अर्थ र गृहसचिवकै कारण सरकार अलमलमा

राजनीति समाचार

गृह र अर्थसचिवमा कसले मार्ला बाजी ?
काठमाडौं । दशदलीय गठबन्धन सरकार बनेको पनि आठ महिना बितिसकेको छ । तर, सरकारले अहिलेसम्म राम्रोसँग काम गर्न सकेको छैन । सरकारका मन्त्रीमध्येमा राम्रो काम गर्ने गृहमन्त्री नाराणकाजी श्रेष्ठ र प्रधानमन्त्री प्रचण्डबाहेक अन्य मन्त्रीले मन्त्रालय चलाउनेबाहेक कुनै ठोस काम गर्न सकेका छैनन् । अर्थमन्त्रीलाई अर्थसचिवले समस्यामा पारेका छन् ।

अर्थसम्बन्धी राम्रो ज्ञान नभएको र आफूले चाहेअनुसार काम गर्न सक्ने सचिव नभएका कारण अर्थमन्त्रीलाइृ मन्त्रालय चलाउन हम्मेहम्मे भएको छ । अर्थसचिवले अधिकांश क्षेत्रबाट राजश्वसमेत उठाउन सकेको छैन । राजश्व उठाउन नसक्दा अर्थमन्त्रालय चलायमान बन्न सकेको छैन । त्यसकारण पनि अहिले अर्थमन्त्रीले नयाँ अर्थसचिवको खोजी गरिरहेका छन् । अर्थमन्त्रीले अर्थसचिवको खोजी गरिरहँदा हालका सचिव अर्जुनप्रसाद पोखरेलले अर्थसम्बन्धी माखोसमेत मार्न नसकेको आरोप लागेको छ ।

त्यसकारणले पनि अर्थमन्त्रीले अर्थसचिवको खोजी गरिरहेको अवस्था छ । अर्थसचिवको लागि पुष्करहरि कर्ण, मधु मरासिनी र अख्तियारका सचिव गणेश पाण्डेको नाम पनि चर्चामा रहेको छ । अर्थसचिवकै कारणले अहिले अर्थमन्त्रालय चलायमान हुन सकेको छैन । पुष्करहरि कर्ण, मधु मरासिनी र गणेश पाण्डे अर्थमा जान खोजेपनि यीमध्येमा पनि अर्थसचिव चलाउन सक्ने खुवी भएको देखिँदैन । उता, गृहसचिव दिनेश भट्टराईले पनि गृहमन्त्रालय चलाउन नसकेको आरोप छ ।

गृहमन्त्री र गृहसचिव बीचको द्वन्द्वका कारण गृहमन्त्रालय दिनप्रतिदिन भद्रगोल अवस्थामा छ । गृहसचिव क्षमतावान र इमानदार नहुँदा कतिपय ठाउँमा गृहमन्त्रीले गर्न खोजेका काम पनि रोकिएका छन् । सुरक्षा निकायभित्र पनि गृहसचिवको भूमिकाप्रति असन्तुष्टि व्यक्त भइराखेको छ । दिनेश भट्टराईलाई गृहसचिवमा ल्याउने काम तत्कालीन मुख्य सचिव शंकरदास वैरागीले गरेका थिए । गृहसचिव कमजोर व्यक्ति ल्याइयो भने आफू त्यसको सल्लाहकार हुन पाइने भएकाले नै बैरागीले भट्टराईलाई गृहसचिव बनाएका थिए ।

त्यसकारण अहिले गृहसचिवको पनि खोजी भइरहेको छ । गृहसचिव इमानदार नहुँदा गृहमन्त्रालभित्र विभिन्न काममा अवरोध सिर्जना भएको छ । गृहमा चाहिने सचिव भनेको एकनारायण अर्याल जस्ता व्यक्ति हुनुपर्छ भन्नेको ताँति त्यत्तिकै छ । तर, नेताहरुले एकनारायणलाई त्यति रुचाउँदैनन् । एकनारायणले नीतिनियमभन्दा बाहिरको काम गर्दैनन् । त्यसकारणले पनि नेताहरुले उनलाई मन नपराएका हुन् । अहिले विभिन्न सुरक्षा निकायभित्र सचिव हुनु त एकनारायण जस्तो व्यक्ति हुनुपर्छ भनेर आवाज उठिरहेको छ । तर अर्थसचिव र गृहसचिवको खोजी भइरहँदा सरकारले कसलाई ल्याउँछ भन्ने अहिलेसम्म एकिन छैन ।

अर्थसचिव र गृहसचिवकै कारणले सरकार अलमल्ल परेको छ । अर्थसचिव राम्रो नहुँदा अर्थमन्त्रालय चलायमान बन्न सकेको छैन । त्यस्तै उता गृहसचिव भनेजस्तो नहुँदा गृहसम्बन्धी काम अलपत्र पर्ने गरेको छ । गृहसचिवकै कारण सुनकाण्ड, बालुवाटारकाण्ड, भुटानी शरणार्थीकाण्ड त्यसै ओझेलमा पर्ने त होइनन् भन्ने भनाइ गृहतिर सुन्न पाइन्छ । त्यसकारणले पनि सरकारले गृह र अर्थसचिवको आवश्यकता महसुस गरेको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *