महानगरले एनआईसी बैंकका सीईओलाई ठेगान लगायो

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सरकारी सम्पत्ति हडपेर ‘राजदरबार’ ठडाएका एक जना बैंकका ‘राजकुमार’ अप्ठ्यारोमा परेका छन् । यस अघि उनका बदमासीका बारेमा हामीले समाचार प्रकाशन गरेसँगै राज्य संयन्त्रले त्यसबारे अनुमगन गरी कारवाही प्रक्रिया अगाडि बढाएपछि ती सेलिव्रेटी सिइओ आफ्नो कर्तुत सच्याउन बाध्य भएका हुन ।

मारवाडी समूदायका प्रिय सिइओको रुपमा कार्यरत रहेका सिइओ रोशन न्यौपानेले अघिल्लो आर्थिक वर्ष दुई करोड ३४ लाख रूपैयाँ तलब–भत्ता बुझेका थिए । उक्त रकममध्ये १ करोड ८० लाख तलब र भत्ता र बाँकी ५४ लाख रूपैयाँ बोनस । त्यसअघिको आर्थिक वर्षमा २ करोड १३ लाख रूपैयाँ हात पारेका थिए । तीन वर्षअघि १ करोड ७६ लाख बुझेका उनलाई बैंकले महँगो सवारी साधन, असीमित इन्धन, चालक, चालक खर्च र अन्य घरायसी सुविधा वापत हो ।

दिन दुई गुणा, रात चौगुणा आम्दानी गर्दै आएका न्यौपानेले काठमाडौंको बूढानिलकण्ठमा अलिसान बंगला ठडाएका थिए । झट्ट हेर्दा उक्त बंगला कुनै रानीमहल भन्दा कम देखिदैन थियो । उनले ठडाएको उक्त बंगला सरकारी जग्गा मिचेर बनाएको बिषयमा हामीले पटक पटक समाचार प्रकाश गरेसँगै बूढानिलकण्ठ नगरपालिका वडा नं २ ले एक्सन लियो ।

अन्तत उक्त एक्सनले परिणाम निस्किएको छ । उनले झण्डै एक रोपनी रोपनी बराबरको सरकारी जग्गा फिर्ता गरेका हुन । पद र पहुँचमा रहेका सीइओ न्यौपानेको प्रभावमा मालपोत कार्यालय र नापी कार्यालय समेत परेको थियो । तर मिडियाको बलका कारण उनले मिच्याई गरेर सरकारी जग्गा कब्जा गरी ओगटेको जग्गा जमिन फिर्ता गर्न बाध्य भएका हुन । आइतबारबाटै उनले ओगटेको सरकारी जग्गा भत्काउने प्रक्रिया अगाडि बढेको नगरपालिकाले जनाएको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *