अख्तियारमा अवकाशप्राप्त कर्मचारीकै नियुक्तिका कारण भ्रष्टाचार कम हुन सकेन

राजनीति समाचार

पुण्यप्रसाद ढकाल, अध्यक्ष, पेशागत महासंघ नेपाल
उस्तै नाम, उस्तै झण्डा र लोगोसहित पेशागत महासंघको नामका दुईवटा संगठन अस्तित्वमा रहेका छन् । एकीकृत समाजवादीतिर अध्यक्ष छन् प्रेमलकुमार खनाल र एमालेनिकटबाट पुण्यप्रसाद ढकाल । नेकपा एमाले र नेकपा एकीकृत समाजवादी निकट पेशागत महासंघबीच काठमाडौंको लैनचौरस्थित भवनलाई लिएर विवाद भएको छ । एमाले निकट महासंघले उक्त भवन खाली गर्न माग गर्दै प्रदर्शन गरेपछि दुई पक्षबीच विवाद भएको थियो । दुई पक्षबीच विवाद बढ्दै गएपछि सम्भावित झडप रोक्न सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

एमाले विभाजनदेखि नै उक्त भवन एकीकृत समाजवादी निकट पेशागत महासंघले प्रयोग गर्दै आएको थियो । एमाले विभाजन नहुँदै उक्त भवनलाई पेशागत महासंघले तीन करोड रुपैयाँमा किनेको थियो । चार तले उक्त भवनमा हलसहित १५ वटा कोठा रहेका छन् । एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको एक कार्यकाल अध्यक्ष चलाएका आधिकारिक कर्मचारी ट्रेड युनियनको पहिलो अध्यक्ष हुँदै हाल उनी पेशागत महासंघको अध्यक्ष समेत हुन । उनै ढकालसँग विभिन्न सेरोफेरोमा तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंश -:

० पेशागत महासंघ तपाईहरुलाई राजनीति गर्नको लागि मात्र हो कि पेशाकर्मीहरुको लागि पनि ?
पेशागत महासंघ पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि स्थापना भएको महासंघ हो । यो राजनीति गर्नको लागि नभई विशुद्ध पेशाकर्मीहरुको हकहितको लागि लड्ने गर्दछ । यसले श्रमिक÷पेसाकर्मीहरूको दक्षता वृद्धि तथा आर्थिक, सामाजिक र बौद्धिक समुन्नतिका लागि उनीहरूको सेवा सर्त तथा कार्य अवस्थामा सुधार ल्याउन , श्रमिक÷पेसाकर्मी र व्यवस्थापन तथा सरकार बिच सुसम्बन्ध राख्न, विभिन्न क्षेत्रका पेशागत सङ्गठन÷ट्रेड युनियन बिच आपसी सुमधुर सम्बन्ध बढाउँदै उनीहरूलाई देश विकासमा सङ्गठित तबरले क्रियाशील गराउन, देशको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा जनमुखी नीति अवलम्बन गर्न सरकारलाई सुझाव दिन, श्रम नीतिको तर्जुमा गर्न र श्रमिक पेसाकर्मीहरूको तलब तथा सुविधा वृद्धिको निर्धारण गर्नका लागि सरकारलाई आवश्यक सल्लाह र सुझाव दिन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न ट्रेड युनियन केन्द्रहरूसँग सम्बन्ध स्थापना गर्ने, श्रमिक पेसाकर्मीहरुको हकहितका लागि व्यवस्थापन र नेपाल सरकार समक्ष सामूहिक सौदावाजी गर्ने, श्रमिक÷पेसाकर्मीहरूलाई आफ्नो सेवाप्रतिको दायित्व दक्षतापूर्वक निर्वाह गर्ने कार्यमा प्रेरित गर्ने, श्रमिक÷पेसाकर्मीहरूको हकहितको संरक्षण र संवद्र्वन गर्नका लागि सबै क्षेत्रमा ट्रेड युनियन खोल्ने, माग दाबी पेस गर्ने, सामूहिक सौदाबाजी गर्ने र आवश्यकता अनुसार हड्ताल लगायतका दबाबमूलक कार्यक्रम सञ्चालन गर्न पाउने ट्रेड युनियन अधिकारलाई संवैधानिक एवं कानुनी रूपमा स्थापित गर्न प्रयत्नशील रहन, श्रमिक पेसाकर्मी र आश्रित परिवारको हितका लागि विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने गराउने , राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहित श्रमिक पेसाकर्मीहरूको जीवनलाई समृद्ध बनाउन, स्वरोजगार क्षेत्रका श्रमिक पेसाकर्मीहरुको हकहितको संरक्षण गर्न, सेवा निवृत्त श्रमिक पेसाकर्मीको हकहितको संरक्षण गर्न जस्ता विभिन्न कामहरु गर्ने गर्दछौं ।

० यसमा आवद्ध घटकहरु कति छन् ?
पेसागत क्षेत्रमा कार्यरत २७ राष्ट्रिय घटकका तमाम पेसाकर्मीहरूको छाता सङ्गठन हो । जसमध्य प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, निजामती कर्मचारी सङ्गठन, सार्वजनिक संस्था कर्मचारी सङ्गठन, स्वास्थ्यकर्मी सङ्गठन, बैक, वीमा तथा वित्तीय क्षेत्र कर्मचारी सङ्घ, स्थानीय निकाय कर्मचारी सङ्घ, नेपाल अडिटर्स एशोसिएसन, वन पेसाकर्मी सङ्घ, नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन, नेपाल सास्कृतिक पेशाकर्मी सङ्घ, नेपाल स्वास्थ्य प्रविधिक सङ्घ, पेशागत बीमा अभिकर्ता सङ्घ, नेपाल सर्भेयर्स एशोसिएसन, विश्वविद्यालय कर्मचारी संघ, सेवा निवृत्त राष्ट्रसेवक सङ्घ, नेपाल नर्सिङ पेसाकर्मी सङ्घ आदि यसमा अवद्ध घटक हुन् ।

१ करोड २५ लाख श्रमिकहरु कार्यरत रहेको हाम्रो मुलुकमा झण्डै २० लाख श्रमिकहरु संगठित छन् । ट्रेड युनियन आन्दोलनमा हुर्केको ३ ‘अ’ अवसरवाद, अराजकतावाद, अर्थवादका साथै राजनीतिक गुटबन्दीको रक्षाकवच बनाउने गरी ट्रेड युनियनलाई फुटाउने, जबर्जस्ती कब्जा गर्ने जस्ता गलत प्रवृत्तिका विरुद्ध वैचारिक सङ्घर्ष गरेर ट्रेड युनियन आन्दोलनलाई एकताबद्ध बनाउन सक्रियतापूर्वक भूमिका निर्वाह गर्न जरुरी छ । यस्तै पेसागत क्षेत्रमा रहेका समस्यालाई समाधान गर्न सरकार र व्यवस्थापनको ध्यानाकर्षण गराउने दिशामा जिम्मेवार ढङ्गबाट भूमिका निर्वाह गर्न हामी लागिपरेका छौं ।

० तपा।ईंले नेतृत्व सम्हालेपछि के कस्ता कामहरु गर्दै हुनुहुन्छ ?
मैले ने।तृत्व गरेको अढाई महिना भएको छ । यो अवधिमा महसंघको तर्फबाट गर्नुपर्ने। कामहरु गरिराखेको छु । पछिल्लो समय संगठन बिस्तार गर्ने, विभिन्न क्षेत्रका। कर्मचारीको समस्या समाधानका लागि नेपाल सरकारलाई माग पत्र बुझाय।ा,े संघको अधिकार र ट्रेड युनियनको अधिकार सुनिश्चित गर्न सरकारलाई ज्ञापन।पत्र बुझाएका छौं । निजामती सेवाको लागि हामी लडिरहेका छौं । संघीय निज।ामती सेवा ऐनमा समावेश गर्नुपर्ने मागहरु सुशासन, कर्मचारी, ट्रेड युनियन र सेव।ाग्राहीमैत्री संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न, संघ, प्रदेश र स्थानीय तह।मा कार्यरत सबै कर्मचारीलाई निजामती सेवाको परिभाषामा समावेश गर्न तीनै तह।मा तहगत प्रणाली लागू गर्न, “जहाँ सरकार त्यहाँ ट्रेड युनियन को नीति लिई ती।नै तहमा कार्यरत कर्मचारीको वृत्ति विकास छिटो हुने व्यवस्था सुनिश्चित गर्न, अ।स्थायी, करार र ज्यालादारी कर्मचारीलाई मापदण्डको आधारमा सेवा सुरक्षाको ग्।यारेण्टी गर्न जस्ता विभिन्न मागहरु राखेर सम्बन्धीत निकायमा पुगेर हामीले ध्।यानाकर्षण गराएका छौं ।

।० प्रेमल खनालहरुको टिमलाई आधिकारीक मान्ने कि पुन्यप्रसाद ढकालको ।टिमलाई आधिकारीक मान्ने ?
पेशागत महासंघलाई नेकपा एमालेको जनसंगठनकै रूपमा चिनिन्छ । पार्टीको दशौं महाधिवेशनबाट विधानतः यसलाई जनसंगठनको रूपमा रूपान्तरण गरिएको छ । ०५२ साल जेठ ६ मा पेशागत महासंघ नेपाल स्थापना भएको हो । ०७७ पुस ८ को राजनीतिक घटनाक्रमपछि यसको कामकारवाहीमा केही फेरबदल आएको हो । ०७३ असार ३ देखि ५ सम्म भएको छैटौं राष्ट्रिय महाधिवेशनले ४ वर्षको अवधि किटान गरेको थियो । समयभित्रै महाधिवेशन गर्न नसके ६ महिना थप्ने र अनिवार्य महाधिवेशन गरिसक्नुपर्ने थियो । तत्कालीन नेतृत्वले अनेक खालको क्रियाकलापमार्फत अधिवेशन टाल्ने प्रवृत्ति देखाएपछि ७७ माघ २४ गते साथीहरूलाई देशव्यापी रूपमा उपस्थित गरायौँ । र, बाबुराम थापाको अध्यक्षतामा पेशागत महासंघ नेपाल बनायौँ ।

० प्रेमल खनालको टिमपनि आधिकारीक त हामी हौं भन्छन् नी ।
उनीहरु कसरी आधिकारीक भए तपाइ आफै भन्नु न पाटीको नाम चाहिँ एकिकृत समाजवादी, भातृ संगठनको नाम पनि एकिकृत सरकारी कर्मचारी संगठन, अनि संगठनको नाम चाहि किन नफेरेको । त्यसलाई पनि फेरेर एकिकृत समाजवादी पेशागत महासंघ भने भयो त । सबै फेरे पछि यो चाहि किन नफेरेको ?

० तपाई कर्मचारी टे«ड युनियनको पहिलो अध्यक्ष, स्थापनाको ३१ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विधिवत रूपमा फुटेको छ। यसरी संंगठन फुट्दा तपाईलाई कस्तो अनुभव भइरहेको छ ?
मेरो नेतृत्वमा निवार्चन भएको थियो । अत्याधिक बहुमतका साथ टे«ड युनियनको अध्यक्षमा जितेँ । मेरो कार्याकालमा धेरै सुधार पनि भएको थियो । आफूले मिहिनेत गरेर बनाएको संगठन फुट्दा दुख त लागि हाल्छ नै । स्वार्थ परिपुर्ती गर्नको लागि यसरी फुट्यो मलाई दुख लागिरहेको छ । पछिल्लो दुई वर्ष आधिकारिक ट्रेड युनियनले व्यवस्थित रूपमा काम गर्न सकिरहेको देखिँदैन । त्यो अब आधिकारिक युनियन पनि रहेन । उहाँहरूमा इच्छाशक्ति नभएको हो वा आफूहरू जुन जुन संगठनमा हुनुहुन्छ, त्यसैलाई अगाडि बढाउने भन्ने मात्र मान्यता भएर हो ।

० निजामती सेवालाई जनमुखी बनाउने उपाय के के छन् ?
स्पष्ट उद्देश्य एवम् लक्ष्यसहितको दीर्घकालीन निजामती सेवा नीति तर्जुमा गरी कार्यान्वयन गर्ने, सङ्घीय निजामती सेवा ऐन तर्जुमा तीनै तहको सेवालाई प्रभावकारी बनाउने, निजामती सेवालाई जिम्मेवार, जवाफदेही बनाउने, तीनै तहको संस्थागत संयन्त्रलाई चुस्त, दुरुस्त बनाउने, सेवा प्रवाहमा सरलता ल्याउने, प्रत्येक कर्मचारीको कार्य विवरण तयार गरी कामका आधारमा पुरस्कार र दण्डको व्यवस्था गर्ने, बजारमा भएका नवप्रतिभालाई निजामती सेवामा ल्याउने कार्ययोजना बनाउने, रिक्त पदमा पदपूर्ति गर्ने कार्यलाई छिटोछरितो बनाउने, वर्षमा दुईपटक लोकसेवा आयोगको विज्ञापन हुने व्यवस्था गर्ने, तलब सुविधालाई समसामयिक बनाउने, न्यूनतम तलब र कार्यसम्पादनमा आधारित तलबको व्यवस्था गर्ने, सरुवा, बढुवा, पदस्थापन, तालिमजस्ता पक्षलाई पारदर्शी, अनुमानयोग्य एवम् वैज्ञानिक बनाउनुपर्ने, निजामती सेवामा राजनीतिक हस्तक्षेप रोक्न सचिव र मन्त्रीको स्पष्ट कार्यविभाजन गर्ने, कम्तीमा एक वर्षसम्म सचिव र सहसचिवको सरुवा नगर्ने, प्रत्येक कर्मचारीको आचरण र व्यवहारमा सुधार ल्याउन तालिम तथा प्रोत्साहनको व्यवस्था गर्ने, सेवा प्रवाह गर्ने सरकारी कार्यालयबीच कार्यगत समन्वय कायम गर्ने, कार्यसम्पादन सम्झौताको नियमित अनुगमन गर्ने, कार्यप्रगतिका आधारमा पुरस्कार र दण्ड व्यवस्था गर्ने, जनमुखी निजामती सेवा वास्तवमा जनताप्रति उत्तरदायी सेवा हो । यसका लागि कर्मचारीको पुरस्कार, दण्ड, सजाय, वृत्तिविकासका अरू विषय, कर्मचारीको निर्णय क्षमता, सेवा प्रवाह, आचरण, सेवाग्राहीप्रति व्यवहारजस्ता पक्षको स्वतन्त्र मूल्याङ्कनमा नागरिकको कहीँ न कहीँ सहभागिता आवश्यक पर्छ । तबमात्र निजामती सेवा जनमुखी हुन सक्छ । यसका लागि विद्यमान कानुनी र संस्थागत व्यवस्थालाई समसामयिक बनाई निजामती सेवालाई सुशासन कायम गर्ने अङ्गका रूपमा विकास गर्नुपर्छ ।

० निजामती कर्मचारीहरुलाई आम सर्वसाधारणहरुले हेर्ने दृष्टिकोण सकारात्मक छैन किन् ?
भ्रष्टाचार निर्मूल गर्नुपर्छ भन्नेमा कसैको विमति छैन तर यो नारामा सीमित भयो । भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व बोकेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग । राजनीतिक नियुक्ति हुँदा जसलाई सरकारले पठाउँछ उहीप्रति आस्था राख्ने हुन्छ । अख्तियारमा जाने भनेको निजामती प्रशासन, प्राविधिक, संस्थान, सुरक्षाकर्मीबाट हो । तिनमा सरकारी सेवाबाटै अवकाश पाएका धेरै छन् । सेवामा रहँदा उसले तलमाथि गरेर जाने अनि उसैले अरुलाई डण्डा लगाउने ? माथिल्लो लेभलका आयुक्तबाहेक र बाँकी जनशक्ति आउटसोर्स वा करारमा लिन सकेको खण्डमा मात्र त्यो संस्था बलियो हुन्छ । त्यहीं काम गर्ने मान्छे भ्रष्टाचारमा चुर्लुम्म डुबेको, मुद्दा चलेको हैन र ?(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *