आमा छोराको झगडाले राजधानी बन्द

राजनीति समाचार

काठमाडौं । वैदेशिक रोजगारीमा मौलाएको समयमा कांग्रेसका बलबहादुर केसी वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, महेन्द्र शेरचन र निर्मल गुरुङसम्मको जोडबलमा २३ वर्ष अगाडि जन्मेको राजधानी दैनिक बन्द भएको छ । पत्रकारलाई सित्तैमा काम लगाएर सरकारबाट कोभिडको बेला लिएको सहुलियत कर्जा घर जग्गामा लगानी गर्ने कान्तिपुरका कैलाश सिरोहिया अन्नपूर्ण पोष्टका रामेश्वर थापा, नागरिकका विनोद ज्ञवालीसम्मले श्रमजीवी पत्रकार माथि यस्तै शोषण गरेका छन् ।

राजधानी दैनिकका संस्थापक महेन्द्र शेरचनको निधन पछि शेरचन समूहको संस्थागत रेखदेखि गर्ने दायित्व आमा नन्दा शेरचन र छोरा आशिष शेरचनका बिचमा भागवण्डा भएको थियो ।म्यानपावर कम्पनी पुत्र आशिषले हेरे राजधानी दैनिक आमा नन्दाको भागमा प¥यो । तीन महिनामादेखि तलव नबनाएका पत्रकारहरुलाई माघ, फागुन, चैतसम्मको तलब जेठ २३ गते दिएपछि त्यो दैनिक जेठ २६ गतेबाट बन्द भएको छ । पत्रिकामा काम गर्नेलाई समयमा तलब नदिने मात्र होइन, सूचना विभागमा कर्मचारीको दरबन्दी नपठाउने राष्ट्रिय दैनिक तथा टेलिभिजनहरुमा श्रमजिवीको शोषण व्यापक भयो ।

पत्रकार महासंघको केन्द्रीय नेतृत्व महाजनकै पक्षमा छ । पूर्व केन्द्रीय सदस्य जन्मदेव जैशी माओवादी प्रेस सेन्टरको नाममा काम गरेर पैसा नपाएका श्रमजिवीको उद्दारमा छ । सेन्टरले जन्मदेवलाई खटाएको छ । आन्दोलनमा माओवादी पत्रकार धेरै हुन्छन् । ठूला दलका ठेकेदार जस्ता प्रेस चौतारी, प्रेस युनियन जस्ता समूहलाई श्रमजिवीले पैसा पायो किपाएन चासो छैन ।

चुनाव आउँदा युनियन र चौतारी आफै मात्र पत्रिका प्रेमी श्रमजीवी पत्रकार प्रेमी भन्छन् । चुनावपछि ती बेपत्ता भएको कुरा जन्मदेवले राजधानी दैनिकमा साहुजीको घर घेरेर दिएको ३ महिने तलब आन्दोलन प्रमाण हो ।

पत्रकार महासंघ केन्द्र, प्रतिष्ठान, उपत्यका प्रदेशअन्तर्गत आन्दोलन हुँदा महासंघबाट एसोसिएट सदस्य रामकृष्ण अधिकारी, श्रमजीवी पत्रकार संघबाट जन्मदेव जैसी अगाडि पुग्छन् । संस्थागत रुपमा पत्रकारका पेशागत संस्थाहरु निदाएकै छन् । राजधानी दैनिक बन्दले श्रमजीवी पत्रकारले काम गर्ने पारिश्रमिक नपाउने नियम लागू भए लोकतन्त्रको उपलब्धी अहिले भएको छ । प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टरका ठेकेदारहरु मालिकसँग रक्सीका गिलास चेस गरेकै छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *