ठूला मिडियाविरुद्ध जैशी एक्लै

राजनीति समाचार

काठमाडौं । जुन पेशा हो, त्यसमा तल्लीन नेता र कार्यकर्ता भएमा पेशागत समस्या समाधान गर्न राज्यलाई दबाब हुन्छ । पेशा एकातिर छ, बखान अर्काको गर्दा समस्याले निकास पाउँदैन । अहिले ठूला मिडियाका मालिकहरुविरुद्ध पत्रकारिता क्षेत्रमा धमाधम गरिखाने वर्गले विरोध गर्दै आएको छ । यसमा कोरोना कालको सहुलियत लिएका कैलाश सिरोहिया क्याप्टेन रामेश्वर थापा, कृष्ण ज्वाला, हेमराज ज्ञवालीका कम्पनीहरु छन् । त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको हितमा प्रेस संघ नेपालका जन्मदेव जैशी सबैको नजरमा नराम्रो भएका छन् । राजधानी दैनिक झुकेको छ । अब पालो कैलाश सिरोहियाको आएको छ । ३५ पत्रकार कान्तिपुरबाट हटाइएका छन् ।

प्रेस सेन्टर नेपालको झैं १९औं साधारणसभा जस्ता नेता त्यस्तैको प्रशंसा गरेर सम्पन्न भएको छ । त्यहाँ पत्रकारिताको संरक्षणको चिन्ता भन्दा पनि प्रेस सेन्टरको नाममा जम्मा भएकाहरुको घुमफिर रमाइलोमा सहभागीहरु लागेको देखियो । पार्टी सरकारमा छ । प्रधानमन्त्री गृहमन्त्री संचारमन्त्री माओवादीका छन् । स्वतन्त्र प्रेसको रक्षा गर्न माओवादीले के गर्नुपर्छ जीवन पत्रकारितामा बिताएको जमातप्रति प्रेस सेन्टरले गर्ने के हो चासो कसैलाई छैन ।

समाचार नलेखी पत्रकार बन्ने पत्रकारिताको मर्म नबुझेको जमातबाट न त पार्टीलाई सिर्जनामा जान दबाब हुन्छ, न त सुझाव मिल्छ । पत्रकारितासँग साहित्य सिर्जनाका धनी स्व.कृष्णसेन इच्छुकको ममता गाएपछि प्रेस सेन्टरको वार्षिक योजना पुरा हुन्छ । सेन्टरले राज्यलाई सुझाव दिएर लेख्दा लेख्दै कपाल फुलेका निष्ठा र तयागमा विचलित नभएका पत्रकारको बारेमा चासो दिँदैन । लेख्नेभन्दा नेताको गुणगान गर्ने विज्ञापन एजेन्सी चलाएर भातभन्सा चलाउनेको संगठनको रुपमा प्रेस सेन्टर स्थापित भएको छ ।

तर नेतृत्वले आफ्नो धर्म पुरा ग¥यो । सहभागी जो जहाँबाट आए तिनले पेशागत मर्यादा व्यवसायका बारेमा गहन छलफल गर्ने प्रदेश तहको रिपोर्टिङलाई महत्व दिएनन् । सेन्टरको कार्यालयमा भेला हुनुको गफ बम हान्न गएको, चन्दा असुलेको क्रान्तिकारीताकै बखान हुन्छ । त्यस्ता नेता भएको प्रेस सेन्टरले स्व.कृष्ण सेनको स्तुती गायो, रित पु¥यायो । कृष्ण सेनकै नाममा खाने इश्वरचन्द्र ज्ञवाली, ताराकान्त पाण्डेहरु मोहन वैद्यको विचारले हजम गर्न नदिने भएपछि पुरानै घर फर्केका छन् । इच्छुक प्रतिष्ठानको भण्डाफोर गर्ने अशोक सुवेदी नेकपा बहुमततिर लागेर सशस्त्र युद्ध पुनः संचालन गरी फटाह र बिचौलियाहरु माथि बमबारी गर्नुपर्छ भन्दैछन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *