजनिक गर्नुपर्ने छ । त्यो बजेट कस्तो आकारको बन्ने हो एकिन भएको छैन । तर, मन्त्रिमण्डलले पूर्णता नपाउँदै तत्–तत् मन्त्रालयका कर्मचारीहरुले आ–आफ्नो मन्त्रालय अन्तर्गत विभाग, कार्यालय जस्ता ठाउँलाई चाहिने बजेटको तर्जुमा भने गरिसकेका छन् । त्यसमा पनि ९ दलका मन्त्रीहरुले कर्मचारीले तयार पारेको बजेट त्यत्तिकै लागु गर्छन् कि काटछाट गरी अर्थमन्त्रालयमा पेश गर्दछन् । त्यो भने एकीन भइसकेको छैन ।

सरकारले सय दिन पुरा गरिसक्दा पनि ठोस काम गर्न त परै जाओस् मन्त्रिमण्डलसमेत पूरा गर्न सकेको छैन । त्योसँगै नेपाली कांग्रेसको भागमा परेको ८ वटा मन्त्रालयमध्येमा कांग्रेसका इतर पक्ष नेता डा. शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीचको भागबन्डा नमिल्दा अहिले ६ वटा मन्त्रालय मन्त्री बिहीन अवस्थामा छ । इतर पक्षका नेता धनराज गुरुङलाई संघीय मामिला सामान्य प्रशासन मन्त्री दिने भनिए तापनि अहिलेसम्म दिइएको छैन ।

काग्रेसभित्रका एक नेता भन्दै छन्, ‘धराज गुरुङ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय होइन, पर्यटन अथवा स्वास्थ्यमध्ये एक रोज्न अनुरोध गरिएको छ ।’ यी दुईमध्ये कुन मन्त्रालय पाउने हुन् त्यो म भन्न सक्ने अवस्थामा छैन, कांग्रेसका एक नेताले भने । अहिले तीनवटा निर्वाचन क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदै छ । त्यसमा सबै राजनीतिक दलहरुको ध्यान खिचिएको छ । मन्त्रिमण्डलले कहिले पूर्णता पाउने हो यसै भन्न सकिँदैन उनी भन्दै थिए । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *