कांग्रेसका सभापति देउवा छटपटिमा

राजनीति समाचार

काठमाडौं । सरकार छ, त्यसले जनसरोकारतर्फ चासो राख्दैन । सरकारले गनुपर्ने काम ज्यूँकात्यूँ छन् । कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती डा.आरजु देउवाको पौरखले सरकार बद्नाम छ । कारबाही भएको बालकृष्ण खाँडलाई जेलबाट निकाल्न कांग्रेस सभापति देउवालाई मुस्किल भएको छ । खाँडमाथिको कारबाहीको स्वागत गर्न डा.शेखर पक्षका केन्द्रीय सदस्यहरु खुलेर लागे । सभापति देउवालाई रिझाएर उनकै गुटको सभापति बन्ने दाउमा डा.शेखर लाग्दा युवा नेताहरु आक्रामक बन्नु प¥यो । महामन्त्री गगन थापाले संसदीय दलको नेतामा उम्मेद्वार बन्ने आँट गर्नुको कारण अबको कांग्रेसमा कोइराला वंशलाई ठाउँ छैन भन्ने सन्देश हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र देउवाबिच २÷२ वर्ष प्रधानमन्त्री बन्ने सहमति सत्ता गठबन्धनको बैठकमा भएको थियो । त्यहाँ माधव नेपाल एक वर्ष प्रधानमन्त्री बन्ने सपनामा थिए । तर परिस्थिति माधव नेपालको मात्र होइन, प्रचण्डकै सत्ता पनि दुईवर्ष नटिक्ने भएको छ । सरकारको नेतृत्व आँफैले गर्नुपर्ने शेरबहादुर देउवाको महत्वाकांक्ष जगाउने काम डा.शेखर कोइरालाले गरेका छन् । विगतमा एमालेका अध्यक्ष केपी ओलीको घात सहेका प्रचण्ड अब फेरि चलाख भएर प्रदेश १ को वातावरण मिलाउने बाटोमा लाग्नुपर्ने देखिन्छ । केपी ओलीलाई सकेसम्म प्रचण्डलाई खेदेर कांग्रेससँग मिल्नुपर्ने आवश्यकता थिएन । किनकि विगतमा राजनीतिक वातावरण बिगारेको जस अपजस ओलीमै जान्छ ।

कांगे्रसले अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य, समाज कल्याण, उद्योग, खेलकुद, शहरी विकासजस्ता मन्त्रालय पाए पनि कामको परिणामभन्दा हल्ला बढी गरिएको छ । अहिले राजनीति बिग्रेको छ । ठूला भ्रष्टाचार काण्डमा नेता नै जोडिएका छन् । कांग्रेस नजोडिएको ठाउँ छैन । शेरबहादुरलाई प्रधानमन्त्री बन्ने रहर उमेरको कारणले जगायो भन्नेहरुलाई उनैका ज्योतिषीले जवाफ दिन सकेका छैनन् । प्रधानमन्त्री प्रचण्डले यसपटक कांग्रेसबाट राम्रै झापट खाने स्थिति बन्दैछ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *