अपराधका घटनामा गृहमन्त्री र आइजीपी चुक्दै

राजनीति समाचार

काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्ड चर्चामा आएपछि नेपाल प्रहरीका आइजीपी वसन्त कुँवरको नाम पनि जोडिएकै थियो । भुटानी शरणार्थी काण्डमा नाम जोडिनासाथ गुमनाम भएका आइजीपी कुँवर यतिबेल प्रकट भएका छन् । उनीलाई आइजीपी बनाउन कांग्रेस सभापति देउवा पत्नी आरजु राणा हावी भएकी थिइन् ।

अहिले माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएपछि प्रहरीभित्र केही सुधारका काम थालेका थिए । श्रेष्ठले गरेको राम्रो काममध्ये सुराकीको नाममा राज्यको अर्बौं रुपैयाँ खर्च हुने गरेको थियो । त्यसलाई उनले बन्देज गराएका छन् । त्योसँगै प्रहरी सरुवा बढुवामा नेताहरुको घरदैलो नचाहर्न आग्रह गरेका थिए । तर, गृहमन्त्री परे माओवादीका, आइजीपी परे कांग्रेसका । अहिले गृहमन्त्री र आइजीपीको सम्बन्ध राम्रै भएपनि भित्री रुपमा आइजीपीले कांग्रेसलाई सघाउने गरेका छन् ।

आउँछ कुरो नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका व्यक्तिहरुलाई अहिलेसम्म पक्राउ गर्न सकेका छैनन् । त्यस्तै बालुवाटार जग्गा प्रकरणमा मुछिएका व्यक्तिहरुलाई जोगाउने भूमिका खेल्छन् कि त्यत्तिकै छापछुप पार्ने खेल खेल्छन् त्यो पनि एकिन भइसकेको छैन । अहिले आइजीपी कुँवरले नेपाल प्रहरी भित्र विभिन्न कार्यक्रमहरु ल्याएका छन् । उनले ल्याएका नयाँ योजनाहरु लागु गर्छु भन्दै पनि हिडेका छन् । तर, यस्ता योजना तत्कालीन आइजीपीहरुले पनि नल्याएका होइनन् । नयाँ आइजीपी फेरिनासाथ योजना ल्याउने र काजगमै सीमित हुने गरेका थुप्रै उदाहरणहरु हामी सामु छन् ।

अहिले आइजीपी कुँवरले ल्याएका योजनाहरुमा आन्तरिक सुद्धिकरण, वैज्ञानिक अनुसन्धान, प्रहरी सेवाभित्र हुने गरेका गुनासाको अन्त्य गर्ने, संगठनलाई दीर्घकालीन विकास गर्ने, कल्याणकारी कोषको योजना कार्यान्वयन गर्नेलगायत १३ सुत्रीय योजना सार्वजनिक गरेका छन् । तर, उनले ल्याएका ती सुधारका योजनाले कत्तिको सार्थकता पाउने हो त्यो भने प्रतिक्षाको विषय बन्दै छ । अहिले जताततै प्रहरी संगठनको बदनाम भइरहँदा वसन्त कुँवर आइजीपी भएपछि कुनै नयाँ कुराहरुको खोजविन पनि गरेका छैनन् ।

यदि आइजीपीले प्रहरीको गरिमा बँचाउने हो भने निर्मला पन्तका हत्याराहरु पत्ता लगाएर कारबाहीको दायरामा ल्याउनु नै पहिलो साहसिक काम हुने थियो । निर्मला पन्त जस्ताका हत्याराहरु त कति छन् कति । अहिले सुन तस्करी, मानव तस्करी र बलात्कारका घट्नामा दोषी ठहरिएका व्यक्तिहरुलाई यथासीघ्र पक्राउ गरी कारबाहीको दायरामा ल्याउनु नै बुद्धिमानी देखिन्छ । तर, यस्ता कुरामा गृहमन्त्री र आइजीपी कुँवर चुकेको पाइन्छ ।
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *