घुस खान्न भन्दा आईजीपी खिन्न

राजनीति समाचार

काठमाडौं । क्षमता र पौरखले होइन, प्रहरीमा दाइ र भाउजुको कृपाले पदोन्नति हुने चलनका पारखी हुन आईजीपी बसन्त कुँवर । जसले सहयात्री ९ भाइलाई फ्याँकेर दाजु बाबुराम कुँवर, देउवा दरबारकी भाउजु डा.आरजु राणा र तत्कालीन गृहमन्त्री पत्नी मञ्जु खाँको विश्वास जिते, तत्कालीन आईजीपीको मन । गृहमन्त्री नारायणकाजी श्रेष्ठले घुस लिन्न, एक्लै भेट्दिन भनेको कुराले विगतमा बुझाएर जानेलाई आपत पर्नसक्छ । त्यही भिडमा आईजीपी पर्न सक्छन् ।

प्रहरीले उपत्यका भित्रका प्रभागहरु र काठमाडौं, ललितपुर, भक्तपुरका प्रमुख खटाउँदा कबुल गरेर रेकर्ड राख्ने गर्दछ । त्यो सत्य नक्कली साधुसन्त हुँ भन्ने नेतृत्वले लुकाउनै पर्दैन । प्रहरी भित्र क्षमता, योग्यता, ज्ञान र अनुभवले भन्दा पनि थैली बुझाएर भनसुन नै चर्काे हुने गरेको छ । कांग्रेसका तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडले टिकाएका डिएसपीले रुपन्देहीमा चमत्कार गरेका छन् । गुप्तचरबाट आएका एसपीले बाँकेमा उल्कापात गरेकै थिए । त्यस्ता व्यक्ति छानेर मोरङ, झापा, पर्सा, रौतहट, कपिलवस्तु, बाँकेजस्ता जिल्लामा कमाण्डर खटाउँदा बोलकबोल प्रथाबाट खटाइन्छ भन्ने कुरा किन लुकाउनु पर्याे ?

आईजीपी बसन्त कुँवर कांग्रेस नेता बाबुराम कुँवरका भाइ हुन् । पैसासँगै उनले मारेको फड्कोको आधार त्यही राजनीतिक पहुँच हो । तर प्रहरी तरुण दलको शाखा अहिले बन्न सक्दैन । विभागीय मन्त्रीले घुस खान्न उपहार लिन्न भन्दा असर पर्ने तिनैलाई हो, जहाँ विगतमा १ नम्बरको एसएसपीलाई डिआईजी बढुवा हुँदा सातौंमा थन्क्याउन भाउजुहरुको प्रयोग गर्न सफल भएका थिए । भ्रष्ट महारानीहरुले सित्तैमा काम गरेनन् । किनकि तिनको धन्दा विभागीय मन्त्रीलाई उठबस गराएर काम लिने थियो । मैले अन्यायमा परेकाले अहिले न्याय पाए, एआइजी बनाउनैपर्ने थियो बनेका पनि छन् ।

प्रहरीमा निरीक्षक डिएसपी, एसपी, एसएसपी बन्दा खुद्रा पनि नछाड्ने पकेटमार चोरसँग पनि सलामी लिने प्रहरी अधिकृत धेरै छन् । राजनीति र प्रहरीसँग जोडिएको निर्मला पन्त बलात्कार र हत्या प्रकरण र ३३ किलो सुन प्रकरण किन निष्कर्षमा पुग्दैन ? आईजीपी कुँवरले बुझेको विषय हो । अहिले गृहमन्त्री श्रेष्ठले संगठनमा राजनीतिक हस्तक्षेप गर्न दिन्न भनेका छन् । तर डनको त्यो कुराले तिनैलाई छोएको छैन, जसले प्रतिस्पर्धामा ठूलो खर्च गरेका थिए । आँफु बढुवा हुन कांग्रेसको अगाडि आफ्नै प्रतिस्पर्धीहरुलाई एमालेको लेपन लगाएर रमाइलो मनाएका थिए ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *