विदेशीको इसारामा चल्दा राजनीतिक दलहरु पत्तासाफ

राजनीति लेख

रामचन्द्र
नेपालका राजनीतिक दलहरुले आफ्नो देशको हित गर्ने भन्दा पनि विदेशीहरुको इसारामा काम गर्ने प्रवृत्ति हावी हुन थालेको छ । यस्तो स्थिति सबै राजनीतिक दलहरुमा देखिन थालेको छ । त्यसमा पनि अधिकांश राजनीतिक दलका नेताहरु देश र जनताप्रतिभन्दा आफ्नो व्यक्तिगत फाइदाको लागि विदेशीको इसारामा नाच्ने गरेका छन् । तत्कालीन राजा वीरेन्द्र विदेशीको इसारामा नाच्न नजान्दा सपरिवार सखाप भएको थियो । तत्कालीन राजा वीरेन्द्रले आफ्नो सीमा क्षेत्रको रेखदेख गर्ने र नेपालीहरुले छिमेकी देशबाट हेपिनु नपरोस् भन्ने मान्यता राख्थे । त्योसँगै कतिपय नेपाली सेनाहरु सीमा क्षेत्रमा राखेर आफ्नो भूभागको अवस्था के कस्तो छ भनी सुरक्षा निकायको बैठक हरेक सुक्रवार राखेर जानकारी लिने गरिन्थ्यो ।

त्यसैको सिलसिलामा एक दिन राजपरिवारका सबै सदस्यलाई एकै ठाउँमा राखेर देश र जनताप्रति भइरहेको अवस्थाबारे जानकारी गराउँदा राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्रले राजा वीरेन्द्रलाई भनेका थिए, ‘हजुर देशको राजा भएर पनि यस्तो कुरा गर्ने ? यस्तै भनिबक्सिन्छ भने हजुरको हैसियत समाप्त हुन्छ’ भनेका थिए भन्ने भनाइ रहेको छ । तर, तत्कालीन वीरेन्द्र सरकारले आफ्नो देश र जनताप्रतिको सद्भावलाई त्याग्नुहुँदैन भन्दै भाइ ज्ञानेन्द्रसँग आग्रह गरेका थिए । यो कुरा तिमीलाई विश्वास लाग्दैन होला भविष्यमा थाहा हुन्छ भनेका थिए रे । नभन्दै वीरेन्द्रको वंश नास भएपछि राजा बनेका ज्ञानेन्द्र शाह विदेशीकै कारण राजगद्दीबाट बाहिरिनुपरेको थियो ।

अहिले नेपालका राजनीति दलहरु पनि त्यहीं हालतमा पुगेका छन् । अहिले बनेको गठबन्धनको सरकार पनि विदेशीको डिजाइनमा बनेको भनिन्छ । त्यसको उदाहरण अहिले अधिकांश विदेशीहरु नेपालमा पानी पधेरोजस्तै आउनेजाने गरेका छन् । त्योसँगै युरोपियन युनियनका प्रतिनिधिहरु पनि नेपालमा आउनेजाने भिड नै छ । त्यसैगरी केही हप्ता अगाडि उत्तर कोरिया र दक्षिण कोरियाका प्रतिनिधिहरु पनि नेपाल आएको खुलासा भएको छ । यसले के देखाउँ छ भने यसरी विदेशीहरु नेपालमा आउनु भनेको अधिकांश विदेशीहरुले सुराकी लिनु र नेपाललाई अस्थिरता बनाउने भन्दा अन्य काम होइन भन्ने आँकलन गर्न सकिन्छ ।

यतिबेला राजनीतिक दलका नेताहरु देश र जनताप्रति भन्दा पनि विदेशीले के भन्छन् त्यसैको लहैलहैमा लाग्ने गरेका छन् । त्यसकारणले पनि राजनीतिक दलहरु अहिले ओझेलमा पर्दै गएका छन् । यसको उदाहरण बन्दै छ एघारदलीय गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । उनले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुन्छ भनेका थिए । प्रधानमन्त्री प्रचण्डले वैशाखको अन्तिम साता भारत जाने तयारी गरे तापनि भारतले ग्रिन सिग्नल दिएको पाइँदैन । त्यसकारणले पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अनिश्चित बन्दै गएको छ ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *