सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ किनबेच ?

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ३०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । बिहीबार र शुक्रबार प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *