नक्कली डाक्टरको हालीमुहाली

राजनीति शिक्षा/स्वास्थ समाचार

काठमाडौं । मेडिकल शिक्षाजस्तो संवेदनशील विषयमा नक्कली डाक्टर, त्यो पनि कांग्रेसका सांसद । २०७४ सालको चुनावमा एमाले नेता भानुभक्त ढकालसँग चुनाव हारेका थिए सुनिल शर्माले । त्यही बेला उनीमाथि कारबाही हुने हल्ला चल्दा जापान भासिए । पैसाको लागि जोसँग पनि संगत गर्ने डाक्टर नोबेल मेडिकल कलेज विराटनगर र काठमाडौं मेडिकल कलेजको संचालक छन् ।

आफ्नै कलेजबाट एमबीबीएस गरेका सांसद सुनिल शर्मा नक्कली प्रमाणपत्रको छानबिनमा पक्राउ पर्दा राजनीतिक गुटसँग जोडेर कांग्रेसको डा.शेखर समूह आक्रोशित छ । सुन तस्करीको विरोध सबैले गरेका छन् । एमाले सीआईबीमाथि खनिएको कारण आफुले गरेको भ्रष्टाचारको छानिबन हुन्छ भन्ने डर हो । यो मुद्दाले सरकार ढल्ने र ढाल्ने हल्ला चल्दैछ । कानूनी राज्य थियो भने मेडिकल माफिया एवं कांग्रेस सांसद सुनिल शर्मा ठगीमा उहिल्यै कारवाहीमा पर्थे ।

तत्कालीन शिक्षामन्त्री माओवादीका देवेन्द्र पौडेल र एमालेका उपकुलपति धर्मदत्त देवकोटाजस्ता कुशल व्यक्ति बनेर नोबल मेडिकल कलेजको सम्बन्धन लिएका सुनिल शर्मा पैसा विच्छ्याएर सांसद बनेका थिए । आफ्नै शैक्षिक योग्यताको प्माणपत्र नक्कली भएका सुनिलले चीनबाट मेडिकल शिक्षा हासिल गरेको बताइन्छ । उनले पूर्वमा नोबल मेडिकल कलेज र अस्पताल चलाएका छन् ।

शर्माको कलेजले सम्बन्धन पाउने र आफ्नो कलेजले नपाउने भएपछि दुर्गा प्रसाइँ एमाले र माओवादीसँग रिसाएका हुन् । प्रसाइँको रिस अझै मरेको छैन । डा.शेखर कोइरालाको पक्ष भए पनि कांग्रेसको आरजु समूहसँग सम्बन्ध बढेपछि सुनिल शर्मा चर्काे बोल्न थालेका हुन् । शर्माको शैक्षिक योग्यता नक्कली भएर प्रहरीले पक्राउ गरेको देखिन्छ ।

सांसद हुन शैक्षिक योग्यताको प्रमाणपत्र जरुरी नहुँदा ठगहरु चल्मलाएका हुन् । शर्माले सुन तस्करी काण्डमा अर्थमन्त्री डा.प्रकाशशरण महत, गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका थिए । दुबै मन्त्रीलाई भुटानी शरणार्थी प्रकरण, सहकारीको ठगी, मिटर ब्याजको ठगीले आम्दानी दिएको दाबी गरेका छन् ।

जबकी त्यो प्रकरणमा दोषी कारबाहीमा परेका छन् । सरकारले यस्ता भ्रष्टाचारमा छानबिन गर्दै गर्दा आफै विवादित सुनिल शर्माहरुले संसदमा अनसन बस्ने चेतावनी दिन कसरी सके भन्ने प्रश्न उठेको छ । शर्माको भित्री आशय भनेको राज्यले डा.आरजु र मञ्जुलाई कारबाही नगरोस् भन्ने हो ।

जनताको सेवा गर्ने होइन । तर उनी पक्रा उ परेपछि प्रधानमन्त्रीलाई रुसी शासन चलाएको बताएर कांग्रेसबाट साथ पाएपछि रिहा भए । उनीजस्तै अन्य ११ जना थुनामै छन् ।कांग्रेसले डा.आरजु र मञ्जु त बचायो, मेडिकल माफियाको यो धूत्र्याइँमा दायाँ बायाँ ग¥यो भने फस्न सक्ने अवस्था छ । डा.शर्माको पक्षमा एमाले उभिएको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *