मन्त्री बस्नेत लेनदेनमै व्यस्त

राजनीति समाचार

काठमाडौं । मूल गतिलो भए न धारामा सङ्लो पानी आउने हो । जब मूल नै धमिलो हुन्छ, धाराबाट संग्लो पानीको अपेक्षा राख्नु नै बेकार ! यस्तै देखिदैंछ स्वास्थ्य सेवाको स्थिति । स्वास्थ्यमन्त्री मोहन बस्नेत सुशासनका चर्काे कुरा गरेर थाक्दैनन् । तर उनकै मन्त्रालयमा सबैभन्दा बढी भद्रगोल देखिन्छ । स्वास्थ्य मन्त्री मोहन बस्नेतले सम्हालेको मन्त्रालयमा अर्काे गाइजात्रा छ । नविल बैंकका कर्मचारीलाई लगेर आफ्नो विज्ञ सल्लाहकार नियुक्त गरेका बस्नेतले हालैमात्र आफ्नो मन्त्रालयको प्रवक्ता परिवर्तन गरेका छन् ।

त्यहाँ अहिले प्रवक्ताका रुपमा ल्याइएका डा प्रकाश बूढाथोकी,जो केन्द्रीय कारागार अस्पतालका निर्देशक समेत हुन । उनलाई एकै पटक कारागार अस्पतालको निर्देशक, मन्त्रालयको प्रवक्ता र स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रको जिम्मेवारी दिएका छन् । यता, मोहन बस्नेत निकटकै व्यक्तिहरुले चिकित्सा शिक्षा आयोगमा अञ्जली कुमार झालाई नियुक्त गर्दा मोटो रकम कमिसन हात पारेको आरोप लगाउने गरेका छन् । उसो त बस्नेतले स्वास्थ्यका हरेक नियुुक्तिमा आफैं डिल गर्ने र मोटो भेटी चढाउनेलाई मात्र नियुक्ति गर्ने गर्दै आएका छन् ।

यसरी मन्त्रीले नै नियुक्ति गर्दा मोटो रकम असुल्ने भए पछि द्रव्य र भेटी चढाएर स्वास्थ्यका विभिन्न निकायमा पुगेकाको ध्यान असुल्नेतिर केन्द्रीत हुने रहेछ । यस्तो धन्दामा संग्लग्न छन् अहिले चिकित्सक डा बद्री रिजाल,उनी राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख बनेर गएसँगै एक पछाडि अर्काे बदमासी धन्दामा मुछिएका छन् । स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई मोटो रकमको थैली चढाएर ट्रमा सेन्टरका प्रमुखमा नियुक्ति पाएका बद्री गाई मारेर गधा पोस्ने धन्दामा लागेको भन्दै ट्रमाका चिकित्सकहरुले आपत्ति जनाउन थालेका छन् ।

काँग्रेसी निकट चिकित्सक संघको पूर्व महासचिव हुँदै बहालवाला उपाध्यक्षको समेत भूमिकामा रहेका उनी विचौलिया पोस्नेदेखि गरिब विरामीलाई मर्कामा पार्ने धन्दामा संग्लन रहँदा ट्रमा सेन्टरमा आर्थिकदेखि प्रशासनिक अनियमितता चुलिँदै गएको अस्पताल स्रोतले तामाकोशी सन्देशलाई जनाएको छ । रिजाल आफैं अस्पतालको सञ्चालक समेत हुन । सामाकोशीस्थित अल नेपाल अस्पतालका सञ्चालक समेत हुन । ट्रमामा आएका विरामीहरु आफ्नै लगानी रहेको नीजि अस्पतालमा पठाइने गरेको आरोप उनीमाथि लाग्न लागेको छ । सरकारी स्वामित्वमा रहेको ट्रमा सेन्टरमा विभित्र चोटपटक,सडक दुर्घटना,हाडजोर्नी ,नसासमन्धि समस्या लिएर विरामीहरु पुग्दछन् ।

तर त्यहाँ पुग्ने विरामीहरुलाई हप्तौंसम्म इमर्जेन्सीमा बेड खालि छैन भन्दै ट्रमामै कार्यरत डाक्टरहरुका नीजि अस्पताल र कार्यकारी निर्देशकको अस्पतालमा जान बाध्य पारिने गरिएको कतिपय विरामीहरुले दुखेसो समेत पोखेका छन् । केही विरामीले भनसुनमा जसोतसो बेड पाएर वार्ड मा भर्ना भएका विरामीलाई समेत महिनौंसम्म अप्रेसन नगरी झुलाइँदै आएको विरामीहरुको गुनासो छ ।

अपरेसन गर्नु परेपनि अपरेसनका महङ्गा औजार किन्न लगाएर अपरेशन गर्ने चिकित्सकलाई कमिशन दिने गरि अस्पतालको वेडवेडमै व्यापारीको रजगज चलाइएको छ । अस्पतालको फार्मेसीमा यस्ता औषधी औजार भेटिँदैन तर नजिकैको निजि फार्मेसीमा भने महँगा औजार र औषधी बेचिन्छ । त्यस्ता सामग्रीबाट समेत कमिशनको धन्दा हुने गरेको स्रोतको भनाई छ । अस्पतालको बेडमा भर्ना भएका र ओपिडिमा उपचार र अप्रेरेशन गर्न आउने विरामी अहिले बेड छैन तपाईंको पालो चार पाँच महिना लाग्छ भन्दै धपाउने गरिएको छ ।

यसरी तुरुन्तै अपरेशन गर्नुपर्ने विरामीलाई अस्पतालबाट धपाउने नभए औषधीको पैसा तीस देखि चालिस हजार र अप्रेशनको शुल्क कम्तिमा पचास हजार लाग्छ भन्दै अत्याइने गरेको छ । यस्ता पैसा बुझाउने विरामीको अपरेशन भने भोलीपल्टै गरिन्छ । ट्रमा सेन्टर पछाडि रहेका फार्मेसीहरु डाक्टरको सेटिङ्गमा औषधी र सामग्रीको धन्दा गर्छन् । हड्डीमा राख्ने पाता किला र काँटा समेत आफूलाई जसले कमिशन बढि दिन्छ त्यसैसँग मगाइने गरेको छ ।

उनले पछिल्लो समय व्यवस्थापन समिति अध्यक्ष र प्रतिष्ठानलाई जानकारी समेत नदिई कर्मचारी भर्ना गर्न थालेका छन् । यसले सेन्टर र प्रतिष्ठानबीच समेत द्वन्द फैलाउने स्रोतको आशंका छ ।यस्का अलवा आफ्ना निकटस्थहरुलाई टेन्डर दिन लगाएर ठेक्कापट्टा समेत हत्याएको आरोप छ । ट्रमा स्रोतका अनुसार रिजालले ल्याबमा प्रयोग हुने किट खरिदमा सेन्टरका प्रमुख डा. बद्री रिजाल कमिसनको चक्करमा आफू निकटलाई दिलाउन लागिपरेका छन् । डा. रिजालले रोग पत्ता लगाउन प्रयोग हुने ल्याबको किट खरिदका लागि रिएजेन्टको मिलेमतोमा आफूनिकट ‘डिसोभन’ ओम सर्जिकललाई दिने गरी टेण्डर खुलाएका छन् ।

भदौ २० गते खुलाइएको टेण्डरको अन्तिम म्याद भने यही असोज १९ गतेसम्म थियो । यस्का अलवा रिजाल ल्याबका विभिन्न ३४ किसिमका सामानहरु खरिदका लागि आफूनिकट व्यवसायीलाई मात्रै हुने गरी विश्व स्वास्थ्य संघको प्रिक्वारिफाइड भनेर माग गरिए पनि भारतबाट उत्पादित सामाग्री ल्याउने गरी आफूनिकट ‘डिसोभन’ ओम सर्जिकललाई खरिद गर्न दिई करोडौं कमिशन लिने गरी यो सेटिङ चलाएका हुन । डा रिजालको यो धन्दा विरुद्ध त्यहाँका केही कर्मचारीहरुले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालय र स्वास्थ्य मन्त्रालयमा उजुरी समेत हालेका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *