सशस्त्रमा ज्ञवाली र मल्लको राज

राजनीति समाचार

काठमाडौं । कानूनको मान्छे प्रशासनमा रजाइँ गर्दा उसको दबदबा कतिसम्म रहन्छ भनेर हेर्न अर्धसैनिक बल भनिने सशस्त्र प्रहरीमा हेर्दा हुन्छ । सशस्त्रको सूचना राजधानी र समाचारपत्रमा छपाउने, दुई थरी बिल माग्ने काम आर्थिक महाशाखाका प्रमुख होम ज्ञवालीले गर्दै आएका छन् । तत्कालीन आईजीपी शैलेन्द्र खनालको कार्यकालमा सशस्त्र प्रहरीमा लुट थियो । त्यो बेला ज्ञवाली कानूनमा थिए । अहिले उनी एसएसपी भएका छन् । विगतमा कानून शाखा र प्रशासनमा हुँदा पनि हालीमुहाली थियो । प्रबन्धमा बसेर म दायाँ बायाँ गर्दिन भन्ने भानु देउवाका ज्वाई अर्का एसएसपी दिपेन्द्र कुँवरको गतिविधि पनि उस्तै छ ।

संस्थागत रुपमा हुने खरिदमा आईजीपीलाई भाग बुझाउन नपर्दा यो समूहले अरुलाई झन् टेर्ने अवस्था छैन । सशस्त्रले हल्चोकमा पिउने पानीको लागि १२ लाख खर्च गरी वाटरगार्ड राख्न सक्थ्यो । तर जार र बोत्तलको पानीमा मासिक ५ लाखभन्दा बढीको बिल बनाएर खान यो समूह सफल भएको छ । सरकारले मसलन्द खर्च कटौती गरेका कारण फौजभित्र हल्लीखल्ली मच्चिएको छ । ठूलो खदिमा प्रबन्ध र लेखाकै रजाइँ चल्ने गर्दछ । आईजीपी राजु अर्याल, एआइजी नारायणदत्त पौडेललाई हल्चोकभित्र एसएसपी र डिएसपीको रजाँइको ख्याल गर्ने हो भने बेलैमा सचेत हुनुपर्छ ।

किनकि यो समूहले गण र गुल्ममा लेखा समूह खटाउँदा र फेरबदल गर्दा राम्रै आम्दानी गरेको पाइन्छ । घरमा श्रीमती हुँदाहुँदै अर्काकी श्रीमती टिप्ने सशस्त्र प्रहरी बल ११ नं। गण रौतहटका निरीक्षक रामचन्द्र खड्काको बहादुरीलाई माफी दिन कमजोर सजाय तोक्ने तिनै ज्ञवाली हुन् । अपराधिक मानसिकताका व्यक्ति जहाँ पनि हुन्छन् ।

नेपाली सेना, नेपाल प्रहरीमा मानो चामल दाबी गर्दै परेका उजुरी पैसाकै कारण दबाइन्छ । सशस्त्रमा पनि दुई छोरी र श्रीमतीको बाबु रामचन्द्र खड्काले धादिङ माइतीघर भएकी शारदा थिङलाई दोस्रो श्रीमती बनाएपछि संस्थागत बद्नाम भएपनि ज्ञवालीजस्ता एसएसपीहरुले राम्रै कमाई गरेका छन् । श्रीमतीहरु ल्याउने खड्का ३ वर्ष सोही पदमा रहनु नरहनुको केही अर्थ छैन । किनकि सशस्त्रमा तल्लो दर्जाले समयमा बढुवा पाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *