लोकमानको सहयोगी अर्थसचिव बन्दै

राजनीति समाचार

काठमाडौं । चलखेल नगरी बस्नै नसक्ने, मन्त्री तथा मुख्यसचिवहरुको आदेशमा हुँदैन, मिल्दैन, सकिंदैन भन्न नसक्ने र जेमा पनि हस हजुर र हुन्छ हजुर भन्ने स्वभावका एक बहालवाला र अर्काे निवृत्त कर्मचारीले ठूलै लाभ पाउँदैछन्,अबको दुई साताभित्रैमा ।
अर्थ सचिवमा कृष्णहरि पुष्कर र महालेखा परीक्षकको कुर्सीमा शिशिर कुमार ढुंङ्गना पुगेमा अनौंठो नमाने हुन्छ । सेटिङ कलामा पारंगत कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थमा सार्ने तयारी भइरहेको छ । यो फाइल नै उठिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

हिजो बस्ने क्याविनेटले उक्त निर्णय गर्न सक्ने प्रवल सम्भवना रहेको थियो तर दिवगंत सुवाषचन्द्र नेम्बाङ्गको शोकका कारण त्यससम्बन्धी छलफलै हुन पाएन ।पुष्कर निजामतीभित्रका यस्ता अपवाद हुन,जो सचिवमा बढूवा भएर पनि प्रदेशमा झर्नु परेन । ११ भदौ २०७८ मा कृष्णहरि पुष्करलाई राजस्व सचिव नियुक्त गरेको थियो ।

रोचक के भने उनी २४ असार २०७८ मा मात्रै सचिवमा बढुवा भएका थिए । त्यसको डेढ महिनामै उनी अर्थ मन्त्रालयमा भित्रिए । प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा रहेका पुष्कर सचिव पदमा अनुभव विनै देशको ‘ढुकुटी भर्ने’ जिम्मेवारीमा पुगेका थिए । बूढानिलकण्ठ दरबारको आर्शिवादले सिधै राजश्व सचिवमा नियुक्ति पाए । त्यस अघि अर्थ मन्त्रालय अन्तर्गतका कुनै निकायमा काम गरेका थिएनन् । अनुभव नै नभएको क्षेत्रको नेतृत्वमा आएकाले अर्थतन्त्र डमाडोल बन्न पुग्यो त्यस समय ।

जनार्दन शर्मा अर्थमन्त्री हुँदा विनोद चौधरीका कर्मचारी नासु रघुनाथ घिमिरे मन्त्रालयमा छिरेर करको दर हेरफेर गरेपछि तत्कालीन अर्थ सचिव सरुवामा परे । विगतमा लोकमान सिंह कार्कीको आर्शिवाद पाएर अख्तियार हुँदै दिल्लीमा बसेका उनले हालैमात्र भारतीय दुतासबासकै सेटिङ र माफियासँगको मिलेमतोमा पुनः अर्थमन्त्रालय फर्कने तयारी अन्तिम चरणमा पुगेको बताइन्छ । अर्थमन्त्री प्रकाशशरण महतसँग सचिव अर्जुन पोखरेलको ट्रम नमिलेको चाल पाएर बूढानिलकण्ठमार्फत उनी अर्थमा जम्प गर्ने तयारी गरिरहेका हुन ।

अर्थमा जम्प गर्नका लागि पुष्करले नेपाली कांग्रेसका केही नेता र बालुवाटार निकट व्यवसायीलाई परिचालन गरेको अर्थ मन्त्रालय स्रोतको दाबी छ । कृष्णहरि पुष्कर मन्त्रीलाई सजिला सचिव हुन सक्छन तर उनको विगत राम्रो छैन । प्रशासन समूहका उनी उपसचिव हुँदादेखि नै विवादको भुमरीमा थिए ।कतिसम्म भने समावेशीताको लाभ उठाउँदै उनको श्रीमान श्रीमती पालै पालो बढूवा भएका हुन । कृष्णहरि पत्नी आभा सहसचिव पदमा कार्यरत छिन् ।

उनी उपसचिव हुँदा श्रम तथा यातायात मन्त्री मोहम्मद आफ्ताव आलमका विश्वासपात्र रहेका उनी टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री हुँदा वैदेशिक रोजगार विभागको महानिर्देशक बने । केही महिनामै म्यानपावर कम्पनीहरूसँग अवैध असुली धन्दा चलाएपछि सरुवामा परेका थिए । त्यहाँबाट प्रमुख जिल्ला अधिकारी (सिडिओ)का रूपमा पनि काम गरे, तर जहाँ–जहाँ कामका लागि पुगे, त्यहाँ उनी सधैं विवादमा मुछिए । मकवानपुरमा रहँदा भन्सार जाँचपास भएर आएका सामानको प्रज्ञापन पत्र मागेर गाडी रोकेको भन्दै उनको सरुवा भयो । बारामा सिडिओ हुँदा पनि व्यवसायीहरूले उनीमाथि अनेक नाममा दुःख दिएको आरोप लगाएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेपछि त झन् उनको कार्यशैलीले धेरैलाई प्रताडित नै बनायो । तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीको विश्वासपात्र बनेका पुष्करले अख्तियारमा बसेर देखाएको कार्यशैलीको सार्वजनिक रूपमै आलोचना भएको थियो ।उता,गृह मन्त्रालय ताकेर बसेका एक नारायण अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै हिस्स परिरहेका छन् । उनी सामान्य प्रशासन सचिव हुँदैदेखि गृह ताकेर बसे पनि जिम्मेवारी पाउन सकेका छैनन् ।

यता टंकमणि शर्मा घर गएसँगै रिक्त रहेको महालेखापरीक्षक बन्नका लागि गोपीनाथ मैनाली,राममाया कुँवर,शिशिर ढुंगनादेखि रामशरण पुडासैनी, हरि बस्याल, शङ्कर खरेल, रामप्रसाद थपलिया र बाबुराम गौतमका अलवा वैकुण्ठबहादुर अधिकारी र चन्द्रकान्त भण्डारी लगायतका महालेखापरीक्षक कार्यालयमै कार्यरत सहसचिवहरू,यस्तै चार्टर एकाउन्टेन्ट (सिए) सुबोधकुमार कर्ण र हरि सिलवाल दावेदार छन् । यी मध्ये बालकोट र बूढानिलकण्ठ समेत मिलाइसकेका कारण शिशिर ढुंगनाको प्रवल सम्भवना छ भनिँदैछ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *