सनातनी हिन्दूहरुको लागि दशै, तिहार, माघे संक्राती आदि ठुला चाडपर्वहरु हुन । परपूर्ब काल देखि नै उक्त चाडपर्वहरु नेपाली जनताले मनाउँदै आएकाछन । घरमा साधान स्रोतहरु केही नहुँदापनि नेपाली जनताले ऋणपान गरी उक्त चाडपर्वहरु धुमधाम संग मनाउने गरेका छन । नयाँ लुगा लगाउने र मीठो मीठो खाने अनि देबी देउताको पूजा आरधना गरी मान्यजनहरुबाट आशीर्बाद लिने कामहरु हुन्छन ।
रोजगारी वा व्यापारको सिलसिलामा परदेश लागेकाहरु पनि चाडपर्वको अवसर पारी आफुले कमाएको पैसाले परिवारजनलाई कोशेलीपात किनेर घर फर्किने गर्दछन । तसर्थ दशै चाड भेटघाटको ठुलो पर्व पनि हो जसमा परिवारका सदस्यहरुको महामिलन पनि हुन्छ र परिवारको मन्यजनबाट आशीर्वाद लिन्छन । यो सिलसिला नेपालमा परपूर्व काल देखि नै निरन्तर चल्दै आएको छ ।
यो चाडपर्वहरु सनातनी हिन्दूले मात्र होइन नेपालमा बसोबास गर्दै आएका अन्यधर्मालम्बीहरुले समेत पनि उत्तिकै हर्ष र उल्लासका साथ मनाउने गरेका छन । दलका नेताहरुले नेपालको संबिधान २०७२ जारी गरी नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाए पछि भने कही अन्योलता बढेको छ ।सनातनी हिन्दूहरुको केन्द्रविन्दूमा रहेको राजालाई पनि हटाएर त्यसको ठाउँमा राष्ट्रपतिय संस्था बनाएका छन । तर उक्त राष्ट्रपतिय संस्थाले राजाले पाउँदै आएको हिन्दू राजाको धार्मिक मान्यता पाउन अहिले सम्म सफल भएको छैन ।
संसारका हिन्दूहरुले आफ्नो पितृहरुको श्राद्ध गरी उद्दार गर्ने क्रममा नेपालको हिन्दू सम्राटलाई पनि सम्झेर तर्पन दिने धार्मिक बिधि र चलन कायम छ । त्यस्तो संस्कार भएको देश नेपालमा दलका नेताहरुले जबरजस्ती ईसाईकरण गर्न खोज्दा नेपालमा धर्मिक दंगा बढ्दै गएको छ र दलहरुको बिरुद्धमा नेपाली जनता क्रुद्ध भएकाछन । यो बर्षको दशै चाड नेपाली जनताको घर संघारमा नै आईपुगेको छ । चाडपर्वहरु यसरी नै प्रत्येक बर्ष चक्रिय प्रणालीमा आउने र जाने गर्दछन ।
नेपाली जनताको लागि उक्त चाडपर्वहरु कसरी मनाउने भन्ने समस्या खडा भएको छ । परिवारको खुशीको लागि घरमा भएपनि नभएपनि ऋणै गरेर भएपनि नेपाली जनताले परम्परा देखि मनाउँदै आएको चाडपर्वहरु दील खोलेर मनाउने गरेकाछन । नेपाल यतिबेला आर्थिक संकट चर्किएको अवस्थाबाटगुज्री रहेकोछ । दलका नेताहरुको गलत नीतिहरुले गर्दा नेपालमा आर्थिक संकट फैलिएको हो ।
दलका नेताहरु धेरै भ्रष्टाचारी छन भने केही सुन तस्करहरु र केही मानव तस्करहरु पनि छन । उहाँहरुको आवश्यकताको लगि पुग्नेगरी राज्यले सुबिधा दिएको छतापनि उहाँहरुको मन भित्र जागेको लोभले गर्दा तस्करी जस्तो गैरकानुनी धन्दामा दलका ठुला नेताहरु पनि लागेको भेटिएका छन ।
दलका नेताहरुले नेपालमा स्वतंत्र बजार अर्थनीति लागु गरेको भएतापनि दलका नेताहरुकै त्यसमा निरन्तर हस्तक्षेप र गैरकानुनी धन्दाहरुले गर्दा स्वतंत्र बजार अर्थतंत्र नेपालमा असफल भएर आर्थिक संकट उत्पन्न भएको छ । सुशासन कायम गर्ने अभियान प्रचण्ड सरकारले लाजगालले थालेको भएतापनि केही दलका वरिष्ठ नेताहरु अपराधमा संलग्न भएर पनि कानुन भन्दा माथि भएकाले उहाँहरुलाई कानुनको लामो हातले छुन नसक्दा प्रचण्ड सरकारको सुशासन अभियान नै तुहिएको छ । दलहरुले नेपालमा चलाएको कुशासनले गर्दा नेपालको निजी बैंकहरु जति सबै माडवाडी व्यपारीहरुको नियन्त्रणमा गएका छन ।
एउटै व्यक्ति वा संस्थालाई सबै प्रकारको व्यवसायहरु नेपालमा खोल्न र चलाउन दिएको हुँदा नेपालको अर्थतंत्रमा कुनै एक समूहको मात्रै बलियो पकड हुन पुगेको छ । दलहरुको यस्तो अदुरदर्शी नीतिहरुले गर्दा नेपाल जटिल आर्थिक संकटको चपेटामा पर्दै गएको यथार्थ नै हो । नेपाल सरकारले यस्ता नीतिहरुलाई सुधार्न खोजेमा नेपालको आर्थिक सत्ता कव्जागरी बसेका व्यापारीहरु र व्यवसायीहरुबाट प्रतिकार भएमा नेपालको अवस्था झनै डामाडोल बन्न सक्ने निश्चित नै छ । नेपालको आर्थिक सत्ता दलहरुको हातमा नभएर केही सीमित व्यापारीहरु र व्यवसायीहरुको हातमा गईसकेको हुँदा नेपाल सरकारले चाहेर पनि नेपालको अर्थतंत्रमा ठोश सुधार गर्न वा ल्याउन अहिलेको अवस्थामा संभव छैन ।
नेपालमा दलहरुको शासन सरकर बिदेशीले ऋण अनुदान सहयोग दिने सम्म मात्रै चल्ने हो । बिदेशीले त्यसो गर्ने छाडेको भोली पल्ट देखि नै दलका नेताहरु नेपालबाट भाग्नु पर्ने अवस्था श्रृजना हुन कुनै बेर लाग्ने छैन । २०८० सालको बडा दशै नेपाली जनताको घर संघारमा आईपुगेको बेला छ तर सरकारले दशै मनाउनको लागि नेपाली जनताको लागि अति आवश्यक चिनी यथेष्ट मात्रामा उपलव्ध गराउन सकीरहेको छैन । काठमाण्डौ सहरमा जताततै केही किलो चिनी लिनको लागि नेपाली जनताको लामोलामो लाईन लागेको देखिन्छ ।
चिनीको यस्तो अभाव कसरी भयो र त्यसको समाधान नेपाल सरकारले किन समयमा नै निकाल्न सकेन भनी हेर्दा कारण तिनै सीमित उद्योगी व्यापारी व्यवसायीहरुको नकारात्मक भूमिकले नै हो भन्ने भेटिन्छ । नेपालको कमजोर कानुनी राजको फाईदा उठाएर अर्बपति खर्बपति बनीसकेकाका ठुला व्यापारिक घरानाहरुले दलका नेताहरुको नेतृत्वको सरकारलाई सहयोग नगरेको हुँदा नेपालमा खाद्य पदार्थको मानव श्रृजित अभाव फैलिएको हो । बेलाबेलामा यस्ता व्यापारिक व्यवसायीक घरानाहरुले आर्थिक अधिपत्याको फाईदा उठाएर दलहरुको नेतृत्वमा बनेको नेपाल सरकारलाई प्रभावित तुल्याएर व्यापारिक लाभ उठाउने गरेका छन् ।
संसारका कतीपय मुलुकहरुको बाणिज्य दुतमा तिनै व्यापारीक घरानाका मालिकहरु नियुक्त छन । उक्त देशहरु सितको नेपालको व्यापारिक कारोवार हेर्न र भिषा दिने सम्मका कामहरु तिनै व्यापारी समूहको हातमा छ । नेपाल सरकारबाट त्यसमा कुनै रोकटोक वा बिरोध छैन । नेपालको हित हेर्ने व्यक्ति वा संस्था पहिलो चरणमा नेपाल प्रति बफादार छ कि छैन अथवा देश भक्त हुन कि होइन भन्ने बारे निर्क्योल हुन जरुरी हुन्छ । बिदेशी मुलुकमा नेपालको प्रतिनिधित्व गर्ने यस्तै व्यक्तिहरु वा संस्थाहरुको कारण नेपालमा कोभिड १९ कालमा तस्करी गरेको हुँदा त्यस्ता व्यापारी घरानाका केही व्यक्तीहरु बदनाम भएका थिए ।
त्यसकारण जोकोहीलाई पनि नेपालको बाणिज्य दुत बिना नेपाल सरकारको स्वीकृति बन्न वा बनाउन दिनुहुन्न ।“नेपालमा चिनीको हाहाकार खै सरकार “ भन्ने अवस्था श्रृजना हुनुको पछाडि यस्तै अराजक व्यापारीक घरानाहरुको नै हात छ । दलका सरकारहरु यसरी व्यापारीहरु सित डराएर चुपलागि बस्ने हो वा गैरकानुनी काम गर्न दिने हो भने अब काम चल्दैन अनि निरन्तर यस्तो राष्ट्रघाती धोकाहरु भई नै रहेनेछन । जोकोहीलाई पनि नेपालको लागि बिदेशीको वाणिज्य दुत बन्न दिनु हुन्न । यदि कोही बन्छन भने त्यो नेपाल राष्ट्र र नेपाली जनताको हितलाई हेरी काम गर्ने वा गरेको व्यक्ति व संस्था हुनुपर्छ । दलहरु नेपालको सत्ता सम्हाले पछि नेपालमा अराजकता धेरै बढेको र फैलिएको छ । फलस्वरुप नेपाल एक स्वाबलम्बी अत्मनिर्भर मुलुकबाट परनिर्भर मुलुक बनीसकेको छ ।
चिनी जस्तो कुरा समयमा नै आयात नहुँदा दशै चाडको मुखमा नै चिनीको नराम्रो अभाव भएको छ । पुरानो सत्ताले बनाएको उत्पादनका संरचनाहरु ध्वस्त पार्ने दलका नेताहरुले नयाँ उत्पादनको संरचनाहरु बनाउन सकेनन् । त्यसो हुँदा नेपालको उत्पादन घट्यो अनि व्यापारीहरु र व्यवसायीहरुलाई फाईदा पुग्नेगरी बिदेशबाट दैनिक उपभोग हुने जनजिविकाको वस्तुहरु पनि आयात गर्ने सरकारी नीतिहरु बनाउने कामहरु भए । गाँस, बास र कपासको मुद्दा उठाएर जनआन्दोलन गरेका दलका नेताहरुबाटै नेपाल राष्ट्रको बिरुद्ध यस्तो धोका हुन सक्ने बारे कसैले पनि सोचेका थिएनन् । नेपाली जनताको गाँस, बास र कपासलाई नै दलका ठुला नेताहरु सित मिलेर नेपालका व्यापारीहरु र व्यवसायीहरुले आफ्नो व्यापार बनाएका छन ।
नेपाली जनताको मौलिक अधिकार भित्र पर्ने जनजीविकाको स्रोतहरुलाई नै व्यापारीहरु र व्यवसायीहरुले दलका ठुला नेताहरु सित मिलेर आफ्नो कव्जामा लिएको हुँदा नेपाली जनता आज आएर एक केजी चिनीको लागि पनि यसरी भौतारिनु पर्ने अवस्थामा पुगेको छ ।नेपालको घरजग्गा आकासै छुनेगरी महंगो बनाएको दलको नेताहरु र व्यापारी व्यवसायीहरुले नै हुन । प्राकृतिले नेपाली जनतालाई दिएको जल, जंगल, जमिन, जलस्रोत र जनशक्तिलाई नै दलहरुले व्यापारीहरु र व्यवसायीहरु सित मिलेर नाफा कमाउने व्यापारको मटेरियल बनाईसकेका छन । अब आउने दिनहरुमा नेपाली जनतालाई जीवित रहनको लागि अति आवश्यक हावापानीलाई नै कव्जा गर्ने योजनाको साथ दलका नेताहरु र व्यापारी व्यवसायीहरु अगाडि बढेका छन् ।
खानेपानीलाई दलहरुले व्यापार बनाईसकेका छन भने बायुमण्डलबाट अक्सिजन र हाईड्रोजन निकालेर त्यसलाई नाफा कमाउने उद्योगको लागि कच्चा पदार्थ बनाउने सोच बढ्दै गएको छ । भविष्यमा नेपाली जनतालाई जीवित रहनको लागि अतिआवश्यक प्राणवायु र खानेपानीको अभाव पनि चिनीको अभाव झै झेल्नु पर्ने कठिन दिन नआउँला भन्न सकिन्न । नेपाल नेपाली जनताको प्राकृतिक बासस्थान हो । संसार भर जीबिकोपार्जनको लागि बाध्य भएर गएका नेपाली जनताको लागि सुरक्षित आश्रयस्थल हो । त्यहि आश्रयस्थललाई दलहरु र व्यापारी व्यवसायीहरुले मिलेर बिनास गर्दै लगेको हुँदा नेपाली जनताको टाउको दुखाईको बिषय बनेको छ ।
नेपालको अस्तित्व नै मेटाउने गरी बढ्दै गएको दलका नेताहरु र व्यापारीहरुको तालमेललाई रोक्न जरुरी भईसकेको छ । नेपालको पुर्खाले बनाएको नेपालको गौरवमय इतिहासलाई जीवन्त बनाई राख्नको निमिक्त उनै नेपालीका सन्तानले परिवर्तनको विगुल देशद्रोहीहरुको कानको जालो नै फट्ने गरी फुक्नु नै पर्ने भएकोछ । दशै सनातनी हिन्दू देबीले मानवता बिरोधी राक्षेस महिषासुर माथि बिजय प्राप्त गरेको अवसरलाई मनाउने चाड भएको हुँदा सोही अवसरमा नेपाली जनताले आफ्नो जन्मभूमि नेपालको रक्षार्थ आवाज बुलन्द पार्नै पर्छ ।