स्वतन्त्र र नयाँ दलप्रति किन आक्रमक भए ओली ?

राजनीति समाचार

काठमाडौं । आगामी मंसिर ४ गते हुने आम निर्वाचनको प्रत्यक्षतर्फ सरकारमा रहेको पाँच दलको गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेकाबीचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ सालको आम निर्वाचनमा सान्दार सफलता प्राप्त गरेको नेकपा एमालेलाई अब हुने निर्वाचनमा पराजित गर्न सरकारमा रहेका कांग्रेस माओवादीलगायतका पाँचदलले गठबन्धन नै गरेर चुनावी मैदानमा उत्रने भएका छन् ।

यसरी प्रमुख प्रतिपक्ष एमालेको आगामी निर्वाचनमा पाँचदलिय गठबन्धन प्रमुख प्रतिस्पर्धी रहने स्थिति छ । यो अवस्थामा नेकपा एमालेका अध्यक्ष केपी ओली भने आफ्नो समय र उर्जा पछिल्लो समयमा निर्वाचनमा आयोगमा दर्ता भएर चुनावी मैदानमा उत्रिएको रवि लामिछाने नेतृत्वको स्वतन्त्र नेपाल पार्टी लगायतका स्वतन्त्र व्यक्ति र अन्य दल हुने गरेका छन् ।

आगामी आम निर्वाचनलाई ध्यानमा राखेर नेकपा एमालेले केहि दिन अगाडि काठमाडौंमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको थियो । अगुवा कार्यकर्तालाई आगामी आम निर्वाचनका सम्बन्धमा विभिन्न दिक्षा दिन पार्टीले आयोजना गरेको उक्त कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो समय भने स्वतन्त्र नेपाल पार्टीका अध्यक्ष रवि लामिछाने र स्वतन्त्र हैसियतबाट काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका बालेन्द्र शाह र धरान उपमहानगरको मेयरमा निर्वाचित भएका हर्क साम्पाङको आलोचना गर्नमा नै खर्च गरेका छन् ।

उक्त भेलामा अध्यक्ष ओलीले दलको विकल्प स्वतन्त्र व्यक्ति नहुने भन्दै अहिले क्रियाशील रहेका राजनीतिक दलहरुको पक्षमा ओकालत गरेका छन् । तर, राजनीतिक दल आफ्नै कर्मको कारण असफल भएका र जनताको समर्थन स्वतन्त्र उम्मेदवारसँगै नयाँ अनुहारको नेतृत्वमा गठन भएका नयाँ पार्टीप्रति भएको वास्तविकतालाई किनारमा राख्दै एमाले अध्यक्ष ओलीले असफल भइसकेका राजनीतिक दल र सबै प्रकारको प्रयोग गरीसकेका पुरना नेताहरुको पक्षमा ओकालत गरेका छन् ।

नागरिक समाजमा पाका नेतालाई संसद् होइन् वृद्धाश्रम पठाउनुपर्छ भन्ने आवाज उठिरहेको अवस्थामा एमाले अध्यक्ष ओलीले नयाँ पुस्ताका उर्जावान युवाहरुको आलोचना गर्दै सम्पूर्ण रुपले असफल साबित भइसकेका पुराना नेताहरुको ओकालत गरेका छन् । र, उनले आफू बाचुन्जेल सक्रिय राजनीतिबाट अलग नहुने संकेत पनि यो भनाइबाट गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *