मीनबहादुर पक्राउ परेपछि विज्ञापन एजेन्सीको रुवाबासी

राजनीति समाचार

काठमाडौं । ललिता निवासको जग्गा काण्डमा भाटभेटनीका साहु मीनबहादुर गुरुङ जेल चलान र अरु मारवाडीहरु फरार भए पछि एक जना विज्ञापन व्यवसायीको रुवावासी शुरु भएको छ ।

ललिता निवास जग्गा प्रकरणमा डामिएका अरु मारवाडी व्यापारीहरु बृज सिमेन्टका साहु तथा सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडिया,मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयल र उनका भाइ श्रवण गोयल,शिवम् सिमेन्टका सन्दिपकुमार शारडा, नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोविन्दलाल संघाई लगायतका व्यापारीहरुको रुवावासी भए पछि त्रिकोण एड एजेन्सीको नाममा मारवाडी व्यवासयीहरुलाई प्रभावमा पारेर विचौलियाका काम गर्दै आएका राजेन्द्र अर्यालको हो यस्तो रुववासी शुरु भएको हो ।

अर्यालले पनि वालुवाटारस्थित ललिता निवासको एक रोपनी जग्गा हात पारेका छन्,मिनबहादुर गुरुङलाई प्रभावमा पारेर तर पछिल्लो समय रवि लामिछानेसँग नजिक भएका कारण उनलाई सिआइबीले पनि छुन सकेको छैन । पहिला कमलादीमा रहेको त्रिकोण एड एजेन्सीको मुख्यालय नै अहिले वालुवाटारमा सारेका छन् ।

व्यवसायी मिनबहादुर गुरुङले घुस बापत जग्गा दिएपछि त्रिकोणको मुख्यालय नै वालुवाटारमा सारेका हुन । भाटभेटनीका मात्र होइन अर्यालले मारवाडी व्यापारीहरुको सबै विज्ञापनको ठेक्का हात पार्दै आएका थिए । यसरी वालुवाटारको सरकारी जग्गा कीर्ते प्रकरणमा डामिएका अर्याल अहिले कारवाहीबाट जोगिनका लागि रवि लामिछानेको शरणमा परेका हुन । उनी अहिले रवि लामिछानेदेखि विनोद चौधरीसम्मको विश्वासपात्र बनेका छन् । पछिल्लो समय रवि लामिछानेकै निकट देखाएर उनी ललिता निवास प्रकरणमा पक्राउ हुनबाट जोगिंदैआएका छन् ।

पछिल्लो चरणमा अर्याल रवि लामिछानेको सेवामा बेस्सरी खटिने गरेका छन् । उनको दाउ आगामी ०८३ सालमा मेयरमा उठ्ने रहेको छ । अर्याल भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार हुने चलखेलमा लागेका छन् । पुख्र्यौली घर गोर्खा घर भएका अर्याल कांगे्रस नेता चिरन्जीवी वाग्ले संचारमन्त्री हुँदा नेपाल दूरसंचार संस्थान(हाल नेपाल टेलिकम)बाट ल्याण्डलाइन टेलिफोन लिने र १ लाखदेखि डेढलाखसम्म मारवाडी ब्यापारीलाई बिक्री गर्ने काम गरेका उनले यूटिएल,मनकामना केवलकार,साल्ट ट्रेडिङ,एनआइसी एसियादेखि नेपाल लाइफ इस्योरेन्ससम्मको विज्ञापन हेरे ।

यही आधारमै उनी केही बर्ष पहिला एनआइसी एसिया बैंकको वोर्ड मेम्बर पनि थिए । एनआइसी एसियामा स्विफ्ट ह्याक भयो । बैंकिङ क्षेत्रकै डरलाग्दो घटना थियो त्यो,०७४ कार्तिक १ गते,एनआइसी एसिया बैंकका उच्च ओहदाका कर्मचारीकै मिलेमतोमा स्विफ्ट ह्याकिङबाट ४६ करोड ५६ लाख ५० हजार ५ सय ५ रुपैयाँ रकमान्तर भएको थियो । उनै अर्यालले यो प्रकरणमा तत्कालिन प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीका प्रमुखलाई मिलाएर बैंकका मारवाडी सञ्चालकहरुलाई जोगाइदिएका थिए ।

यो प्रकरणमा सिआइबीले अध्यक्ष तुल्सीराम अग्रवाल, सिइओ रोशन न्यौपाने, सञ्चालक रामचन्द्र संघाई सहितलाई सीआइबीले पक्राउ गरेर बयान लिन लागेकोमा पछि सरकारवादी मुद्दा बनाएर अदालत पठाएको थियो । मारवाडी ब्यापारीका बीचौलिया समेत रहेका बोर्ड सदस्य तथा एनआइसि एशिया बैंकका निर्देशक राजेन्द्र अर्यालले सेटिङ मिलाएको स्रोतको दाबी छ । अर्यालमाथि राजधानीका ठूला मारवाडी व्यापारीको मुद्दा मामिला मिलाउँदै विचौलियाको काम गर्दै आएका आरोप पहिला देखि नै लाग्दै आएको हो ।

यस्का अलवा एआइसी बैंकविरुद्ध ३ सयभन्दा बढी उजुरी नेपाल राष्ट्रबैंकमा परेको थियो । त्यही समयमा एनआइसी बैंकका सञ्चालकहरुलाई राष्ट्र बैंकको कारवाहीमा पर्नबाट जोगाउने विचौलियाको काम समेत उनै अर्यालले गर्दै आएको उनी निकट सूत्रहरुको भनाई छ । बैंकका सञ्चालकको तर्फबाट अर्यालले सिआइबीदेखि नेपाल राष्ट्र बैंकसम्मलाई मिलाउने काम गरेका थिए । उनै अर्यालले सिआइबी र नेपाल राष्ट्रबैंकका केही सञ्चालकहरुसँग मिलेर बैंकका संचालकहरुसँग ब्ल्याकमेलिङ गरेको थाहा लागेपछि उनलाई बैंकको सञ्चालकबाटै गलहत्याइएको थियो । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *