‘आए राम गए राम’ स्थितिमा बाबुराम भट्टराई

राजनीति समाचार

काठमाडौं । राजनीतिमा चिप्लेपछि माथि उड्न सकिँदैन भन्ने कुरा एमालेका नेता वामदेव र माओवादी नेता डा.बाबुराम प्रमाण हुन् । दुवै नेता राष्ट्रिय राजनीतिमा मन पर्ने व्यक्ति हुन् । दुवैले आ–आफ्ना चौतारा लगाएका छन् । डा.बाबरामसँग उनकै गुटका बचे खुचेका माओवादी छन् भने वामदेवसँग पनि एमालेमा स्वार्थ पुरा गरेका तर केपी ओलीको शैलीसँग टिक्न नसकेका धैरै छन् ।

कम्युनिष्ट पार्टीबाटै एलर्जी भएकोले डा.बाबुराम भट्टराईले समाजवादी मोर्चाको अवधारणा ल्याए पनि मोर्चा बनाउँदा भने उनी अटेनन् । डा.बाबुरामको पार्टीको नभनै समाजवादी पार्टी नेपाल हो । गत चुनावमा डा.बाबुरामको समूह माओवादीको चुनाव चिन्हमा लडेको हो । माओवादीको संगठनले संघीय संसदमा महेन्द्र यादव बाग्मती प्रदेशमा गंगा श्रेष्ठलाई जितायो । दुबै अहिले मन्त्री छन् ।

सत्ताको शासक हुँदा डा.बाबुराम शुद्ध भएपनि बाबुरामलाई बद्नाम गराउने श्रीमती हिसिला यामी सल्लाहकार देवेन्द्र पौडेल, सचिवालय सदस्य गंगनारायण श्रेष्ठको टिम हो । कम्युनिष्टबाट राजनीति उचाइमा पुग्ने तर कम्युनिष्टकै शत्रु बन्न तयार हुने डा.बाबुराम भट्टराईलाई महत्व नदिनुको कारण समाजवादी मोर्चा भविष्यमा एउटै चुनाव चिन्हमा चुनाव लड्ने र पार्टीको विचार मिल्दै जाँदा कार्यक्रम मिल्दा पार्टी नै एक हुने विश्वास छ । एमालेमा नअटाएका वामदेव गौतमको एकता राष्ट्रिय अभियान पनि खेर गयो । एमालेमा संगठन घट्यो तर समाजवादीका माधव नेपालको घरमा भिड बढेन ।

राष्ट्रको समस्या थुप्रेका छन् । राज्यले जनताको सरोकारलाई चासो दिँदैन । भ्रष्टाचारका फाइल मुखले खोल्ने व्यवहारमा दबाउने काम भएको छ । एमालेका अध्यक्ष केपी ओलीलाई जोगाउन सरकार नै लागेको छ । विकृतिका विरुद्ध बोल्ने डा.बाबुराम भट्टराईलाई समेत नैतिकरुपमा बोल्ने ठाउँ छैन । अहिले बाबुरामलाई राजनीति आए राम गए रामको कहानीमा भुल्दैछ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *