स्थानीय सरकार सर्वसाधारणलाई घाँडो

राजनीति समाचार स्थानीय तह

काठमाडौं । स्थानीय सरकार लागू भएको पनि ६ बर्ष पुरा भएर ७ बर्षको रनिङमा चल्दै छ । स्थानीय सरकार चलिरह।े तापनि जति हुनुपर्ने विकास निर्माणका काम र योजना पुरा हुन सकेका छैनन् । स्थानीय स्तरमा बजेट खर्च हुन सकेको छैन । खानेपानीको बजेट त्यत्तिकै खेर गएको छ । विद्यालयको भौतिक संरचनादेखि पढाइको सुधार हुन सकेको छैन । कृषि क्षेत्रमा उत्पादन गर्नुपर्नेमा त्यो नगरी पलायन हुने अवस्था त्यत्तिकै छ । सडक निर्माण गर्दा समयमा काम सम्पन्न हुन सकेका छैनन् ।

यस्ता विकास निर्माणका कामहरु समयमा सम्पन्न नहुँदा बजेट त्यत्तिकै खेर जाने गरेको छ । स्थानीय तहमा सेवाग्राहीले सेवा पाएका छैनन् । कहिले त जनप्रतिनिधि नहुने, कहिले कार्यकारी प्रमुख नहुने कारणले गर्दा अधिकांश सेवाग्राहीले दुःख भोग्नु परेको छ । त्योसँगै, स्थानीय सरकारले जनताबाट महङ्गो कर उठाइरहेका छन् । सो करबाट तलब भत्ता सुविधा खान नपुगेको भन्दै गुनासो पनि गर्न थालेका छन् । अधिकांश स्थानीय तहमा जनप्रतिप्रतिनिधिहरुले आयआर्जनको बाटो खोजेर विकास निर्माण गर्नुपर्ने ठाउँमा त्यो पनि गरेको पाइँदैन ।

स्थानीय स्तरमा रहेका जडिबुटिदेखि फलफुल, तरकारी, खाद्यान्नजस्ता सामान र पशुपन्छी विक्रीवितरण गरेबापतको राजस्व उठाउने गरेको छ । त्यसैगरी, राजस्व उठानउको लागि जग्गा र घरको कर उठाएर तलब खानु परेको गुनासो पनि आउन थालेको छ । त्यस्तै, शहरी घनाबस्तीमा रहेका स्थानीय सरकारले राम्रो आर्यआर्जनको बाटो खोजेको छ भने विकट जिल्लाको स्थानीय तहमा आयआर्जन नभएर कार्यालयको व्यवस्थापन गर्न समेत समस्या परेको बताइन्छ ।

एकातिर स्थानीय ऐन नआउनु अर्कातिर ऐन कानून नहुँदा कुन आधारमा टेकेर स्थानीय सरकारले जनताको काममा सहजीकरण गर्छ भन्ने सम्मको ज्ञान स्थानीय जनप्रतिनिधिहरुलाई छैन । त्यसकारणले पनि अहिले स्थानीय सरकारले काम गर्न सकेको छैन भने स्थानीय जनताले पनि आफूले पाउनु पर्ने सेवासुविधा नपाएर हैरानी खेप्नु परेको छ । उता अहिले आर्थिक मन्दिले देश डामाडोल भएको छ । आर्थिक मन्दिले विकासका कामहरु ठप्प भएका छन् ।

आगामी दिनमा पनि आर्थिक मन्दिले निकासा पाउँला भन्ने कुनै ग्यारेन्टी छैन । एकदलिय बहुमतको सरकारले त विकास निर्माण गर्न सकेको थिएन भने १० दलिय गठबन्धन सरकारले कसरी विकास निर्माण गर्ला ? १० वटा राजनीति दलका दश वटा आफ्नै विचार र सिद्धान्त होलान्, त्यसकारणले पनि विकास निर्माण हुन्छ भन्ने विश्वास नेपाली जनतामा छैन । अहिले नेपालमा उद्योग धन्दा कलकारखाना खोल्नुपर्नेमा अधिकांश नेपालीहरु उद्योग धन्दा नहुँदा काम नपाएर विदेशिनु परेको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *