दुईथरी नागरिकताधारीलाई बिमा समितिको अध्यक्ष दिने तयारी ?

विविध समाचार

काठमाडौं । निजामतीका एक जना उच्च प्रशासकले दुई थरी नागरिकता लिएको भेटिएको छ । पूर्व गृह सचिवसम्म भइसकेका एक जना प्रशासकले दुई थरी जन्म मिति राखेर नागरिकता लिएको बिषयले अहिले अर्थ मन्त्रालयभि हल्ला चलेको छ । २०७० चैत्र २८ मा गृह सचिवको रुपमा कार्यरत रही ७२ मंसिर ६ मा त्यहाँबाट सरुवा भइ उद्योग मन्त्रालयमा सूर्य प्रसाद सिलवाल दुई थरी नागरिकता प्रकरणमा जोडिएका छन् । उनी ५८ बर्ष उमेर हद लागेर उद्योगबाट बिदा भएका थिए ।

अर्थमन्त्री विष्णु पौडेल र जनार्दन शर्माहरुको कृपाबाट उनी विमा प्राधिकरणको अध्यक्षमा नियुक्त भए । सिलवाललाई अध्यक्ष बनाउन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ०७७ साल माघ १९ गते मन्त्रिपरिषदमा सिफारिस गरेका थिए । सोही सिफारिस बमोजिम सिलवाल बीमा समितिको अध्यक्षका रुपमा कार्यरत छन् । त्यही कुर्सीमा टिकिरहनका लागि कीर्ते काम गरेको केही अर्थका अधिकारीहरुले आरोप लगाएका छन् । बीमा समितिमा चिरञ्जीवी चापागाईको कार्यकाल सकिएपछि समिति विचौलिया दीपक भट्टको प्रतापले उनी वीमा प्राधिकरणमा नियुक्त हुन सफल भएका थिए ।

बीमा ऐन २०४९ को दफा ६ मा अध्यक्ष हुनका लागि बीमा सम्बन्धी विशेष ज्ञान भएको व्यक्ति हुनुपर्ने व्यवस्था छ । तर बीमा सम्बन्धी ‘ब’ पनि थाहा नभएका सिलवाललाई विवादित व्यापारी सुलभ अग्रवालहरुको प्रभावमा परेर मन्त्रिपरिषद्ले नियुक्ति गरेको थियो । बीमा ऐन, २०४९ को दफा ६ बमोजिम योग्यता नपुगेको व्यक्तिको नियुक्तिको प्रक्रियाको विषयमा सर्वाेच्च अदालतमा रिट विचाराधीन रहँदारहँदै उक्त मुद्दामा विपक्षी कायम भई सो विषयको जानकार रहेको अवस्थामा सरकारले सिलवाललाई नियुक्ति गरेको छ ।

बीमा समितिको अध्यक्षको योग्यतासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सिलवाललाई नियुक्ति गरेर सरकारले अदालतको समेत अवहेलना गरेको थियो सरकारले । कालोबजारी गर्दागर्दै पक्राउ परेका र कूटनीतिक सुविधाको गाडी दुरुपयोग गरेको आरोप लागेका सुलभ अग्रवालको अगुवाई रहेको हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई पुनर्बीमाको अनुमति दिने उदेश्यसहित उनलाई नेपाल वीमा प्राधिकरणमा फिट गराइएको थियो । जुन मिसन सफल भइसकेको छ । स्रोतका अनुसार सूर्य अस्ति मात्र जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर नयाँ नागरिकता बनाएर फर्किएका हुन । उनले नागरिकतामा एक बर्ष उमेर घटाएर फर्किएर स्रोतहरुको दावा छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *