कर्जा कोषको पैसामा शक्तिशालीकै हालीमुहाली

राजनीति समाचार

काठमाडौं । नेपाल आयल निगम,निक्षेप तथा कर्जा कोष,सडक विभाग,वैकल्पिक उर्जा लगायतका केही यस्ता सरकारी निकाय छन्,जो सँग अर्बाै अर्व बजेट छ । त्यहाँका कर्मचारीहरुले नीजि बैंकसँग मिलेर सरकारी रकममा कसरी तर मार्दछन् भन्ने पछिल्लो तथ्य फेला परेको छ ।
जसरी केही अगाडि निक्षेप तथा कर्जा सुरक्षण कोषका तत्कालीन प्रमुख अर्जुन भण्डारीले सेञ्चुरी कर्मसियल बैंकसँग मिलेर सरकारी रकममा कमिसन खाए उही ढंगले अहिले अर्काे सरकारी निकायका कर्मचारीहरुले समेत कमिसन खाएको रहष्य सार्वजनिक भएको छ ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माका पिए तथा अहिले प्रचण्डका नीजि सचिवको जिम्मेवारीमा रहेका अर्जुन भण्डारी निक्षेप तथा कर्जा सुरक्षण कोषमा हुँदा पुतलीसडकमा अवस्थित सेञ्चुरी कर्मसियल बैंकसँग मिलेर कोषको अर्बौं रकम निजी बैंकसँगको मिलेमतोमा राज्यलाई हानी पुर्याउने काम गरेका थिए ।

ठीक उही ढंगले अहिले बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका हाकिमले समेत उसैगरी अर्बाै रकम नीजि बैंकमा राखेर राज्यलाई हानी नोक्सानी पु¥याइरहेको भेटिएको छ । अर्जुन भण्डारीले त्यतिखेर कोषको करिब ६० करोड रुपैयाँ रकम कोषकै लेखा विभाग प्रमुख विक्रान्त आचार्यसँगको मिलेमतोमा अग्रिम घुस लिएर सेन्चुरी बैंकमा जम्मा गरेका थिए ।

बैंकका कर्मचारीहरुसँगको मिलेमतोमा फिक्स डिपोजिटमा राख्नुपर्ने रकम वार्षिक ३ प्रतिशत ब्याजमा राखेर राज्यलाई चुना लगाउने काम भएको थियो । जबकी सो रकम फिक्समा राखेको भए राज्यलाई वार्षिक १२ प्रतिशतसम्म ब्याजबाट आम्दानी हुन्थ्यो तर, भण्डारी र आचार्यको मिलेमतोमा ३ प्रतिशत ब्याजमा उक्त रकम सेन्चुरी बैंकमा राखिएको भेटिएको थियो । ठीक उही ढंगले अहिले उर्जा मन्त्रालय मातहतको बैकल्पिक उर्जा प्रवद्र्धन केन्दका हाकिमले नीजि बैंकका सिइओसँग मिलेर नाम मात्रको व्याजदरमा अर्बाै रकम राखेर राज्यलाई चुना लगाउने काम गरिरहेको भेटिएको छ ।

अर्जुनले सेञ्चुरी कर्मसियल बैंकसँग मिलेर करोडौं रकम व्याजमा लगाएकै शैलीमा बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रका हर्ताकर्ता नवराज ढकालले एनएमबी बैंकसँग मिलेर २ अर्ब ८८ करोड ७१ लाख रुपैयाँ नीजि बैंकमा राखेर बैंकबाट कमिसन खाइरहेको खुलेको हो । बैंकका सिईओ सुनिल केसीसँगको साँठगाँठमा यो रकम त्यहाँ राखेर व्याज खाइरहेको भेटिएको हो ।

जबकी यही रकम १२ प्रतिशतसम्म व्याजदरमा लगाउन सकिनेमा जम्मा ४ प्रतिशत व्याजदरमा एनएमबी बैंकमा राखेर कमिसन खाइरहेको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रकै कर्मचारीहरुले बताउने गरेका छन् । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका हाकिमहरुको यो बदमासीको बारेमा महालेखाको प्रतिवेदनले कैफियत भनेको छ । महालेखाको प्रतिवेदनमा लेखिएको छ ‘ बजेट खर्च एवं स्रोतको आधारमा खाता खोल्नु पर्नेमा विभिन्न व्यक्ति र संस्थाअनुसार अलग अलग राखेको देखियो ।’

यस अघि निक्षेप तथा कर्जा सुरक्षण कोषमा हुँदा अर्जुन भण्डारीले सेञ्चुरी बैंकमा ३ प्रतिशत मात्र व्याजदरमा पैसा राखेर व्याज खाएको बिषयमा महालेखाले बेरुजु निकाल्न लागेको थियो तर अर्जुन भण्डारीले प्रधानमन्त्री कार्यालयबाट दबाब दिइ बेरुजु लेख्नबाट रोकाइएको थियो ।

यसरी कोषको अर्बौं रकम निजी बैंकमा राखेर कमिसन खाने,रसुवाको सिडिओ हुँदा एक जना अधिकृतको १६ करोडको बदमासी थाहा पाएर उनीसँग करोडौं लाभ लिएर गठ्ठाघरमा बंगला ठडाउन सफल भण्डारी अहिले प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिव छन्,एउटा सिडियो हुँदा,एउटा कार्यालयको हाकिम हुँदा त्यतिबिध्न बदमासी गर्ने भण्डारी अहिले झनै शक्तिपावरमा हुँदा कति बदमासी गर्दा हुन ?
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *