काठमाडौं । एमाले अध्यक्ष केपी ओलीका विश्वास पात्र रवि लामिछानेकी चौथो पत्नी निकिता पौडेल चितवन सहकारीको उपाध्यक्ष बनेर ५ करोड हिनामिनामा जोडिएकी छिन् । कुनै बेला माओवादी नेता डा.बाबुराम भट्टराईको घर घरमा भकारी टोलटोलमा सहकारीको योजना आएपछि सहकारीको लहर चल्यो । यो अभियानमा नेकपा एमालेका नेता कार्यकर्ता जोडिएका थिए ।
रवि लामिछाने आँफै पनि भ्रष्ट हुन् । संचारकर्मी हुँदा लामिछानेको धन्दा जनतासँग सिधा कुरा कार्यक्रमबाट क्रसर उद्योग (बालुवा, गिट्टी, ढुंगा) सँगै बार्गेनिङ गर्थे । प्रहरी स्थानीय जनप्रतिनिधि जोडिएका यस्ता सहकारीहरु नै अहिले डुबेका छन् । न्यूज २४ को रविको टिम ग्यालेक्सी ४ मा गएको छ । त्यो टिम संचारकर्मीको नाममा ठगी गर्ने नै हो भन्दै मेडिकल माफिया दुर्गा प्रसाइँले आक्रोश प्रकट गरेका छन् ।
प्रसाइँलाई ३० करोड मागेर ज्यान लिने धम्की दिने खोटाङका रमेश गुरुङको टोलीलाई प्हरीको अनुसन्धान व्यूरोले गुरुङलाई पक्रन प्रसाइँ नै खटेका थिए । प्रसाइँ आफै पनि बैंक, लघुवित्त र सहकारीको ठगीसँग जोडिएर पीडितका पक्षमा आन्दोलन गरेका व्यक्ति हुन् ।
भ्रष्टाचारविरुद्ध चर्काे कुरा गर्ने तर सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण ललिता निवास प्रकरणको छानबिन सुरु गर्दा सरकारलाई दिएको समर्थन फिर्ता लिने रवि लामिछाने पनि नाटककार नै हुन् । रविकी पत्नी उपाध्यक्ष रहेको चितवन सहकारीले जनताले जम्मा गरेको ५ करोड हजम गरेको छ ।
चितवन प्रहरी समक्ष पीडितहरुको टिमले उजुरी दिएको छ । प्रहरी माथि आर्थिक अपराध र लेनदेनका मुद्दा थुपार्दा पीडितले न्याय पाउँछन् भन्ने आश छैन । चुनावको बेला रविले भरतपुर महानगर १२ मा घर किनेका छन् भने काठमाडौं टोखा नगरपालिका ४ मा भव्य महल छ । (तामाकोशीसन्देशबाट)