ठेकेदारहरु नेताको सम्पर्कमा

राजनीति समाचार

काठमाडौं । कृषि सामाग्री कम्पनीलाई अटेर गर्दै सार्वजनिक खरिद ऐनले समेत कालोसूचीमा राखेका कम्पनीले चीनबाट मल धमाधम भित्र्याएपछि सरकार मौन बसेको छ । सरकारका कृषि मन्त्री डा.बेदुराम भुसालबाट काम पट्याउन मल ल्याएका कम्पनीका ती सञ्चालकहरु भिमकान्त भण्डारी, सोनाम वाङ्दी र उग्रेन लामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको निकट पुगेका छन् । समाचार स्रोतका अनुसार यिनीहरुले बानेश्वरस्थित अर्याल होटलका मालिकलाई प्रयोग गरेका छन । उनीसँग पार्टी अध्यक्ष माधव नेपाल निकट छन् ।

सिल्क मार्केट, ग्लोबल ग्याटिक्स, सिनो म्याक र विध कम्पनीलाई कृषि सामाग्री कम्पनीले ७८ सालमै कृषि मल ल्याउन स्वीकृत दिएको थियो । यी सबै कम्पनीले त्यो बेला मल ल्याएनन् अहिले विश्व बजारमा मलको मूल्य घट्दा तीन वर्ष अघिको सम्झौता र अदालतको आदेशलाई आधार बनाएर मल ल्याएका छन् ।

पटक पटक समय थप्दा मल नल्याई सरकारको बद्नाम गराउने ठेकेदार कम्पनीहरुले २५ हजार मेट्रिक टन मल ल्याउन पाएको अनुमति अहिले कसरी स्वीकृत होला ? जबकि त्यो बेला प्रतिमेट्रिक टन ९४८ डलर थियो भने अहिले ४५० डलर छ । अहिलेको रेट अनुसार मल दिन उनीहरु तयार छैनन् । पुरानो मूल्यमा मल लिन कृषि सामाग्री कम्पनी तयार छैन ।

ठेक्का पार्ने काम समयमा नगर्ने, राजनीतिक अडामा कानून मिच्ने भिमकान्त भण्डारी मुख्य व्यक्ति हुन् । रु २ अर्ब ४१ करोड ९१ लाखको ठेक्का लिएर काम नगर्ने ठगहरुलाई देशद्रोहीको सजाय हुनुपर्ने माग छ । यो मल स्वीकार गर्दा राज्यले १ अर्ब ५० करोड नोक्सान बेहोर्नु पर्छ । नेपाललाई समयमा मल ल्याउने हो भने २५ हजार मेट्रिकटन मल हरेक वर्ष खपत हुने गरेको छ । तर यहाँ सहकारीहरुले कालोबजार गर्ने गरेका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *