सुनको मूल्य तोलामा ५ सयले बढ्यो

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बुधबार बढेको सुनको मूल्य आज बिहिबार पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ रहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *