प्रहरीभित्र छायाँ आइजीपीको बिगविगी

राजनीति समाचार

काठमाडौं । नेपाल प्रहरीभित्र यतिखेर छायाँ आइजीपीहरुको हालीमुहाली चलिरहेको छ । तर, आइजीपी वसन्त कुँवर भने गुमनाम जस्तै भएर हेरिरहेका छन् । किन कि नक्कली भुटानी शरणार्थी काण्डमा कुँवरको पनि नाम मुछिएको चर्चा भएपछि उनी ‘तैँ चुप मै चुप’को अवस्थामा रहेका छन् । अहिले नेपाल प्रहरीभित्र दुईवटा छायाँ आइजीपी रहेको बताइन्छ ।

त्यसमा एकजना किरण बज्राचार्य हुन् भने अर्का श्याम ज्ञावलीलाई भन्ने गरिएको छ । श्याम ज्ञावली उपत्यका प्रहरी प्रभाग प्रमुख हुन् भने किरण बज्राचार्य सीआईवीकी प्रमुख रहेकी छिन् । नेपाल प्रहरी हेडक्वाटरमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी मानव स्रोत विभागका प्रमुख रहेका छन् । मानवश्रोत विभाग भनेको संगठनको पहिलो र आधारभूत श्रोत हो । यस अन्तर्गत तीन वटा बिषय प्रमुख रहेको पाइन्छ । त्यो भनेको मानवश्रोत, वित्तीय श्रोत र भौतिक पूर्वाधार व्यवस्थापन गर्ने हो ।

यस विभागले भौतिक पूर्वाधार व्यवस्थापन, बन्दोबस्तीका सामग्रीहरु नियमानुसार खरिद गरी वितरण गर्ने, अनुगमन तथा मुल्यांकन गर्ने, मानवश्रोत व्यवस्थापनतर्फ लोकसेवा आयोगसँग सहकार्य गरी जनशक्ति छनौट प्रक्रिया अगाडि बढाउने, तथा नयाँ भर्ना भई सेवा प्रवेश गरेका प्रहरी कर्मचारीहरुलाई आधारभूत तालिम प्रदान गरी कार्यक्षेत्रमा पठाउने काम गर्नुपर्ने हो । प्रहरी हेडक्वाटर मानवश्रोत विभाग प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी रहेका छन् ।

अहिले उनको काम प्रहरी सरुवा बढुवा गर्ने रहेको छ । अहिले अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी आईजीपी वसन्त कुँवरभन्दा शक्तिशाली रहेको स्रोतको भनाइ छ । यतिबेला नेपाल प्रहरीमा सन्दिप भण्डारी, श्याम ज्ञावली र किरण बज्राचार्यको नाम चर्चाको शिखरमा रहेको छ । यी चर्चित व्यक्तिहरुलाई राजनीतिक दलहरुले कहाँ कसरी फसाउने हुन् त्यो भने एकिन छैन ।

नेपाल प्रहरीभित्र नक्कली भुटानी शरणार्थीकाण्ड र बाटुवाटार जग्गाकाण्डमा यिनीहरुले चर्चा कमाएका छन् भने सय क्वीन्टल सुन छाविनको परिणाम कस्तो आउने हो त्यो भने प्रतिक्षाको विषय बनेको छ । अहिले नेपाल प्रहरीभित्र विगतका प्रहरी प्रमुखलेभन्दा सक्रिय रुपमा काम गर्न खोजेको देखिन्छ । तर, नेपाल प्रहरीले गर्न खोजेको कामले सार्थकता पाउँछ कि पाउँदैन एकिन छैन । यहीं रफ्तारमा काम गर्ने हो भने नेपाल प्रहरीले गुमाउँदै गएको छविलाई सुधार्ने देखिन्छ ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *