महानिर्देशक ढुंगानाको करामतले सुन बरामत

राजनीति समाचार

प्रधानमन्त्री प्रचण्डको ६ महिने संगतले नवराज ढुङ्गाना बदलिएको हुन ? निजामती सेवाभित्र नवराजलाई हेर्ने नजर सकरात्मक छैन् । प्रधानमन्त्रीको निजी सचिवमा उपसचिव तहका कर्मचारी बस्ने परम्परालाई भत्काउदैं यस पटक सहसचिव ढुङ्गनालाई बनाइएको थियो । झण्डै ६ महिना सचिवालयमा रहेका ढुङ्गानालाई राजस्व अनुसन्धान विभागका महानिर्देशकमा सरुवा गरेको थियो । प्रचण्ड प्रधानमन्त्री भएलगतै ढुंगानालाई गत पुसमा वीरगन्ज भन्सारबाट सचिवलायमा ल्याइएको थियो ।

उनी वीरगन्ज भन्सार प्रमुख थिए । ठूलो आर्थिक चलखेलको चर्चा भइरहने विभागलाई शक्तिशाली केन्द्रका रूपमा हेरिदै आएको यही विभागले भन्सार र प्रहरीबाट उम्किएको झण्डै १ अर्ब हाराहारीको सुन समातेसँगै अहिले हाइ हाई छन् सह सचिव ढु्ंगना । सहसचिव नवराज ढुंगाना प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को निजी सचिवमा पुस २० गते नियुक्त भएका हुन । यता आउनुअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वीरगञ्ज भन्सारलगायत थुप्रै निकायको जिम्मेवारी सम्हाले । सह–महालेखा नियन्त्रकमा रहँदा राम्रो काम गरे।

सह–सचिव ढुंगानाले छ महिना प्रधानमन्त्री प्रचण्डको सँगको संगतमा प्रचण्डमा रहेको केही गरौं भन्ने हुटहुटी र जीवनको सार्थकतालाई नजिकबाट बुझेको कारण उनी यूर्टन भएका भन्छन् ढुङ्गनाका निकटस्थ कतिपय कर्मचारीहरु । एक सय केजी सुनको मूल्य झण्डै एक अर्ब हुन्छ । त्यति ठूलो सुन भन्सार चेक गरेर विमानस्थलबाट बाहिरीसकेको थियो । लोभै गरेका भए उनले करोडौं रकम सहजै हात पार्न सक्दथें । उनले पाएको पूर्व सूचनाकै आधारमा बार्गेनिङ गरी मोटो रकम झार्न पनि सक्दथें ।

किनकी अर्बाै बराबरको सुन तस्करी गरेको व्यापारीले भन्सार,प्रहरीदेखि अध्यागमनसम्मै लगानी गरिसकेको स्पष्टै देखिन्छ । कुनै पनि निकायले सयौं किलो सुन तस्कर भएको भेउ नपाउनु नै उसले यी ठाउँमा लगानी गरेको पुष्टि हुन्छ । नवराजले थोरैमात्र पैसाका लागि र्र्याल चुहाएको भए अर्व बढीको सुन सिधैं तस्करको गोदाममा पुग्दथ्यो तर उनले त्यसो हुन दिएनन् । यो प्रकरणले ढुङ्गनालाई सचिव बन्नका लागि समेत कार्यसम्पादनमार्फत नम्बर तान्ने बाटो खुलेको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *