प्रभु र सिद्धार्थ बैंकले ऋत नतिर्नेको सम्पत्ति लिलाम बिक्री गर्दै

अर्थ/वाणिज्य समाचार

काठमाडौं । कर्जा नतिर्ने ऋणीहरुको सम्पत्ति लिलामका लागि प्रभु बैंक र सिद्धार्थ बैंकले सूचना प्रकाशित गरेका छन् ।

प्रभु बैंक लिमिटेडको खाँदबारी संखुवासभा शाखाबाट ऋण लिने दुई जना ऋणीले तोकिएको समयमा कर्जाको साँवा तथा व्याजलगायत भुक्तानी नगरेको र पटक पटक ताकेता गर्दा समेत चासो नदेखाएका कारण बैंकले ६ दिने सूचना प्रकाशित गर्दै धितोमा रहेको सम्पत्ति गोप्य शिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्री गर्न लागेको हो ।

बैंकले यसअघि ३५ दिने सूचना प्रकाशित गर्दै यी ऋणीहरुलाई कर्जा चुक्ता गर्न समेत ताकेता गरेको थियो ।

प्रभु बैंकले कर्जा नतिर्ने संखुवासभाका गणेशमान जोगी प्रोप्राइटर रहेको सोनिया एण्ड अनुस किराना पसल र संखुवासभाकै गणेशनाथ जोगीले कर्जा लिँदा बैंकमा धितोको रुपमा राखेको सम्पत्ति लिलाम गर्ने जनाएको छ ।

त्यस्तै, सिद्धार्थ बैंकको वालिङ स्याङ्जा र टाँडी चितवन दुवै शाखाले सम्पत्ति लिलाम सम्बन्धी १५ दिने सूचना निकालेका छन् । बैंकको टाडी शाखाले चितवनस्थित हारती माँ इन्टरप्राइजेजको धितोको रुपमा राखिएको सम्पत्ति लिलाम बिक्री हुने जनाएको छ । त्यस्तै, वालिङ शाखाले ऋणी सारु बहुउद्देश्यिय कृषि तथा पशुपंक्षी फर्मको नाममा बैंकमा धितो राखिएको सम्पत्ति लिलाम बिक्री हुने जनाएको छ ।

सिद्धार्थ बैंकले लिलाम बिक्रीमार्फत बोलपत्र बुझाउन चाहनेले १५ दिनभित्र सम्बन्धित शाखामा जान सक्नेछन् भने प्रभु बैंकको हकमा पनि ७ दिनभित्रमा बोलपत्र बुझाउन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *