एमाले विगतलाई सम्झिँदै, बिर्सिंदै

राजनीति समाचार

काठमाडौं । मौका भनेजस्तो सँधै एकनास हुँदैन र आउँदैन । मुलुकको प्रधानमन्त्री दुईपटक भएको नेता प्रमुख प्रतिपक्ष दलको अध्यक्ष आँफै गलत तरिकाले प्रस्तुत हुन्छन् भने उनको मन्तर सिकेर नेकपा एमाले केपी गुट भएर माधव नेपाल, झलनाथ खनाल माथि खनिनु नौलो पनि थिएन । केपी ओली वेटिङ सरकारका नेता अर्थात प्रधानमन्त्री हुन् । तर केपीको कमाण्डले पार्टी गर्विलो सुसंस्कृत, संगठित, अनुशासित भएन ।

भ्रष्टाचार केपी ओलीको लागि सामान्य भए । उनी दोस्रो पटक प्रधानमन्त्री बन्दा शक्तिशाली थिए । झण्डै दुई तिहाई त नेकपाकै सांसद थिए । ओलीले कसैको सल्लाहबिना अर्थबाट राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण गृहबाट राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्रीको अधिनमा रहने गरी लगे । ३८ किलो सुन छानबिन गर्न आयोग बनाए, जब एमालेकै नेताको नाम जोडियो तब आयोगको रिपोर्ट थन्कियो ।
अहिले सीआईबीले छानबिन गर्दा त्यस्तो हुँदैन भनिएको छ ।

केही तस्कर लगानीकर्ता समातिएका पनि छन् । गल्ती नेकपाको सरकारको पालामा दर्जनौं भए । प्रत्येक काण्डमा पार्टीको कहीँ कतै सरोकार थिएन । ओली एक्लैले निर्णय गरे । कसैलाई गर्न लगाए । त्यो बेलाका विषयगत छानबिन गहिराईमा पुग्ने डरले नेकपा एमाले उच्चस्तरको छानबिन समिति राजनैतिक तहमा बनाउन सरकारलाई दबाब दिँदैछ ।

कुनै पनि घटनाको सत्यतथ्य गहिराईमा पुग्न प्रहरीको अनुसन्धान जति गहन हुन्, अनय छानबिन वजनदार बन्न सक्दैन भन्ने छ । राजनीतिक तहमा यस्ता छानबिन समिति बन्छन्, रिपोर्ट आउँछन् र थन्काइन्छ । लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्रले जे भनेपनि राजनीतिक दलको स्वार्थमा तस्करतन्त्रले देश ध्वस्त भएको छ ।

सरकारका कुनै पनि विकासे योजना समयमा सफल भएका छैनन् । दलीय हस्तक्षेपका कारण सर्वाेच्च अदालतसमेत बद्नाम छ । अख्तियार संवेधानिक निकायका प्रत्येक पाटा र भंगला, कार्यक्षेत्रमा आफ्नै कानूनअनुसार चल्न सकेका छैनन् । दलीय दबाब र हस्तक्षेपबाट संवैधानिक संरचना ध्वस्त भएका छन् । एमाले अध्यक्ष ओलीको स्वार्थ कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वार्थ र माओवादीमा अध्यक्ष पुष्पकमल दाहालको स्वार्थ नै लोकतन्त्रका शासकीय रुप र नियुक्तिसँग जोडिएका छन् ।

अहिले विपक्षी दलका नेता केपी ओली आफ्नो सत्ताकालका विगतका गल्तीबाट तर्सेका कारण सुन काण्डको छानबिन गरिरहेका राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरीको अपराध नियन्त्रण ब्यूरोजस्ता संस्थालाई पंगु बनाउने योजना एमालेको रहेको छ । त्यसले यस्ता घटना दोहोरिन्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *