तोलामा तीनसयले घट्यो सुनको मूल्य

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाली बजारमा आज पनि सुन र चाँदीको मूल्य घटेको छ । साताको पहिलो दिन आइतबार र दोश्रो दिन सोमबार बढेर मंगलबार घटेको सुनको मूल्य आज बुधबार पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले गिरावट भइ प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १५ रुपैयाँ घटेसँगै प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *