कनौडिया खाण भेट्न टेकुमा पुगे

राजनीति समाचार

काठमाडौं । कांग्रेसको आडमा उखु किसानको भुक्तानी नगर्ने ठग विरेन्द्र कनौडिया नक्कली शरणार्थीको नाममा आफैंले १ करोड ४० लाख ५० हजार बुझेर प्रक्रिया खुलाएका बालकृष्ण खाणलाई भेट्न टेकु पुगेर आफ्नो विगतको गतिविधि देखाएका छन् । रक्षामन्त्री हुँदा खाण पत्नी मञ्जु खाण नेपाली सेनाको प्रत्येक गुल्म र गणमा पुगेर पैसा असुल्ने गरेकै हुन् ।

मञ्जुले बबरमहलमा भाडामा बस्ने बालकृष्ण खाँडलाइ दोस्रो पति बनाएकी हुन् । डा.आरजु देउवाको व्यवसाय सपार्ने नाममा माओवादीका नेता जनार्दन शर्मा अर्थमन्त्री हुँदा प्याड काण्ड लाग्यो । नेपाली उद्योगलाई २५ प्रतिशत कर लगाएर डा.राणाको व्यापार बढाउन विदेशबाट आयातित प्याडमा १ प्रतिशत राजस्व राज्यले लिएकै हो । त्यो आरजुको कमाल थियो ।

कांग्रेसमा भ्रष्ट जोडिएका काण्डमा डा.आरजुको सहभागिता रहने गर्छ भन्ने यथार्थता वीरेन्द्र कनौडिया र महेन्द्र यादव नामका बिचौलिया पनि हुन् । यी दुबै मधेशका बिचौलिया हुन् । खाण पक्राउ गर्दा त्यही कांग्रेसका गुरुराज भुपेन्द्र शाही, रञ्जित कर्णको टोली गृहमन्त्रीलाई बधाई दिन मन्त्रालय पुग्यो । तर महेन्द्र यादवले पार्टी पदाधिकारी बैठकमा खाँडलाई झुटो आरोप लाग्यो, विरोध गर्नुपर्छ भन्न भ्याए । यादवको र खाँडको सम्बन्ध तरुण दलसँग जोडिएको हो ।

भैरहवा सुगर मिलका मालिक कनौडियाले सरकारले किसानलाई उखुमा दिएको अनुदान रकमसमेत आफैं हजम गर्थे । कपिलवस्तुका कनौडिया २०७४ सालको चुनावमा लुम्बिनी प्रदेशका सांसद थिए । बालकृष्ण सभापति शेरबहादुरका भित्रिया थिए । यिनै खाणको टोलीले डा.प्रकाशशरण महतलाई महामन्त्री पदको चुनावमा सहयोग गरेको थिएन ।

गोविन्दराज जोशी गृहमन्त्री बन्दा तरुण दलका कार्यकर्तालाई भत्ता देउ भन्दै गृहमन्त्रीको कठालो समात्ने बालकृष्णले आफु गृहमन्त्री बन्दा दैनिक ५० हजार सुराकी खर्च आफैं हजम गरे । भ्रष्टाचारको विरोध गर्ने रवि लामिछानेले खारेज गर्न चाहेनन् । लामिछाने आँफु खुबै सुधारको कुरा गर्थे । तर गृहबाट मन्त्रीले दैनिक ५० हजार हजम गर्न छाडेनन् ।

अहिले देउवा दरबार भुटानी काण्डले हल्लिएको छ । देउवा आफैं गलत धन्दामा नहोलान् । तर डा.आरजुको कारण बद्नाम छन् । मञ्जु खाण र डा.आरजु पक्राउ पर्ने सम्भावना छ । त्यो स्थितिमा डा.अमरेशकुमार सिंहले भन्ने गरेका छन्, देवीहरुको पद खारेज हुनेछ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *