सामाजिक सञ्जालको क्रेजले देश कतातिर जाँदैछ ?

राजनीति समाचार

काठमाडौं । यतिबेला सञ्चार माध्यमप्रति विभिन्न टिकाटिप्पणीहरु हुन थालेका छन् । अधिकांश स्थापित सञ्चार माध्यमहरु अहिले गुमनाम जस्तै अवस्थामा गुज्रिन थालेका छन् । खासगरी रेडियो, टेलिभिजन, दैनिक, साप्ताहिक, मासिक, पाक्षिक जस्ता छापामाध्यम र इलोक्ट्रोनिक मिडियाहरु क्रमशः ओझेलमा पर्दै गएका छन् ।

योसँगै व्यवसायिक रुपमा खोलिएका अनलाइन मिडियाको पनि विस्तारै क्रेज घट्दै गएको छ । अहिले व्यवसायिक र व्यवस्थित रुपमा सञ्चालन गरिएका मिडियामा प्रकाशित, प्रसारित गहन समाचार, लेख र फिचरमा पाठकको आँखा पर्न छाडेको छ । यतिबेला देशका जिम्मेवार नेता, मन्त्री, कर्मचारी, सुरक्षा निकाय, वुद्धिजीवी, विश्लेषक, प्राध्यापक, विद्यार्थी, मानवन अधिकारवादी र सर्वसाधारणसमेतले देशको अवस्था बुझ्न सामाजिक सञ्जाल फेसबुक र टिकटको सहारा लिन थालेका छन् ।

सामाजिक सञ्जालमा फेसबुक र टिकटमा आएको सन्देशलाई आधार बनाएर निर्णय गर्दा कतिपय जिम्मेवार व्यक्तिहरु नचाहिँदो काण्डमा फस्दै आएका छन् । त्यसले गर्दा देशका जिम्मेवार व्यक्तिदेखि आमसर्वसाधारमा नकारात्मक असर पर्दै गएको छ । अहिले सामाजिक सञ्जाल टिकटकमा रमाउनेहरुको भीड बढेको छ । त्यस्ता सञ्जाललाई विश्वास गरेर देशका जिम्मेवार व्यक्तिको धज्जी उडाउने कामसमेत भइरहेको छ ।

यसले विद्यार्थीहरु पढ्न छाडेका छन्, कर्मचारीहरु काम गर्न छाडेका छन्, लेखकहरु पनि लेख्न छाडेर अभिनयतिर लागेका छन्, कृषिकहरु काम गर्न छाडेर विभिन्न अस्लिल भिडियो खिच्ने र नकारात्मक सन्देश फैलाउने काममा लागेका छन् । तर, सरकारको आचारसंहिताभित्र रहेर सञ्चारमाध्य सञ्चालन गर्ने पत्रकारहरुले भने अतिकति शब्दमा तलमाथि हुँदासमेत कारबाहीको भागिदार बन्नुपर्छ ।

तर, बिना दर्ता, बिना कम्पनी र आचारसंहिता भित्र नबसी आफूखसी ढंगले सामाजिक सञ्जाल टिकटकमार्फत गालीगलौज गर्ने, अस्लिल भिडियो र सन्देश प्रवाह गर्ने, चाहिनेनचाहिने विषय उठाएर विवाद सिर्जना गर्ने, समाजमा विकृति, विसंगति फैलाउनेहरुलाई भने सम्बन्धित निकायले मनमौजी छोड्ने गरेको पाइन्छ ।

सामाजिक सञ्जालमार्फत मनोरन्जन गर्ने नाममा फैलाइएका यस्ता कपोकल्पित, भ्रामक र अस्लिल सन्देश प्रवाह गरी देशका प्रतिष्ठित व्यक्तिहरुको धज्जी उडाने काम भइरहँदा सम्बन्धित निकाय भने अनविज्ञ भएर बसिरहेको छ । यस्ता क्रियाकलापले देशको अवस्था र सन्ततिको भविष्य कतातिर जाने हो त्यसमा कसैले ध्यान दिएका छैनन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *