गुप्तचरमा भ्रष्टकै राइँदाइँ

राजनीति समाचार

काठमाडौं । सरकारको सारथी राष्ट्रिय अनुसनधान विभागले अहिले सरकारकै अनुसन्धान गर्नुपर्ने भएको छ । जो सरकारमा छ, उसैको सेवक भएको अनुसन्धानमा हुतराज थापाले सुरुमा कायापलट गर्लान् जस्तो थियो । तर अहिले दुर्गन्धितहरुको फन्दामा छन् । भूमि पाठकजस्ता चोरका चण्डाल र राष्ट्रपति रामचन्द्र पौडेल निकट पप्पु शर्मा पौडेलेको लडाइँ छँदै थियो ।

पाठक परे कांग्रेस संसदीय दलको कार्यालयको झ्याल खोलेर पार्टीको सूचना गुप्तचरमा पठाउने चण्डाल । गोविन्दराज जोशीको नातामा सालो पर्ने पाठकसँग सहयात्रीको सम्बन्ध राम्रो छैन । उनी एयरपोर्टमा छन् । हाल गुप्तचरको रिपार्टेले केही प्रभाव पार्दैन । हरेक दलमा गुप्तचरका रिपोर्टर छन् । तर गुप्तचर त्यतै केन्द्रित छ । कांग्रेस भएका कारण दिलिप रेग्मी खेदिए । एमाले भनेर गणेश अधिकारी आए ।

काम सके म्याद पुग्यो र गए । हुतराज थापाले ओम जोशीको कमजोर प्रवृत्ति प्रयोग गरे । प्रमुख भिमबहादुर भएपनि प्रशासनमा टेकराज तिमिल्सिनाको हालीमुहाली छ । टेकराज घुस्याहा हुन् । प्रधानमन्त्रीको सचिवालयमा एसपीको दरबन्दी छ । त्यहाँ डिएसपी हेमन्त कार्की लगिएका छन् । डिएसपी दिपक केसी टेकराजको सारथी हुन् ।

गुप्तचरको कामले प्रशासन नै दुर्गन्धित भएपछि त्यसले बाहिरको गुप्तचरी के गर्छ भन्ने प्रशन उठेको छ । प्रशासन प्रमुख बनेका भिमबहादुर बुढाथोकी जेरीपुरीमै रमाएका छन् । प्रमुख हुतराजलाई पैसाको उनलाई कमी थिएन । श्रीमती भक्तपुरमा स्कुल चलाउँछिन् । ससुरालीको सम्पत्ति जति पनि छ । आरजु र मञ्जुको चित्त बझाउन सके । ओमराज जोशी सुदूरपश्चिम बाहेक अरु केही थिएन । हुतराजले प्रमुख पड्काए, अहिले जसले जे गर्छ चासो दिन छाड्दा प्रशासन उदांगो भएको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *