सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ खुल्ला, आजबाट आवेदन सकिने

अर्थ/वाणिज्य समाचार

काठमाडौं।सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिहीबारदेखि निष्कासन गरेको छ ।

कम्पनीले निष्कासन गरेको आईपीओमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म माग अनुसार आवेदन नपरेमा निष्कासन अवधि भदौ १४ गतेसम्म लम्बिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता शेयरमा आवेदन खुला गरेको छ । इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० देखि २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *