बालुवाटार जग्गा काण्डमा को को फस्दै छन् ?

राजनीति समाचार

काठमाडौं । ललितानिवासको जग्गा हिनामिनाको छानविन भइरहँदा सर्वोच्चको आदेश अनुसार तत्कालीन प्रधानमन्त्रीदेखि र मन्त्रीहरु र सचिवसमेत तानिने भएका छन् । यसरी तानिनेमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, डा. बाबुराम भट्टाराई र पूर्वभौतिकमन्त्री विजयकुमार गच्छदारदेखि चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ र पूर्वराज्यमन्त्री सञ्जय टक्लालाई पक्राउ पूर्जी जारी गरिएको छ ।

त्योसँगै पूर्वमख्य सचिव लिलामणि पौडेल मुछिने भएका छन् । त्यस्तै सञ्चार सचिव कृष्णबहादुर राउतलाई पनि मुलुक बाहिर नजान निर्देशन भइसकेको छ । तत्कालीन मन्त्रिपरिषद्ले बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने निर्णय गरेपछि यो काण्ड छताछुल्ला हुँदै गएको थियो । यसमा संलग्न कतिपय भूमाफियाहरु त अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । जग्गा काण्डमा सही गरेबापत तत्कालीन मुख्य सचिव लिलामणि पौडेल पनि फस्ने सम्भावना बढेर गएको छ ।

न्यायालयले तत्कालीन प्रधानमन्त्रीदेखि मन्त्रीहरुलाई समेत छानविनको दायरामा ल्याउन निर्देशन दिएपछि पक्राउ पुर्जी जारी गरिएको हो । जग्गा काण्डका आरोपी तत्कालीन प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्ति सोमबार दुईहप्ते युरोप भ्रमणमा निस्किएका छन् । अध्यक्ष नेपाल स्वदेश फर्किएपछि उनीमाथि पनि छानविन प्रक्रिया अगाडि बढ्ने देखिन्छ । तत्कालीन प्रधानमन्त्रीदेखि मन्त्रीहरु र मुख्य सचिव छानविनको दायरामा आउने पक्का जस्तै भएको छ ।

यस जग्गा प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छदार र तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र तत्कालीन सचिव दीप बस्न्यात दोषी ठहरिने देखिन्छ । त्यस्तै तत्कालीन भौतिकमन्त्री विजयकुमार गच्छेदारलाई बालुवाटार जग्गा काण्डमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोग पहिला नै पक्राउ पुर्जी जारी गरेको थियो ।

सो काण्ड लागेपछि गच्छेदार भूमिगत भएर बसेका थिए । तत्कालीन पाँचदलीय गठबन्धन सरकारको पालना नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए । शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला कांग्रेस नेता विजयकुमार गच्छदारले सिधै अदालत गएर १० लाख धरौटी राखी बाहिर आएका थिए । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *