बालेन र महेशको यो कस्तो सम्बन्ध ?

राजनीति समाचार

काठमाडौं । राजनीतिमा आए पनि राजनीतिभन्दा भिडको पहिचान बनाएर एमाले अध्यक्ष केपी ओलीको विश्वास जितेका तत्कालीन सांसद महेश बस्नेत र ¥यापर पहिचान रहेका एकाएक काठमाडौंका जनताले महानगरको नेतृत्वमा पठाएका बालेन शाहबिचको विकासप्रतिको चाहनाले चर्चा पाएको छ ।

२०४९ सालको स्थानीय चुनावमा देशकै कान्छो गाविस अध्यक्ष भएका महेश बस्नेत २०७४ सालको चुनावमा भक्तपुर २ बाट चुनाव जितेका युवा हुन् । उनी निर्वाचित सांसद हुँदा र केपी ओली नै प्रधानमन्त्री बन्दा महेशलाई नै मन्त्री बनाइयो । संसद नभएको बेला संविधानसभाले संविधान जारी गर्दाको बखत बस्नेत उद्योग मन्त्री बनेका थिए । जुन बेला उनी सांसद थिए, त्यो बेला केपी ओलीलाई झण्डै दुई तिहाई सांसदको साथ थियो ।

तत्कालीन जसपाका सांसदहरुमार्फत पार्टी फुटाउने योजना बनाएर धनुषा पुगेर कोरोनाकालको लकडाउनमा सांसद अपहरणमा महेश बस्नेत बद्नाम भएका थिए । त्यसकै फलस्वरुप दोस्रो संघीय निर्वाचनमा हार बेहोर्नुप¥यो । बस्नेतको साथमा तत्कालीन आईजीपीबाट अवकाश पाएका सर्वेन्द्र खनाल र अहिले एकीकृत समाजवादीबाट बारा क्षेत्र नं १ बाट निर्वाचित किसान श्रेष्ठ थिए । सर्वेन्द्र खनाललाई एमालेले काठमाडौं ५ मा टिकट दिएर एमाले निकट नेताहरुलाई हिस्स पारेको थियो । ओलीले भनेका मान्ने यी बफादारले बालेन शाहसँग विकासका कस्ता योजना अगाडि सारे त्यसको अत्तोपत्तो छैन ।

हनुमन्ते खेलाको किनारमा रहेको ५५ रोपनी सरकारी जमिनमा सुकुम्बासीको नाममा मस्ती भएकै छ । भक्तपुरमा ४४ रोपनी अर्काे जमिन पनि त्यस्तै विवादमा छ । विगतको गुण्डु सूर्यविनायक नगरपालिकामा परेको छ । काठमाडौं महानगरले छिमेकी नगरको विकासमा साझेदारी गर्न सक्छ । तर काठमाडौंको फोहर स्थायी समाधानमा सिंहदरबारको साथ नपाएको दाबी गरेका बालेन शाहसँग एमाले पोलिटव्यूरो सदस्य पाएका महेशले विकासको साझेदारीका कस्ता काम गर्लान् हेर्न बाँकी नै छ । जबकि बालेनले केही समय अगाडि सिंहदरबार, राष्ट्रपति कार्यालयको फोहर उठाउन बन्द गर्दा सर्वाेच्चले उठाउन आदेश दिएको थियो । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *