सावित्री खत्री
काठमाडौं । सबै राजनीतिक दलहरुले आफ्नो पार्टी निकट विभिन्न संगठनदेखि भ्रातृ, भगिनी, शुभेच्छुक तथा जाति, वर्ग, समुदायलाई लक्षित गरी संघ, संगठनहरु खोल्ने गरेका गरेका थिए । राजनीतिक दलहरुले पनि आफ्नो कार्यक्रम गर्दा तिनै संघ, संगठनहरुलाई प्रयोग गरेर आन्दोलन चर्काउने गर्दथे । त्यहीं संघ, संगठनको आडमा रहेर राजनीतिक दलहरुले चुनाव जित्ने र सत्ता चलाउने गर्दै आएका छन् । कतिपय राजनीतिक दलहरुले त विद्यार्थीहरुलाई प्रयोग गरेर आफू सत्तामा पुग्ने भ¥याङ नभएका होइनन् ।
विद्यार्थीलाई राजनीतिक दलहरुले आफू सत्तामा पुग्ने सबैभन्दा ठूलो भ¥याङ बनाउने नेपाली कांग्रेस र नेकपा एमाले हुन् । नेकपा माओवादी केन्द्रले भने पहिलो भ¥याङ जनसेनाको नाममा खडा गरिएको लडाकुलाई बनाएको थियो । त्यसपछि अर्को भ¥याङ विद्यार्थीहरुलाई पनि बनाएको थियो ।
अहिले सबै राजनीतिक पार्टीका विद्यार्थी संगठनहरु सेलाउँदै गएका छन् । कतिपय विद्यार्थी संगठनका नेताहरुले पार्टी सदस्यता पनि परित्याग गरिसकेका छन् । खासगरी राजनीतिक संगठनमा सरकारी कलेजमा पढ्ने विद्यार्थीहरु लाग्ने गर्दछन् । पछिल्लो समय सरकारीमा भन्दा प्राइभेट शिक्षालयहरुमा बढी विद्यार्थी अध्ययन गर्ने भएकाले पनि राजनीतिक पार्टी निकट विद्यार्थी संगठनहरु कम हुँदै गएका हुन् । प्राइभेट कलेजमा कक्षा १२ पास गरेका अधिकांश विद्यार्थीहरु उच्च शिक्षाको लागि विदेश पलायन हुने गरेका छन् । नेपालमै अध्ययन गर्ने विद्यार्थीहरुले पनि राजनीतिमा चासो दिन छाडेका छन् ।
त्यसो हुनुमा राजनीतिक दलका संघ संगठनहरुको क्रियाकलापले गर्दा अहिलेका विद्यार्थीमा राजनीतिप्रति वितृष्णा जाग्दै आएको छ । राजनीतिक दलका अन्य भ्रातृ, मातृ, सुभेच्छुक तथा पेशागत संघ, संगठनहरु पनि दिनप्रतिदिन खुम्चिँदै गएका छन् । यस्ता संघ, संगठनहरुमा नयाँ युवापुस्तामा आकर्षण छैन । खारिएका पुराना कार्यकर्ताहरु पनि विस्तारै पाखा लाग्दैछन् ।
यसरी पाखा लाग्नुमा एउटै व्यक्ति दोहो¥याई, तेह¥याई पदमा पुग्न खोज्ने कारणले हो । आफू र आफन्तको स्वार्थमा काम गर्ने, स्वतन्त्र र निष्पक्ष रुपमा पार्टी संगठनको काम गर्नेलाई वास्ता नगर्ने, सधैं लिगेसीको आधारमा पद, प्रतिष्ठा र पैसामा लिप्त हुने भएपछि राजनीतिक दलहरुको संगठन छिन्नभिन्न हुँदै गएको छ । राजनीतिक दलहरुको गतिविधि सयै गरी चलिरहने र टिकट वितरण गर्दा फेरि पुरानै शैली अपनाएर आफन्त, आसेपासे र पैसाको लेनदेनमा गर्ने हो भने उम्मेदवारको अगाडि पछाडि हिड्ने कार्यकर्ता पनि नपाउने अवस्था नआउला भन्न सकिँदैन । (तामाकोशीसन्देशबाट)