छोरीका कारण बद्नाम प्रचण्ड

राजनीति समाचार

काठमाडौं । जसलाई कुटनैतिक ज्ञान छैन, विषयको गम्भीरता झन् छैन उही नै कुटनीतिको ज्ञाता बन्दा के होला ? जनयुद्धका बेला लहैलहैमा दार्जिलिङे प्रधानसँग वैवाहिक सम्बन्ध जोडेर त्यतै रमाएकी गंगा दाहालले चीन र अमेरिकी भ्रमणमा बुवा प्रधानमन्त्रीसँग के ज्ञान हासिल गरिन् । कुटनैतिक तहको मर्यादाको हेक्का राख्न नसक्ने व्यक्तिबाट देशको बद्नाम भएको कुरा कसले बताइदेला ? माओवादीले विश्व जितेको गर्व गर्छ । अस्थायी शिविरमा १३ हजार लडाकु राखेर १९ हजारको बजेट सरकारसँग लिँदा पनि भ्रष्टाचार गरेकै हो । यद्यपि त्यो लुटमा अनमिन साक्षी छ ।

प्रधानमन्त्रीको चीन भ्रमणले नेपालले केही उपलब्धी पाएन । केवल प्रधानमन्त्री प्रचण्ड र छोरी गंगाको तस्वीर पायो । मानसरोवरको तीर्थयात्राको नेपाली पर्यटक थपियो । चीनले बिटुविन सिद्धान्तमा आधारित सम्झौतामा वीआरआई जोड्न चाहेको थियो । भारतले आफूले महंगोमा बेच्ने तर नेपालबाट सस्तोमा बिजुली लैजाने गरेको छ । चीनसँग विद्युत व्यापार सम्झौता गरेको भए दक्षिणको घमण्ड कम हुन्थ्यो । केपी ओली अब्बल राष्ट्रवादी भन्छन्, तर आफ्नै पालामा छापेको चुच्चे नक्सा समावेश पाठ्य पुस्तक छपाएर सबै सडाएकै हुन् । प्रचण्ड पनि यस्तै कुरामा सचेत नहुँदा फस्ट लेडीबाट बद्नाम छन् ।

न अंग्रेजी बुझ्ने, न त विषयगत ज्ञान । नेपालको तर्फबाट परराष्ट्रका प्रतिनिधिलाई सहभागी गराउनुपर्ने दोहोरो संवादमा स्वकीय सचिव बनाइएको गंगा किन देखिइन ? त्यहाँ उनको भूमिका के थियो । यी दुबै भ्रमणमा अंग्रेजी बुझ्ने विषयको ज्ञाता राम कार्की किन लगिएन ? फस्ट लेडी पाहुनाको रुपमा स्वागत सत्कारमा देखिने हो । नेपाल–चीन, अमेरिका–नेपालको आपसी सहयोग र छलफलमा गंगा पुगेर देशले के पायो ? राष्ट्रको अनावश्यक खर्च मात्रै भयो । माओवादीलाई कुटनैतिक रुपमा कमजोर बनाउने यस्तै विषयले हो । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *