सरुवामा मोलमोलाई गर्दै सचिवालय कर्मचारी

राजनीति समाचार

काठमाडौं । कार्यकक्षमै मन्त्री ढलेपछि मन्त्रालयमा हल्लीखल्ली हुनु स्वभाविकै हो । कर्मचारीहरु आत्तिएर संसद सचिवालयमा खबर गरे । हड्बडाउँदै त्यहाँबाट चिकित्सक पुष्प भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय पुग्यो । चेकजाँच गर्दा थाहा लाग्यो मन्त्रीको ‘सुगर हाइ रहेछ’ । चिकित्सकीय भाषामा खाली पेटमा १२५ भन्दा माथि र खाना खाएको समयमा १४० भन्दा माथि गएको खण्डमा सुगर हाइ मानिन्छ । सुगर हाइ हुँदा विरामी ठाउँको ठाउँ बेहोस हुने र ढल्ने गर्दछ ।

यसरी मन्त्री रञ्जिता श्रेष्ठ,कार्यकक्षमै पटक पटक ढल्न थालेपछि उनका लागि मन्त्रालयले एक जना अनमीको व्यवस्थापन गरिदिन संसद सचिवालयलाई पत्र लेखेको छ । बोल्दाबोल्दै कार्यकक्षमै मन्त्री ढल्ने र बेहोस हुन थालेपछि उनी कार्यकक्षमा कम भेटिन थालेकी छिन् । मन्त्री जुनसुकै समयमा ढल्ने भएकाले स्टोरले मन्त्री श्रेष्ठका लागि चकलेटको समेत जोहो गरिदिएको सचिवालयका एक कर्मचारीले सु्नाए ।

यसरी मन्त्री मन्त्रालयका कम उपस्थित हुन थालेपछि मन्त्रीका सचिवालयका कर्मचारीलाई चिठ्ठा परेको छ । अहिले विचौलियासँग मिलेर सचिवालयका कर्मचारीहरु सरुवामा अनावश्यक हात हाल्न थालेका छन् । त्यसकै पछिल्लो कडी हो भनिन्छ प्रकाशराज जोशी र जनकराज जोशी (एकाघरका दाजुभाई)को सरुवा । दाजुभाइको बोलचाली नै बन्द गराउने गरि सरुवामा हाबी हुने सचिवालयका कर्मचारी हुन सरोज बूढाथोकी । उनले यस अघि रेशम चौधरी जेलमा हुँदा कानुनी सहयोग गर्दै आएका थिए ।

मुद्धाको फाइल बोकेर सघाए वापत उनलाई पुरस्कृत गरेर रञ्जिता श्रेष्ठको सचिवालयमा भि¥याइएको छ । यस्तै निजी सचिवको जिम्मेवारीसहित उपसचिव बसन्त पुरी र रणबहादुर चौधरीले मन्त्री रञ्जितालाई सघाइरहेका छन् । तर उनै बुढाथोकीका अनावश्यक हस्तक्षेपका कारण भूमिका कर्मचारी आजित छन् । बुढाथोकीले स्टोर, खरिदार, सुब्वामात्र होइन कि सहसचिवकै सरुवामा समेत चलखेल गर्ने गरेको पछिल्लो प्रमाण हो, नापी विभागका हाकिम जनकराज जोशीको सरुवा ।

लामो समयदेखि नापीमा बसेर तर मार्दै आएका कर्मचारीहरुलाई सरुवा गर्न खोज्दै थिए जनक । उनले सचिव गोकर्णमणि दुवाडीलाई नै कर्मचारी सरुवासम्बन्धी १५ बुँदे मापदण्ड बनाएर दिएका थिए । मापदण्ड अनुसार लामो समयदेखि उपत्यकामा बसिरहेका कर्मचारीलाई दुर्गम र दुर्गममा कार्यरतलाई सुगममा तान्ने तयारी गरिरहेका थिए ।

विशेषगरी कलंकी,चाबहिल, डिल्लीबजार, ललितपुरका अधिकृतदेखि सुब्बाहरुलाई तराई र दुर्गम भेगमा पठाउने गरी मापदण्ड बनाइएको चाल पाएसँगै ती कर्मचारीहरुकै जोडबलमा जनकराजलाई खेदेर त्यहाँ यस अघि एक कार्यकाल डिजी चलाइसकेका हाकिम प्रकाशलाई फिट गराइएको हो भनिन्छ । उता भूमि व्यवस्था मन्त्रालय मातहतका निकायमा यसैगरी आफू अनुकुलका कर्मचारीहरु फिट गराउन मन्त्रीका सचिवालयका बूढाथोकीको टिम सफल भएको चर्चा भूमितिर सुनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *