पर्यटन बोर्डदेखि राष्ट्रबैंकसम्म यौन दुव्र्यवहारको चर्चा

राजनीति समाचार

काठमाडौं । उपल्ला तहका सरकारी कर्मचारीहरुले विदेशी नागरिकलाई यौन दुव्र्यवहार गरेको आरोप सहित विदेशी दुतावासमा उजुरी परेको छ । सरकारका उच्च पदस्थ हाकिमहरुले विदेशी महिलामाथि गिद्धे नगर लगाएको र यौन दुव्र्यबहार गरेको आरोपसहितको उजुरी विदेशी दुतावाससम्म पर्दा नेपालकै वेइज्जत हुने स्थिती भेटिएको छ ।

पर्यटन बोर्डका उच्च पदस्थ कर्मचारीहरुमाथि विदेशी महिलालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको हो । यो सँगै पर्यटन वोर्डको मुख्यालय भृकुटी मण्डपका उच्च तहका कर्मचारीदेखि त्यहाँका हाकिम र पर्यटन मन्त्रालयसम्मलाई यो प्रकरणले पिरोल्न थालेको छ ।
भृकुटीमण्डपमा केन्द्रीय कार्यालय रहेको नेपाल पर्यटन बोर्डमा यौन काण्ड घटेको चर्चा छ । बैंकका उपल्ला तहका एक जना हाकिमले विदेशी नागरिकलाई यौन दुव्यवहार गरेको घटना उजागर भएको छ ।

बोर्डका निर्देशक तहका कर्मचारीले विदेशी महिलालाई यौन दुव्र्यवहार गरेको आरोप लाग्दै आएको छ । वोर्डका उपल्ला तहका एक कर्मचारीले बोर्डको कार्यलयभित्र महिला कर्मचारीमाथि यौन हिंसात्मक क्रियाकलाप गरेको आरोप लाग्दै आएकोमा उनैले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध (आइआर) विषय अध्ययन गर्ने क्रममा विदेशी सहपाठी छात्रालाई समेत यौन हिंसा गरेको आरोप छ ।

यस्तै बार्डकै अर्का कर्मचारीले एक विदेशी महिलालाई यौन दुव्र्यवहार गरेको आरोप लाग्न थालेको छ । उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा रहँदा एक कोरियन नागरिकलाई यौन शोषण गरेको आरोप छ । उनीहरुले विदेशी महिलामाथि गरेको यौन दुव्र्यवहारको उजुरी सम्बन्धित देशको दूतावाससम्म पुगेको बताइएको छ । यद्यपि आरोप लागेका कर्मचारीहरुद्धयले भने आफूहरुमाथि लगाइएको आरोप झूठो भएको जबाफ दिएका छन् ।

उता, एउटा सरकारी अध्ययनले नै नेपाल राष्ट्र बैंकका कर्मचारीहरुमाथि यौन दुव्र्यवहार हुने गरेको तथ्य उजागर पारेको छ । यस्तो तथ्य अरु कुनै निकायले वा व्यक्तिले प्रतिशोध साध्न लगाएको आरोप नभइ नेपाल राष्ट्र बैंक आफैंले तयार पारेको अध्ययन प्रतिवेदनले बोलेको कुरा हो ।

नेपाल राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले सार्वजनिक गरेको ‘नेपाल राष्ट्र बैंकमा मानव संशाधन व्यवस्थापन अभ्यास’ सम्बन्धी अध्ययन प्रतिवेदनमा बैंकका कर्मचारीहरु यौन तथा शारीरिक उत्पिडन भोग्न बाध्य रहेको तथ्यांक सार्वजनिक भएको छ । सो प्रतिवेदन अनुसार केन्द्रीय बैंकका १५ प्रतिशत कर्मचारी यौन तथा शारीरिक उत्पीडन र ६० प्रतिशत कर्मचारी मानसिक उत्पीडनको शिकार हुने गरेको उजागर गरेको छ ।

गत आर्थिक बर्ष नेपाल राष्ट्रबैंकले गरेको सर्वक्षणमा केन्द्रीय बैंकका झण्डै १५ प्रतिशत कर्मचारीहरु यौन दुव्यर्वहार भोगिरहेको बताइएको छ । सर्वक्षणका क्रममा केन्द्रीय बैकमा कार्यरत झण्डै ११ सय कर्मचारीमध्ये १ सय ६५ जना कर्मचारीहरुले यौन तथा शारीरिक हिंसाको सामना गर्नुपरेको बताएका थिए ।

सर्वक्षणमा शारीरिक तथा मानसिक उत्पीडनको बारेमा गरिएको प्रश्नमा बैंकका १५ प्रतिशत कर्मचारीहरुले आफूहरु शारीरिक तथा मानसिक प्रताडना भोग्नु भएको बताएका थिए । केन्द्रीय बैंकमा राष्ट्र बैंकमा ८ सय बढी पुरुष र पौने तीन सय हाराहारी महिला कर्मचारी कार्यरत रहेकोमा स्पेसियल अफिरमा १८ जना पुरुष, अधिकृत (प्रथम तह) मा ४७ जना पुरुष र ८ जना महिला गरी ५५ जना, अधिकृत (दोस्रो तह) मा १ सय ७० जना पुरुष र २८ जना महिना गरी १ सय ९८ जना र अधिकृत (तेस्रो तह) मा १ सय ९४ जना पुरुष र ९४ जना महिला गरी २ सय ९० जना कर्मचारी छन्। अधिकृत तहमै ४ सय ३१ जना पुरुष र १ सय ३० जना महिला गरी ५ सय ६१ जना कर्मचारी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, सहायक (प्रथम तह) मा १ सय २७ जना पुरुष र ३७ जना महिला, सहायक (दोस्रो तह) मा १ सय ९३ जना पुरुष र ६९ जना महिला, सहायक (तेस्रो तहमा) मा १० जना पुरुष र २ जना महिला कर्मचारी कार्यरत छन्। साथै, ५४ जना पुरुष र २९ जना कार्यलय सहयोगी तहका कर्मचारी कार्यरत छन् । यीमध्ये १५ प्रतिशत कर्मचारीहरुले यौन दुव्यर्वहार भोगेको जबाफ दिएका थिए ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *