कृषि उपज विना कसैंको पनि जीवन चल्दैन । तर यसका उत्पादकलाई सवैले वेवास्ता गरेको पाइन्छ । कृषि व्यवसायको पिडामा मल्हम लगाउने खासै पाइन्न । पिडा माथि पिडा थप्ने धेरै छन् । गाँठो परेको बेलामा फुकाउनु पर्नेमा झन् कस्ने धेरै छन् । तिनै तहका सरकारहरुले कृषिसँग सम्वन्धीत विषयमा नीतिमा मिठा शव्द लेख्दछन् तर बजेटमा भेटिन्न । कार्यान्वयनमा त कता हो कता हुने गर्दछ ।
किसान र कृषक
हाम्रोमा किसान धेरै छन् । कृषक भएका छैनन् । किसान भनेको जीविकोपार्जनमा मात्र जोडिएको विषय हो । किसानले आफुले आवश्यक पर्ने सवै खाले कृषी उपज उत्पादन गर्ने कोशिस गरेको हुन्छ । किसानले व्यावसायिकता तिर ध्यान दिएको हुन्न तर सहज रुपमा जीवन चलाएको हुन्छ । किसानले कृषि उपज साटासाट गर्न सक्छ वा कसैंलाई विना शुल्क दिन सक्ला फेरी उस्ले त्यसै गरी केही अरु उपज लिन सक्ला तर कृषकले त्यो विषयमा वास्ता गर्दैन । कृषकले व्यापारमा ध्यान दिने गर्दछ । सित्तै वा साटासाट भन्ने कुरा उस्को व्यवहारमा देखिन्न ।
आफुसँग भएको कृषि उपज बेच्छ, आफुसँग नभएको उपज किन्छ । कृषकले एक वा केही उपजमा मात्र ध्यान दिन्छ । आफुलाई वजार केन्द्रीत गर्दछ । किसानले वजार तिर खासै ध्यान दिँदैनन्, आफ्नो जीवन निर्वाहमा मात्र ध्यान दिने गर्दछन् । नेपालको सन्दर्भमा परम्परागत रुपमा चलेको काम भनेको किसान नैं हो । परम्परागत हाट वजार किसानको उपज हो । किसानहरु नैं पछिल्लो अवधीमा कृषक वन्ने कोशिस गरिरहेका छन् । तर कृषक बन्न केही कठिनाई छन् । यसमा जग्गाको सहज उपलव्धता, लगानी, विउविजन, बजार समेतमा कठिनाई रहेको छ । राज्यले कृषि विमा भन्दछ तर विमा कम्पनी तयार हुँदैनन् ।
सरकारले विमा दावीको सोधभर्ना नैं दिएको छैनन् भन्दछन् । विगतमा पशु विमा हुने गर्दथ्यो । जती मूल्य परे पनि एक भैंसीको १ लाखसम्मको विमा हुन्थ्यो तर अहिले लम्कीस्किन रोगका कारण त्यो पनि मान्देनन् । घाटा पर्छ रे । त्यही पर्छ भनेर विमा गर्ने हो नत्र किन गर्नु प¥यो । भरखरै भैंसीको विमा गर्ने कोशिस गर्दा जती गरेपनि ५० हजार भन्दा वढि मूल्य निर्धारण नहुने रे । यो कस्तो विडम्वना होला । कृषिमा व्यवसायिकरण गर्न लगानी आवश्यक पर्दछ । सरकारी व्यवस्था र केन्द्रीय वैंकले सहलियत दरमा कृषि कर्जा भन्दछ त्यो ठुला व्यापारी वाहेकले लिएका छैनन् । अर्को विडम्वना भएको छ ।
पौरखीको पौरख
कृषि व्यवसायमा परेको पिडामा केही हदसम्म मल्हम लगाउन भनेर पौरखी कृषि सहकारी सञ्चालनमा आएको छ । पछिल्लो समयमा दोलखा जिल्लाका कृषकहरुको संख्या वढि रहेको छ । अर्थात कृषीलाई व्यबसाय वनाउनेहरु वढेका छन् । लगानी वढिरहेको छ । कृषि उपजहरु वढि रहेको छ । कृषक व्यवसायलाई परेको कठिनाईमा केही सहज गर्नकालागि स्थानीय स्तरमा सहकारीहरु पनि गठन भैं क्रियाशिल भैरहेका छन् । त्यस मध्येको एक पौरखी कृषि सहकारी संस्था हो । दोलखाको भीमेश्वर नगरपालिका कार्यक्षेत्र भएको यो सहकारीले कृषकहरुलाई कृषि व्यवसाय केन्द्रीत काममा सहयोग तथा सहकार्य गरिरहेको छ ।
३ वटा सहकारीहरु (स्वआर्जन साना किसान कृषि सहकारी, चोथाङ्ग पशुपालन सहकारी र संयूक्त जनसेवा बचत तथा ऋण सहकारी संस्था) एकिकरण भैं पौरखी नामाकरण गरेको हो । दोलखा जिल्लामा नैं यो सहकारी कृषी सहकारी मध्ये अग्रणी संस्थाको रुपमा पहिचान दिएको छ । ३ हजार भन्दा वढि शेयर सदस्य रहेका छन् । २२ करोड जती कुल पुँजी रहेको छ । हरेक वर्ष वैधानिक रुपमा मुनाफा बाँड्न सफल रहेको छ ।
जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुवाट पनि पुरस्कृत तथा सम्मानीत भएको पौरखी कृषि सहकारी संस्थाले भरखरै आफ्नो चौधौं साधारण सभा सम्पन्न गरेको छ । बागमती प्रदेश सभाका सदस्य माननिय सांसद भरत वहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । साधारण सभामा उत्कृष्ट वचतकर्ता, असल ऋणीलाई सम्मान गरिएको थियो ।
त्यसै गरि असल कृषकको रुपमा शर्मिला भण्डारी न्यौपानेलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो । यस्ता सम्मान हरेक साधारण सभामा गर्ने परिपाटी संस्थागत भएको छ । साधारण सभामा वार्षिक प्रगती, आर्थिक तथा लेखासुपरिवेक्षण समितिको प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो । सभाबाट हरिहर न्यौपानेको अध्यक्षतामा आगामी ४ बर्षकोलागि ११ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । सो सञ्चालक समितिको उपाध्यक्ष विष्णु प्रसाद खतिवडा, सचिव गोकर्ण वस्नेत, सहसचिव हरिकृष्ण बस्नेत, कोषाध्यक्ष गोकुल प्रसाद न्यौपाने सदस्यहरुमा नविना लामा, ठुलाकान्छा तामाङ्ग, विर वहादुर तामाङ्ग, वासुदेब न्यौपाने, सरिता थापा, मित्रलक्ष्मी केसी सहमतीका आधारमा चयन भएको छ । त्यसै गरी सो साधारण सभाबाट ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत चयन भएको छ ।
कृषिमा पौरखी
दोलखाको सदरमुकाम चरिकोटमा नैं आफ्नै भवन भएको पौरखी कृषि सहकारीले आफ्ना शेयर सदस्यहरुलाई किसानबाट कृषकमा रुपान्तरणकालागि अनेकानेक कोशिस गरिरहेको छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसँगको सहकार्यमा कृषिमा आधारित कार्यक्रमहरु सञ्चालन गरेको छ । तरकारी व्लक कार्यक्रम सञ्चालन गरेको छ । आलु उत्पादनमा किसानहरुलाई सहयोग गरी कृषक बनाउनमा योगदान गरेको छ । कृषिमा सहज हुने यन्त्रहरु वितरण गरेको छ । गुणस्तरीय विउविजन सहज मूल्यमा वितरणको व्यवस्था मिलाएको छ । रासायनीक मलको विक्री केन्द्र चलाएको छ । कृषी उपजलाई वजार पहुँचको निम्ति चरिकोटको सातडोवाटोमा विक्रि केन्द्र खोल्ने प्रवन्ध मिलाएको छ । कृषकहरुलाई सहुलियत दरमा लगानी गरेको छ । कृषि उपजको भण्डारनकोलागि चिस्यान केन्द्र स्थापना गरी सञ्चालन गरेको छ ।
कृषक र किसानहरुको बेलामा भेला गरी अन्तरक्रिया गर्ने गरेको छ । समग्र कृषि सहकारी भएकोले त्यसैमा केन्द्रीत हुने नैं हो तर वचत ऋणमा पनि काम पनि गर्नु पर्दछ । अन्य व्यवसाय पनि गर्नु पर्दछ । त्यसैले कहिलेकांही कृषि प्राथमिकतामा पर्दैन कि भने अध्यक्षकैं संयोजकत्वमा कृषि प्रवद्र्धन उपसमिति नैं वनाएको छ ।
यस सहकारीवाट ऋण लगि कृषीमा आधारित उद्यम गर्नेहरुको सूचीमा पनि लामै भएको छ । केही अगुवा कृषकको नाम लिनु पर्दा माधव प्रसाद न्यौपाने, नबराज न्यौपाने, लाल बहादुर लामा, चन्द्र बहादुर तमाङ्ग लगायत पर्दछन् ।
पहिचान फेरिंदै साधारण सभा र दर
पछिल्ला समयमा सहकारीको साधारण सभा र तिजको दरको परिभाषा नैं वदलिन्छ कि भन्ने लागिरहेको छ । विगतमा तिजको दर भनेको एक निश्चीत दिनमा मात्र हुने गर्दथ्यो । तिजको अघिल्लो रात दर खाने गरिन्थ्यो । अहिले एक महिना अघि देखि नैं खाने चलन चल्यो । विस्तारै दर खाने खास दिन चाँही नसंझिने दिन आउन सक्नेछ । त्यसै गरी सहकारीको साधारण सभा पनि पैसा वुझ्ने दिनका रुपमा परिभाषित हुँदै गएको भान हुँदैछ ।
साधारण सभामा सहकारीको वार्षिक गतिविधि तथा कार्यक्रमको समिक्षा गर्ने, आगामी नीति तथा कार्यक्रम तर्जुमा गर्ने सोही अनुसार वजेट तर्जुमा गर्ने विषयमा वहस केन्द्रीत हुन छाड्यो । नीति तथा कार्यक्रम सञ्चालन गर्न सक्ने नेतृत्व चयनमा संवाद गर्नु पर्ने हो त्यता तिर पटक्कै ध्यान दिएको पाइन्न । यसको मूख्य कारण सहकारी ठुला ठुला वनाउने होडवाजीले गर्दा हो । यसमा सरकारको नीति दोषी छ ।
सहकारीको संख्या घटाउन प्रोत्साहन मात्रै होइन करिव करिव जबरजस्ती नैं गर्न खोज्यो । फलत धेरै ठुला सहकारी बन्न पुगे । अनी सहभागीतामूलक छलफल हुन नैं छाडे । यो मामलामा पौरखी सहकारी पनि अछुतो रहन सकेन । ३ हजार शेयर सदस्यहरु एकै पटक भेला भैं छलफल गर्न संभव होला त ? संभवै छैन । अनी वाध्यता प¥यो, विहान ९ वजे देखिनैं खाजा खर्च रु. ३०० वितरण गर्न । अनी साधारण सभा उद्घाटन ११ वजे त्यस पछि प्रतिवेदन प्रस्तुती गरियो । यस बेलामा १०० जना पुग्न पनि मुस्किल नैं प¥यो ।
सहकारीको हरेक वर्ष साधारण सभा गरिन्छ । नियमित सञ्चालक समितिको वैठक र उपसमितिको वैठक एवं तोकिएका कामहरु हुने गर्दछ, त्यो संस्थागत जीवन हो । साधारण सभामा संस्थाका गतिविधिहरुको समिक्षा हुनु पर्दछ । सहकारी स्थापनाको मर्म अनुसार सञ्चालन गरिनु पर्दछ । यसमा पौरखी कृषी सहकारी संस्थाले अनेकानेक काम गरिरहेको छ । सञ्चालक र उपसमितिहरुको गठन, उनीहरुको मर्म अनुसारको परिचालनका उपायहरु खोजी रहेको छ ।
पौरखीले कृषक र किसानहरुको सारथी हुन कोसिस गरिरहेको छ । तर पौरखीले आफ्ना सेवा सुविधा शेयर सदस्यहरुमा प्रवाह गरेर मात्र नपुग्ने भएको छ । कृषि व्यबसायकालागि अन्य स्रोत खोज्न जरुरी हुन्छ । सरकारी सुविधाका वारेमा शेयर सदस्यहरुलाई जानकारी गराउने र सम्वन्धीत निकायहरुसँग समन्वय गराई कृषि व्यवसाय मैत्री काम गर्नु पौरखीको अर्को जिम्मेवारी पनि हो । पौरखी कृषि सहकारी नाम अनुसार कैं पहिचान बनाउन सकोस् । शुभकामना । (तामाकोशीसन्देशबाट)