देशभर आज राष्ट्रिय धान दिवस मनाइँदै

समाचार

काठमाडौं । विक्रम संवत २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट २०६२ सालदेखि असार १५ मा धान दिवस मनाउन थालिएको बुधबार १८ औं वर्ष भएको छ । त्यसैको निरन्तरतमा आज पनि देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती नै रहेको छ । आगामी वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय धान दिवस मनाउन लागिएको हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

त्यसै गरी प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा खेतमा काम गरी दहीच्युरा खाने प्रचलनसमेत रहेको छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *