वैदेसिक रोजगारीमा ठगी धन्दा कहिलेसम्म

राजनीति समाचार

काठमाडांंै । राजनीतिक दलका नेताहरु सुर्की र सत्ताको लागि हानाथाप गरिरहँदा नेपाली जनता भने रोजीरोटीको खोजीमा छटपटाइरहेका छन् । सरकारले रोजगारीको अवसर सिर्जना गर्न र उद्योग धन्दासँगै कृषि उत्पादनमा लाग्ने वातावरण बनाउन नसक्दा अधिकांश युवायुवतीहरु रोजीरोटीको लागि विदेसिने क्रम जारी छ । स्वदेशमा रोजगारी नभएपछि विदेसिने युवायुवतीलाई विभिन्न विचौलियाले ठग्ने क्रममा पनि त्यत्तिकै बढेको छ ।

जापान र कोरियाको लागि सरकारीले पठाउने भनिए तापनि लक्षित वर्गलाई पठाउन सकेको छैन । यी मुलुकमा निजी क्षेत्रबाट पठाउन अनुमति दिने हो भने ठूलो संख्यामा नेपालीहरु जापान र कोरिया जान पाउने थिए । तर, यी मुलुकमा म्यानपावर कम्पनीलाई मान्यता दिँदा झन् ठगिने र शुल्क पनि बढी असुल्ने क्रम बढेर जाने छ ।

साना म्यानपावरले भने त्यो अनुमति पाउँदैनन् । सरकारी मातहतमा पठाउनुभन्दा व्यापारिक हिसाबले खुल्ला प्रतिस्पर्धामा पठाउँदा अझ बढीले अवसर पाउँथे । तर, सरकारले पठाउँदा निश्चित कोटामा मात्रै पठाउने गरेको छ । जस्तो कोरिया जानको लागि इपीएस पास गरेका अधिकांश युवायुवतीहरु लामो समयदेखि पर्खिरहेका छन् । उता जापानमा कामदार पठडाउने प्रक्रियाको पनि यही हालत छ । त्यसो भएर नै अधिकांश मानिसहरु विचौलियाको शहरणमा पुग्ने गर्दछन् ।

यसरी विचौलियाकोमा पुग्दा उनीहरु विभिन्न आश्वासनमा परेर ठगिनेको संख्या पनि त्यत्तिकै बढ्दै गएको छ । त्यसकारणले पनि अहिले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने क्रम ह्वात्तै बढेको छ । कतिपय युवाहरु त अमेरिका, क्यानडा, स्वीजरल्याण्ड, अस्ट्रेलिया, युके, सिंगापुरलगायतका मुलुकहरुमा उच्चा शिक्षा हासिल गर्न र रोजगारीको लागि जान लाग्दा विचौलियाहरुको फन्दामा पर्ने गरेका थुप्रै उदाहरणहरु छन् । यी बाहेक कुवेत, बहराइन, साउदी, कतार, दबुई, मलेसियालगायतका मुलुकमा म्यानपावरबाट ठगिने गरेका छन् । त्यस्तै अहिले हङकङ र चीनमा समेत नेपालीहरुलाई पठाउने गरिन्छ ।

यसरी पठाएर नेपालीहरुलाई फसाउने कामसमेत विचौलियाहरुले गर्दै आएका छन् । कतिपय युवायुवतीहरुलाई विद्यार्थी भिसामा पठाएर अलपत्र पार्ने काम गर्दछन् भने कतिपयलाई राम्रो रोजगारीको प्रलोभनमा पारेर ठग्ने गर्दछन् । यस विषयमा नेपाल सरकार र सम्बन्धित देशको समन्वयकारी भूमिका नहुँदा पनि यस्ता समस्यामा पर्ने गरेका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *