sampadakiya

प्राकृतिक प्रकोपको जोखिमबारे अनभिज्ञ सरकार

राजनीति समाचार

सम्पादकीय
नेपालमा गर्मी मौसम सुरु भइसकेको छ । गर्मी मौसमसँग वर्षा पनि सुरु भएको छ । साथसाथै गर्मीको सिजनसँगै हावाहुरीले सताइरहेको छ । त्योसँगै डढेलो लागेको घटना पनि प्रशस्त आइरहेका छन् । सरकारले यस्ता प्राकृतिक विपत्तीको न त कुनै पूर्व तयारी नै गरेको छ, न त यस्तो जोखिमबाट बच्न कुनै उपाय अपनाइरहेको छ । मुलुक संघीयतामा गएर तीन तहको सरकार सञ्चालन भइरहेको अवस्थामा यस्ता संवेदनशील विषयलाई कुनै पनि सरकारले ध्यान दिएका छैनन् । वन तथा भूसरंक्षण मन्त्रालयअन्तर्गत पर्ने प्रदेश र स्थानीय वन कार्यालय बेखबर जस्तै बनेको छ ।

हुनतः मानिसमा चेतनाको कमिले पनि यसतो समस्या आउने गरेका छन् तर सम्बन्धित निकायले समयमा ध्यान दिन सकेको छैन । काठमाडौं उपत्यकामा घनाबस्ती छ । आगलागि भएको अवस्थामा कुनै पनि ठाउँमा पुग्नका लागि दमकललाई धेरै समय लाग्दछ र दमकल नछिर्ने स्थानहरु पनि छन् । प्रदेशका विभिन्न शहरहरुमा पनि घनाबस्ती रहेका छन् । हावाहुरी, आगलागी, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपहरुले वर्षाैंजसो क्षति पु¥याउने गरेको छन् । प्रदेश तथा स्थानीय सरकारले यस्ता प्राकृतिक विपत्तीबाट बच्न कुनै उपाय अपनाउन सकेको छैन । त्यसैगरी आगो नियन्त्रण गर्ने सामाग्री जुटाउन पनि स्थानीय सरकार चुकेको देखिन्छ ।

यस्ता प्राकृतिक विपत्तिबाट बच्न सरकारले पूर्वतयारी गर्न जरुरी देखिन्छ । यस्ता प्राकृतिक प्रकोपले ठूलो धनजनको क्षति पु¥याउनुका साथसाथै आर्थिक रुपमा पनि दीर्घकालीन असर पु¥याउने गर्दछ । यस्ता विषयमा संघ, प्रदेश र स्थानीय तह सबैको ध्यान पुग्न जरुरी हुन्छ । सरकार यस्ता विपद्मा सँधै बेखबर हुने प्रवृत्तिबाट माथि उठेर यस्ता समस्याको समाधानका लागि जुट्नुपर्ने देखिएको छ । प्राकृतिक विपत्तिबाट बच्न सरकारले अग्रिम तयारी गर्ने र जनतालाई सचेत बनाउने काम गर्नुपर्दछ । साथै घनाबस्तीमा हुने आगलागीबाट बच्न सरकारले भवन निर्माण र बजारको मापदण्ड तोकेर नियन्त्रण कायम गर्नुपर्दछ ।(तामाकाशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *