काठमाडौं । मुख्य सचिव एकनारायण अर्यालले आफ्नो कार्यकाल लम्ब्याउनको लागि खेलोमेले गरिराखेका छन् । त्यसको लागि लोकसेवा आयोग प्रयोग गरेको भेटिएको छ । मुख्य सचिव कै कारण विभिन्न स्वार्थ समूहको विधेयक निकै पेचिलो बन्दै गएको कर्मचारीको मूल कानुन निर्माणमा मुख्य सचिव एकनारायण अर्यालले लोकसेवा आयोगमार्फत खेलिरहेको भेटिएको हो । उमेर हदका बिषयमा लोकसेवा आयोगलाई प्रभावित पारेर अर्यालले आफ्नो कार्यकाल थप ६ महिना लम्ब्याउने खेलोमा लागेका छन् । उनै अर्यालको गोट्टी बन्दा लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले चार महिनामै कुरा फेरेका छन् । संघीय निजामती सेवा विधेयकमा कर्मचारीको अवकाशको उमेर ५८ बाट बढाएर ६० पु¥याउन प्रस्ताव गरेको थियो ।
सरकारका प्रस्तावमा समितिका सदस्यहरुको दुई मत छैन । यो बिषयमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगसँग परामर्श लिएको थियो । चार महिना अगाडि । समितिले यस अघि निजामतीको उमेर हद ५८ रहेकोमा २ बर्ष बढाएर ६० पुर्याइएको छ तर लोकसेवा सेवा आयोगले दिएको फरक फरक लिखित रायका कारण संसद्मा विचाराधीन सङ्घीय निजामती विधेयकमा कर्मचारीको अनिवार्य अवकाशको उमेरहदको विषय जटिल बन्न पुग्यो । यस अघि गत पुस १९ गते लोकसेवा अध्यक्ष माधव रेग्मीले निजामती कर्मचारीको अवकाशको उमेर हद ६० पुर्याउने र त्यसका लागि पहिलो आर्थिक वर्षमा ५९ वर्ष र त्यसपछि वार्षिक रूपमा एक एक वर्ष गरी ६० वर्ष पु¥याउने सुझाव दिएका थिए ।
सोही सुझाव अनुसार राज्यव्यवस्था समितिले विद्येयक तयार गरेको थियो तर चार महिना पछाडि नै आयोगको मत फेरियो । गत वैशाख ७ गते आयोगले पठाएको लिखित सुझावमा पूरानो मोडालिटीमा अवकाशमा जाँदा कर्मचारीको वृत्ति विकास र विज्ञापनमै समस्या पर्ने भएका भन्दै गत वैशाख ७ मा ऐन जारी भएको बर्ष ५८ वर्ष छ महिना, उक्त अवधिपछि ५९ वर्ष छ महिना र सो अवधि सकिएपछिको छ महिनासम्म ६० वर्ष अनिवार्य अवकाशको उमेर कायम गर्ने सुझाव दिएको छ । जस अनुसार असार मसान्तभित्र नयाँ ऐन बनेको अवस्थामा साउन १ गतेदेखि लागू हुने र त्यतिबेला ५८ वर्ष उमेर पुगेका कर्मचारीहरू पुस मसान्तमा अवकाशमा जाने भएकाले १८ सय कर्मचारी नयाँ भर्ना गर्ने अवस्था आउने उल्लेख गरेको छ ।
त्यस्तै, दोस्रो चरणमा एक वर्षको अवधि राख्दा ३६ सय हाराहारी कर्मचारी रिक्त हुने र पदपूर्ति गर्न सकिने उल्लेख गरेको छ । तेस्रो वर्षमा मात्र ६० वर्षमा अवकाश हुने हुँदा त्यतिबेला १८ सय कर्मचारीको पदपूर्ति गर्न सकिने आयोगले जनाएको छ । यसरी कुरा फेरिनुमा मुख्य सचिवले थप ६ महिना कार्यकाल लम्बाउन खोजेको संसदीय समितिका सदस्यहरुले बुझेका छन् ।
कारण,उमेर हद बढाउने विषयको अहिलेका मुख्यसचिव अर्याल पहिलो लाभग्राही हुन् । ५८ वर्षे उमेर हदका कारण आगामी मंसिर १० गते घर जानेछन् तर थप ६ महिना अवधि बढाउन सकेको खण्डमा थप जेठ महिनासम्म उनी मुख्य सचिव चलाउन पाउनेछन् । अहिले मुख्यसचिवको पदावधि ३ वर्ष छ । विद्येयकमा २ वर्षमा झारेर सुरूमै ६ महिना अवकाशको उमेर बढ्दा अर्यालले २१ महिना मुख्यसचिव चलाउन पाउँछन् । यस्तै १ वर्ष थपियो भने अर्यालले २ वर्ष पूरा मुख्यसचिव चलाउन पाउँछन् । यसैले उक्त प्रावधानको सबैभन्दा ठूलो स्वार्थ नै मुख्यसचिव अर्यालसँग जोडिएको र पेचिलो बन्न पुगेको बताउँछन्,समितिका सदस्यहरु । उता कुलिङ्ग पिरियडमा समेत मुख्य सचिव अर्यालको असन्तृष्टि देखिदैं आएको छ ।