काठमाडौं । संचार क्षेत्रमा सक्रिय भएर राजनीतिक पहुँचाका आधारमा विज्ञापनको पनि काम गर्दै विज्ञापन एजेन्सी मालिक बन्न पुगेका पत्रकारहरुको पत्रकारिता कस्तो होला ? नेपाल टेलिभिजनलाई विज्ञापन प्रसारण गर्दा निर शाहले ९ करोड तिरेनन् तर कांग्रेसले उनलाई बोर्डकै अध्यक्ष बनायो । ६ करोड नतिर्ने भाष्करराज राजकर्णिकार आँफै टेलिभिजनका मालिक हुन् ।
संचारकर्मीले समाचार लेख्छन्, पढ्छन् कि सत्ताको आडमा विज्ञापन एजेन्सी चलाउँछन् भन्ने उदाहरण पछिल्लो समय प्रशस्त देखिन थालेको छ । महासंघले पत्रकार एजेन्सी टोली र लेख्ने र बोल्ने टोली छुट्याउनुपर्ने भएको छ । प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस संघ जे भए पनि तिनका नेता र नेतृत्वको कार्यक्षेत्र के हो ? नेता समाचार कति लेख्छन् ।
जनतालाई समाचारमार्फत कस्तो सन्देश दिन्छन्, यस्ता विषयमा ध्यान जान जरुरी देखिन्छ । फेसबुकमा गृहमन्त्रीलाई सुन तस्करसँग जोडेर समाचारमार्फत फैलाइएको भ्रमले कुनै बेलाका पत्रकार नारायणकाजी श्रेष्ठ आँफै आतंकित भए । केही राजनीतिक दलको आस्था बोकेर स्वार्थ खोज्दै हिँडेका पत्रकारले गृहमन्त्री र माओवादीलाई जोडेर समाचार प्रकाशित गराए ।
त्यो सत्य होइन भन्दै गृहमन्त्री आँफैले फेसबुकमा स्पष्टीकरण दिनुप¥यो । नेपालको पत्रकारिता कता जाँदैछ ? एउटा पत्रकारले जनतालाई सुसचित गर्ने काम कसरी गर्छ भन्ने कुरा त काजी आतंकले नै देखाएको छ । लेखेर खानेभन्दा पनि थर्काएर र विज्ञापन मागेर सत्ताको आडमा खाने तमासा अहिले देखिएको छ । माओवादीको प्रेस सेन्टरमा पत्रकारिताको विकासको कुरा हुँदैन ।
माओवादीको नाममा भए गरेका सबै काम कानूनभन्दा माथि छैनन् । प्रेस सेन्टर जस्तो संस्थामा युद्ध लडेको मान्छेको बखान गर्दा दैलेख र सिन्धुपाल्चोकतिर पत्रकारिता गरेर बाँचेको श्रमजीवीको गला रेटको घटनालाई कसैले स्याबासी दिँदैन । राजनीतिक स्वार्थ नेताको मिल्छ, कार्यकर्ताबिच विवाद मात्रै हो । विज्ञापन एजेन्सी चलाएर पत्रकारका नेता बन्नेको हैसियत पनि देखिएको छ ।
काजीसँग जोडिएको समाचारले गृहमन्त्री एवं माओवादीका वरिष्ठ उपाध्यक्ष जस्तो मान्छेले आफुविरुद्धको सफेद झुटको विरुद्ध नबोलेको भए केही हुने थिएन । नीतिगत लुटको तथ्यपरक समाचारलाई छाडेर राजनीतिक स्वार्थमा भ्रम फैलाउने विज्ञापनवादी पत्रकारिताले सत्यतथ्य खोज्न जरुरी छ । (तामाकोशीसन्देशबाट)